
Q 1. रोगिङ्ग कति बेला गर्ने ?
रोगिङ्ग प्रकृया जुन सुकै बेलामा पनि गर्न सकिन्छ तर गुणस्तर युक्त बीउ उत्पादन गर्न अरु जातसंग समिश्रण हुन नदिन फूल फुल्नु अगाडी, फूल फुलेको बेला र बाली काट्ने बेलामा रोगिङ्ग गर्नु अति आबश्यक छ ।
Q 2. रोगिङ्ग किन गर्ने ?
बीउमा शुद्धता कायम गर्न रोगिङ्ग गर्नुपर्दछ ।
Q 3. बीउ उत्पादनमा रोगिङ्ग भनेको के हो ?
बीउ बालीमा आउने अनावश्यक अरु बोटहरुलाई हटाई नष्ट गर्ने प्रकृयालाई रोगिङ्ग भनिन्छ ।
Q 4. गहुँको बीउ उत्पादन गर्दा दुइ फरक जात बीचको फरक कति हुनुपर्छ ?
एक जात देखि अर्को जातसंग कम्तिमा ३ मिटरको पृथकता दूरी आबश्यक पर्दछ । गहुँको सन्दर्भमा कालो पोके रोग लाग्ने खेतभन्दा १५० मीटर फरकमा बीउ बाली लगाउनु पर्दछ ।
Q 5. भण्डारण गर्दा कीराबाट बचाउने उपाय के हो ?
काटी सकेपछि राम्ररी सफा गर्ने र १–२ घाम सुकाई गहुँ सेलाएपछि भण्डारण गर्नुपर्दछ ।
Q 7. गहुँलाइ काट्ने उपयुक्त समय कसरी थाहा पाउने ?
गहुँको बाला मुनिको डाँठ पहेंलो भएपछि गहुँ पाकेको मानिन्छ। बाला हातमा माड्दा दाना राम्ररी छुट्यो भने गहुँ काट्न थाले हुन्छ। गहुँको दानालाइ टोक्दा कुटुक्क भएपछि काट्न थाल्ने।
Q 8. लाही कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
इमिडाक्लोप्रीड (कन्फीडोर २०० एम.एल) ४०० मिलि लिटर, ५०० लिटर पानीमा मिसाई १ हेक्टर वा ३० कठ्ठा जमिनमा छर्कनुपर्छ। दानालाई मुखले टोक्दा कुटुक्क आवाज आयो भने गहुँ काट्न थाल्ने ।
Q 9. गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने।साथै ट्रायजोफस २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।
Q 10. पहेंलो र खैरो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

Q 11. गहुँमा कालो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
अवरोधी जातहरु लगाउने जस्तै तराईको लागि बिजय, तिलोत्तमा र पहाडको लागि डाँफे र उच्च पहाडको लागि धौलागिरी
Q 12. गहुँमा कालो पोके रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
भाइटाभेक्स २००, २ ग्राम प्रति के.जी. ले बीउ छर्नु अगावै वीउको उपचार गरेमा कालो पोके रोगको प्रकोप ब्यवस्थापन गर्न सकिन्छ ।
Q 13. गहुँमा साघुरो र चौडापात झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?
Q 14. गहुँमा चौडापात (जस्तैः बथुवा) मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?
Q 15. गहुँमा साँघुरोपात मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?
तराईको हकमाः ३५ ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) १५ लिटर पानीमा मिसाइ एक कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
पहाडको हकमाः ५० ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) २५ लिटर पानीमा मिसाइ १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
Q 16. गहुँको श्रोत बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ ?
राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका एग्रोभेट, बीउ उत्पादक समूह/सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि विकास कार्यलयमा सम्पर्क गरी गहुँको श्रोत बीउ प्राप्त गर्न सकिन्छ ।
Q 17. गहुँ बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?
गहुँ छरेको २०/२५ दिनमा (शिखर जरा निस्कने बेला), बाला निस्कने समय र दाना भरिने समयमा सिंचाई गर्नुपर्दछ । जानकारीको लागि गहुँको फूल खेलेको बेलामा सिंचाई नगर्नु राम्रो हुन्छ ।
Q 18.मलखाद कति प्रयोग गर्ने?
पहाडको लागि (के.जी. प्रति रोपनी)
अवस्था |
डि.ए.पी. |
यूरिया |
पोटास |
गोबर मल |
सिंचित |
4 |
7 |
1.5 |
500 |
असिंचित |
3 |
5 |
1.5 |
500 |
तराईको लागि (के.जी. प्रति कट्ठा)
अवस्था |
डि.ए.पी. |
यूरिया |
पोटास |
गोबर मल |
सिंचित |
3 |
5 |
1 |
350 |
असिंचित |
2 |
3.5 |
1 |
350 |
Q 19. गहुँको बीउ छर्ने उपयुक्त समय कहिले हो ?
तराईः उच्चतम उत्पादन प्राप्त गर्ने मंसिरको पहिलो हप्ता देखि मंसिर तेश्रो हप्तासम्म छरी सक्नुपर्दछ ।
पहाडः उच्चतम उत्पादन प्राप्त गर्ने कार्तिक चौथो हप्ता देखि मंसिर दोस्रो हप्तासम्म छरी सक्नुपर्दछ ।
Q 20. गहुँको बीउ दर कति हो ?
४ के.जी प्रति कठ्ठा वा ६ के.जी प्रति रोपनी वीउ आवश्यक पर्दछ ।
Q 21. पहाडको लागि उपयुक्त गहुँका जातहरु कुन कुन हुन् ?
डाँफे, धौलागिरी, गौरा र डब्लु. के. १२०४ पहाडी हावापानीका लागि उपयुक्त जातहरु हुन् ।
Q 22. तराईको लागि सुख्खा सहन सक्ने गहुँका जातहरु कुन कुन हुन् ?
भृकुटी, नेपाल ९७१ जातहरुले सुख्खा सहन सक्दछन् ।
Q 23. तराईको लागि तातो हावा सहन सक्ने गहुँका जातहरु के के हुन् ?
बिजय, गौतम, आदित्य, नेपाल २९७, भृकुटी जातहरुले तातो हावा सहन सक्ने खालका जातहरु छन् ।
Q 24. तराईको लागि उपयुक्त गहुँका जातहरु कुन कुन हुन् ?
तिलोत्तमा, बिजय, आदित्य, गौतम, भृकुटी, नेपाल ९७१, नेपाल २९७ जस्ता जातहरु तराई क्षेत्रका लागि उपयुक्त हुन् ।