WELCOME TO AGROMART NEPAL !

उखु खेती गर्ने तरिका

Q 1. उखुखेती कस्तो हावापानीमा गर्न सकिन्छ ?

यो गर्मी हावापानी भएको क्षेत्रमा लगाउने बाली हो । नेपालमा खासगरी तराई क्षेत्रमा यसको खेती हुन्छ र मध्य पहाडको बेशी क्षेत्रमा पनि यो बाली फाटफुट रुपमा लगाईन्छ ।
Q 2. उखु खेतका लागि कस्तो प्रकारको माटो उपयुक्त हुन्छ ?

उखु बलौटे दोमट देखि चिम्ट्याईलो दोमटसम्म सबै प्रकारको माटोमा लगाउन सकिन्छ । बलौटे माटोमा लगाएमा सिंचाईको राम्रो ब्यबस्था हुनु पर्दछ र चिम्ट्याईलो माटो भएमा पानीको निकास राम्रो हुन पर्दछ ।
Q 3. उखु खेतीका लागि वीउको छनौट कसरी गरिन्छ ?

उखुबोटको तलको भाग हटाई माथिल्लो भागबाट तीन वटा आंख्ला भएको ३०३५ से मी लामो टुक्राहरु बनाई वीउको लागि प्रयोग गर्नु पर्दछ । टुक्रा बनाउदा रोग कीरा लागेको बोटबाट बनाउनु हुदैन र खुटृी बालीबाट पनि वीउ छनौट गर्नु हुंदैन ।
Q 4. एक विगाहा क्षेत्रको लागि कति वीउको टुक्राहरु आवश्यकता पर्दछ ?

एक बिगाहामा माथि भनिए अनुसारका टुक्राहरु २५२६ हजार चाहिन्छ ।
Q 5. नेपालमा सिफारिस भएका जातहरु के के हुन ?

हालसम्म सिफारिस भएका जातहरु हुन जितपुरजितपुरजितपुर३ र जितपुर४ । जितपुर३ र जितपुर४ सम्पूर्ण तराई क्षेत्रमा लगाउन सकिन्छ । जितपुर२ खासगरी असिंचित क्षेत्रका लागि सिफारिस गरिएको हो भने जतपुर २ सिंचित क्षेत्रको लागि सिफारिस गरिएको हो ।
Q 6. जितपुर–३ र जितपुर–४ का विशेषाताहरु के छन् ?

यी दुई जातहरु पहिलाका जितपुर१ र जितपुर२ भन्दा नयां हुन । यिनीहरुमा रातो सड्ने रोग (Redrot) र कालो ध्वांसे (Smut) रोग कम लाग्दछ ।
Q 7. उखु रोप्ने तरीका के हो ?

उखु हल्का ड्याङ्ग देखिने ड्याङ्ग र खाल्टो खनेर लगाईन्छ । आजकल खाल्टो खनेर लगाउने प्रचलन नै बढि छ । खाल्टो खनी तीन आंख्ला भएको वीउ टुक्राहरु एक पछि अर्को गरी राखी माटोले पुरी सम्म पार्नु पर्दछ ।
Q 8. उखुमा मलखादको प्रयोग कसरी र कति मात्रामा गरिन्छ ?

नाईटेजनफस्फोरस र पोटास तत्वयुक्त मलहरुको सन्तुलित मात्रामा प्रयोग गर्नु पर्दछ । यसका लागि उपलब्ध मलहरु क्रमशः यूरियाडि.ए.पी. र पोटास हुन र यी मलहरु बजारमा उपलध छन् ।

मल               परिमाण             समय

डि.ए.पी.           १३०.०            रोप्ने बेला

पोटास              ६७.०             रोप्ने बेला

यूरिया              २७६.० (सिंचित)     रोपेको ९० र १२० दिनमा

२११.० (असिंचित)    आधा आधा गरी बांड्ने र प्रयोग गर्ने

यसमा नाईट्रोजन मलको लागि ५ भागको १ भाग प्रांगारिक मलबाट पनि पूर्ति गर्न सकिन्छ ।
Q 9. उखुमा सिंचाई कहिले र कति दिनु पर्दछ ?

सिचाई दिने परिमाण माटो र वर्षाको अवस्थामा भर पर्दछ । साधारणतया बर्षा शुरु हुनु भन्दा अगाडी ४५ पटक र वर्षा पछि १२ पटक दिन सकेमा राम्रो उत्पादन लिन सकिन्छ । शरदकालीन उखुमा सिंचाई बढी चाहिन्छ ।
Q 10. उखु लगाउने समय कहिले हो?

उखु हिउंदे बाली हो र कार्तिक देखि माघ महिनासम्ममा लगाउने गरिन्छ । कार्तिकमा लगाएको उखुलाई शरदकालीन र माघमा लगाएकोलाई वसन्तकालीन उखु भनिन्छ ।


Q 11. उखुमा अन्तरबाली खेती लगाउने चलन छ । कुन बाली उपयुक्त हो?

शरदकालीन सिंचित उखुमा आलुबन्दामुलाहरियो मकैतोरीधनिया बालीहरुअन्तरबालीको रुपमा लाभकारी देखिएका छन् । असिंचित अवस्थामा तोरी र धनियां लाभकारी छन् । बसन्तकालीन उखुमा भिण्डी र मुंग लाभकारी पाईएका छन् ।
Q 12. बढी पानी भएमा उखुलाई के असर गर्दछ ? यसको ब्यबस्थापन कसरी गर्ने?

बढि पानी उखुका लागि हानिकारक छ । यसले उत्पादन घटाउनुका साथै उखुमा भएको गुलियोपन (सुक्रोज) लाई घटाउंदछ । पानीको निकासको ब्यबस्था मिलाउनु पर्दछ र धेरै पानी जम्न दिनु हुंदैन ।
Q 13. उखुमा झारपातको नियन्त्रण कसरी गर्नु पर्दछ ?

उखु रोपेको एक डेढ महिना भित्र झारपातको नियन्त्रण हुनु पर्दछ । त्यसपछि ९० दिनमा र १२० दिनमा उप्केरा लगाई झारपात नियन्त्रण गर्नु पर्दछ । झारपात नियन्त्रण गर्न हातले गोडमेल वा साना मेशिनहरु प्रयोग गर्न सकिन्छ । झरपात नियन्त्रण गर्न औषधी प्रयोग गर्नु पर्दा उखु रोपेपछि झारपात उम्रनु अघि एटजीन वा सिमाजिन भन्ने औषधी २ के.जी. प्रति डेड विगाहामा ५००६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ । यसपछि चोडापाते झार नियन्त्रणका लागि उखु रोपेको २५३० दिन पछि २४ डी नामक औषधी २ के.जी. खास औषधी प्रति हेक्टर (डेढ विगाहा) मा ५००६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 14. उखुमा कुनकुन कीराहरु लाग्ने गर्दछन्?

सामान्यतया उखुमा लाग्ने कीराहरु यस प्रकार छन्ः उखुको टुप्पोको गवारोफड्केसेतो झिंगाकत्ले कीराकालो पतेरोप्लासी गवारोकपासे लाई कीराफट्याङ्ग्रा आदि छन् । मुख्य तया गवारो कीराहरुको प्रकोपले बढी नोक्सानी पुर्याएको हुन्छ ।
Q 15. उखुको टुप्पाको गवारो कीराकोक्षति को लक्षण कस्तो हुन्छ र ब्यबस्थापन कसरी गर्ने ?

लार्वाले गुवो भित्र सुरुंग बनाउंदै भित्र पस्दछ र गुबोको पात बाहिर निस्कन्छ र ती पातमा नसाको समानान्तर हुने गरी लस्करै गोला देखिन्छन् । नियन्त्रणका उपायहरु यस प्रकार छन्,

  खेती प्रणाली ब्यवस्थापनबाटः

§  छिटो पाक्ने र बढी गांज आउने जात लगाउनेकीरा देख्नासाथ सिंचाई गर्नेवसन्तकालीन रोपांई नगरी शरदकालीन रोपांई गर्ने । बसन्तकालीन रोपांई गर्न परे छिटै पाक्ने जात   लगाउने ।

§  जैविक नियन्त्रणः रोपेको ४० दिन पछि टइकोग्रामा १,००,००० गोटा प्रति हेक्टरका दरले १०१० दिनको फरकमा ५६ पटक छाड्नु पर्दछ ।

रसायनिक औषधीको प्रयोगः

·         प्रकोप बढी हुने क्षेत्रमा रोप्ने समयमानै फर्टेरा वा फिप्रोनिल ७.३% दानादार औषधी ०.७५१.५ के.जी प्रति कटृा का दरले उखु वरिपरि नालामा हाल्ने र सिंचाई गर्ने वा लर्भिन ७५% डब्लु.पी. २ ग्राम प्रति लिटर पानीका दरले ८००१००० लिटर घोल तयार गरी स्प्रे गर्ने (एक हेक्टरमा) ।
Q 16. फेदको अगौटे गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यो कीराले उखुको कलिलो अवस्थामा खान्छ । क्षेति पुर्याएपछि मृत गुवो देखिन्छ । मृत गुवोको तल मसिना प्वालहरु हुन्छन् जो गवारोले खाएको हो ।औषधी प्रयोग गर्नु पर्दा माथि भने अनुसार नै प्रयोग गर्न सकिन्छ । कीरा रोकथामका लागि छिटो पाक्ने र चांडै बढ्ने जात लगाउनु पर्दछ । सुख्खा भए कीरा देख्नासाथ सिंचाई गर्ने र पानी बढी भए निकासको ब्यवस्था गर्ने । बसन्तकालीन उखुमा रोपेको ४५ र ६० दिनमा २३ इंन्च माटोको चढाई गर्ने ।
Q 17. उखुको फड्के कीराको प्रकोपको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यसले विरुवाको पात तथा लाक्राबाट रस चुसी खान्छजसले गर्दा विरुवाको वृद्धि कम हुन्छ र अन्य रोगले पनि आक्रमण गर्दछ । यसले छाडेको गुलियो पदार्थमा ढुसीको पैmलावट हुन्छजसले गर्दा प्रकाश संस्लेषण घटाउंछ र उत्पादनमा कमी पुर्याउंदछ । बढि घनत्वउच्च नाईटेजन मल र पानी जम्नाले यसको बृद्धि बढि हुन्छ ।

                नियन्त्रणका उपायहरु

–         खेती ब्यवस्थापन ।

–         नाईटेजनयुक्त मल बढी नदिने ।

–         पानी जम्न नदिने ।

–         बर्षायाममा तलका खुकुला पातहरु हटाई दिने ।

–         खुटृी बाली ब्यवस्था गर्दा प्राकृतिक शत्रु नष्ट नहोस भन्नाका लागी सबै विरुवा भागको Mulch बनाउने ।

जैविक नियन्त्रण

–   इपिरी  क्यानीया मेलानोल्युकाको कोकुन वा फुल चार पांच हजार प्रति हेक्टरका दरले छाड्ने ।

–   मेटारिजियम र वीउ भेरियन वासियानाले संयुक्त रुपमा उपचार गरिएका २५० वयस्क फड्के कीरा प्रति हेक्टरका दरले छाड्ने ।

रसायनिक औषधी प्रयोगः

–   करन्जिन नामक बनस्पति जन्य विषाधी २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा

–   फिप्रोनिल ०.७५१.० के.जी. प्रति कठ्ठाका दरले उखुको नालामा छर्ने र माटोले पुरी सिंचाई गर्ने वा

–   क्लोरपाइरीफस (१०% इ.सी.) १६००२००० मि.लि. प्रति ८००१००० लिटर पानीमा मिसाई छर्ने (प्रति हेक्टर) ।
Q 18. उखुको फटयाङ्ग्रे कीराको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ ?

यो कीराले पातको छेउबाट खान्छ र धेरै आक्रमण भएका बेला मूल नसा बाहेक सबै खाएको हुन्छ । प्रति वर्गमिटर १३ गोटा भन्दा बढी भएमा अनिवार्य रुपमा नियन्त्रण गर्नु पर्दछ ।

ब्यबस्थापनका उपायहरुः

खेती ब्यबस्थापनः

–   चैत्रबैशाखतिर पहिलो झर पानी पर्नुभन्दा अगाडी खेतवारीको आली १०१५ से.मी. तासेर पुन त्यतिकै हिलो माटो थपि दिनाले फटयाङ्ग्राको फुल धेरै मात्रामा नष्ट हुन्छन् ।

–   उखु लगाउनु भन्दा पहिले चैत्रबैशाख तिर राम्ररी जोति दिनाले फटयाङ्ग्राको फुल नष्ट हुन्छ ।

–   बांझो जमिनमा धेरै फुल पार्ने भएकाले सकेसम्म यस्तो जमिन कम छाड्ने ।

–   खुटृी बालीलाई राम्रोसंग खनजोत र माटो चढाउने गर्ने ।

सायनिक औषधी प्रयोगः

·         कीरा संख्या धेरै भई औषधी प्रयोग गर्नु पर्दा अल्फामेथ्रिन (१०% इ.सी.)क्लोरपाइरीफस (२०% इ.सी) १६००२००० मि.लि. ८००१००० लिटर पानीमा मिसाई एक हेक्टरमा छर्ने ।
Q 19. प्लासी गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ ?

पोथी पुतलीले समुह समुहमा पारेको फुलबाट निस्केका लार्भाले टुप्पोबाट ३५ अन्तर गांठमा प्रवेश गरी प्वाल पार्दछन् र लाक्राभित्र तिब्ररुपले सुरुंग बनाई क्षेति पुर्याउदछ ।

ब्यबस्थापनका उपायहरुः

·         उखु काटि सकेपछि ठुटाहरु जलाई दिने जसले गर्दा गवारोको अचल अवस्था नष्ट हुन्छ ।

·         उखु रोपेको ३०४० दिनपछि टइकोग्रामा एक लाख प्रति हेक्टरका दरले दश दिनको फरकमा ५६ पटक छाड्ने ।

·         कीराको प्रकोप बढि भएमा बत्तिको पासो राखी कीराको अवलोकन गर्ने र बढि संख्यामा पुतली आएको बेला लार्भिन ७६% डब्लु.पी. (Thiodicarp 75% WP)स्प्रे गर्ने ।

·         प्रकोप बढि हुने क्षेत्रमा रोपांईकै समयमा फर्टेरा (०.४% दाना) वा फिप्रेनिल (०.३% दाना) ०.७५१.० के.जी. प्रति कटृाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गर्ने ।
Q 20. उखुको रातो सडन रोग (Red rot disease)को लक्षण कस्तो हुन्छ र कसरीब्यवस्थापन गर्ने ?

यो ढुसी जन्य रोग हो । रोगको प्रथम लक्षण साउन महिनातिर शुरु हुन्छ र काट्ने बेलासम्म देखिन्छ । रोगी विरुवाको डांठहरुको आंख्ला सानो र लम्बाई पटृी चाउरी परेको हुन्छ । पातको मूल नसामा रातो दाग देखिन्छ र यो पातको दुबै सतहबाट प्रष्टसंग देखिन्छ । लाक्रामा धब्बासुक्ने खुम्चिने र खुकुलो हुने लक्षणहरु देखिन्छन् । उखु चिरेर हेर्दा कुहिएको रातो तन्तुहरुको बीच सेतोधर्सादाग प्रस्ट देखिन्छ र रोगी बोटबाट अमिलो गन्ध आउंदछ ।

  ब्यवस्थापनका उपायहरुः

·         रोगी विरुवा हटाउने र नष्ट गर्ने ।

·         उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (एक ग्राम प्रति लिटर पानीमा) वा डाइथीनियम ४५ (२.५ ग्राम प्रति लिटर) पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।


Q 21. कालोपोके रोग को लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्न सकिन्छ?

यो ढुसीबाट हुने रोग हो र प्राथमिक संक्रमण वीउबाट हुन्छ र खडा बालीमा हावाबाट पुन:फैलन्छ । यो खुट्टी बालीमा बढि लाग्दछ । रोगी विरुवाको वीचको भाग कालो भएर धेरै फिट लामो भईचाबुक जस्तो देखिन्छ ।

      ब्यवस्थापनका उपायहरुः

·         ५० डिग्री सेन्टिग्रेडको आद्र वायुले चार घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (१ ग्राम प्रति लिटर पानीमा) मा वीउ उपचार गरी रोप्नु पर्दछ ।
Q 22. उखुको ओइलाउने (Wilt)रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गरिन्छ ?

यो रोग पनि ढुसीकै कारणबाट हुन्छ । असोज महिना देखि देखिन थाल्दछ । रोगी बोटको माथिल्लो पात पहेंलो भई ओईलाएर सुक्न थाल्दछ । चिरेर हेर्दा रातो खैरो रंग देखिन्छ ।

   ब्यबस्थापनका उपायहरुः

·         उखुको वीउ टुक्राइ सकेपछि ५४डिग्री सेन्टिग्रेड को आद्र वायुले ४ घण्टा सेकी वेभिस्टीनके झोल (१ ग्राम प्रति लिटर पानी) वा डाईथेनियम ४५ (२.५ ग्राम प्रति लिटर पानी) को झोलमा डुवाई उपचार गरी रोप्नु पर्दछ ।
Q 23. उखुको घांसे रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्न सकिन्छ ?

उखुको यो रोग माईक्रोप्लाज्मबाट हुन्छ । रोग लागेको बोटहरु सानोसुइरो र पहेंलो पात भएको  हुन्छ । यी बोटहरु एकै ठाउंमा धेरै उम्रेर घांसको झुप्पा जस्तो देखिन्छ र लाक्रा पेल्न लायक हुदैन ।

  ब्यवस्थापनः

·         रोग प्रतिरोधी जात लगाउन प्रयास गर्ने ।

·         रोगी विरुवा हटाउने ।

स्वस्थ वीउको छनौट गरी लगाउने । यसका लागि वीउ उपचार गरेर मात्र प्रयोग गर्ने । उपचारको लागि माथि उल्लेख गरे अनुसार अनुसरण गर्ने ।
Q 24. उखुलाई ढल्नबाट बचाउन के गर्नु पर्दछ ?

मलखाद प्रयोगमा युरिया मात्र प्रयोग नगरी सबै मलखादको संतुलित मात्रा प्रयोग गर्नु पर्दछ । यस बाहेक दोश्रो पटकको मलखाद प्रयोगमा उप्केरा लगाउन विर्सनु हुंदैन । श्रावण महिना तिर करीब ६७ फिट हुंदा बोटहरुलाई बाध्नु पर्दछ ।
Q 25. उखु काट्ने उचित समय कुन हो ?कसरी थाहा पाउने?

जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छकाट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७१८% भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।
Q 26. उखु काट्ने तथा समेट्ने तरीका के हो ?

जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छकाट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७१८% भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।
Q 27. उखुको खुटृी बाली के हो र यो बाली कसरी फायदा जनक छ ?

उखु काटी सकेपछि तल डांठबाट फेरि पलाउंदछ र अर्को बालीको रुपमा पुनः खेती गरिन्छ र लाभदायक रुपमा उखु उत्पादन लिन सकिन्छ । यस्तो खेतीलाई खुटृी बाली भनिन्छ । यसका लागि उखु भने तल फेदबाट नै कोटेको हुनु पर्दछ अन्यथा माथिको भागबाट उम्रेको बोटबाट राम्रो उत्पादन हासिल गर्न सकिदैन । यस बाहेक उखु काट्न माघसम्म रहेमा वेश हुन्छ । यसरी जमिन तयारी गर्न नपर्नेवीउको खर्च नलाग्ने भएकाले किफायत रुपमा बाली भित्र्याउन सकिने भएकाले खुटृी बाली फायदा जनक छ । तर दोस्रो पछि तेस्रो बालीका लागि भने खुटिृ बाली लाभकारी हुंदैन ।
Q 28. खुटृी बाली खेती पहिलो बाली जसरी नै गरिन्छ वा के कति फरक छ ?

उखु काटेपछि तुरुन्त सिंचाई गरी मलखाद दिनु पर्दछ । नाईटेजन युक्त मल (यूरिया) पहिलो बाली  भन्दा करीब २०% बढि दिनु पर्दछ । आधीमल पहिलो सिंचाई गरेपछि  बां आधी दोस्रो वा तेस्रो सिंचाई गरेपछि राम्ररी बांडेर दिनु पर्दछ । यसरी पहिलो बाली सरहनै खुटृी बालीको पनि खेती गर्नु पर्दछ र लाभदाक उत्पादन लिन सकिन्छ । रोगी बोटको भने खुटृी बाली गर्नु हुंन र खाली ठाउंहरुमा आंख्ला सहितको वीउ डांठ रोपी दिनु पर्दछ ।
Q 29. उखु खेतीमा मौसम परिवर्तनका असरहरुलाई सामना गर्न के प्रयासहरु भएका छन् ?

उखु बालीमा मिश्रित वा घुसुवा बालीलगाइन्छ । यसमा पनि कोसेबाली समेत लगाइन्छ । यसरी मिश्रित बालीले चिस्यान संचितकरणतापक्रममा संतुलन हुनमा सहयोग ईरहेको हुन्छ । यस बाहेक पानी जम्ने अवस्था र सुख्खा सहन सक्ने जातहरु विकास गर्ने कार्यहरु भई रहको छ ।

Share:

Related Post