WELCOME TO AGROMART NEPAL !

भटमास खेती गर्ने तरिका

Q 1. हाम्रो देशमा भटमास खेती कुन हावा पानीमा राम्रो फस्टाउंदछ?

कोशेबालीहरु मध्ये यो एक महत्वपूर्ण बर्षे बाली हो । यसको खेती नेपालको मध्य पहाडउपत्यकाटार तथा वेसी क्षेत्रमा गरिन्छ । समुद्री सतहदेखि ५००२००० मिटसम्मको उचाईमा यसको खेतीगर्न सकिन्छ । २०३५यअ तापक्रम यसको खेतीका लागि उपयुक्त हुन्छ ।
Q 2. खाद्य तत्वको दृष्टिकोणले भटमासको कस्तो महत्व छ ?

भटमासको दानामा ४०४५५ सम्म प्रोटिन र २०५ तेल हुनुका साथै भिटामिन वि.,सि.,ई र अन्य खनिज पदार्थहरु पनि पाईन्छ । यसलाई प्रोटिनको शुलभ एवं सस्तो श्रोत मानिन्छ । यसको तेल कोलेस्ट्रोल रहित हुने भएकाले मुटु तथा मधुमेह रोगीहरुका लागि समेत लाभकारी मानिन्छ ।
Q 3. भटमासको उपयोग कसरी गर्न सकिन्छ ?

उत्तरः भटमास एक बहु उपयोगी बाली हो । यसको गेडा भुटेर एवं पानीमा भिजाई टुसा उमारी क्वांटीको रुपमा उपयोग गर्ने चलन छ । हरियो कोशा तरकारीको रुपमा वा उसिनेर पनि खाने चलन छ । यस बाहेक यसको प्रयोग दुधतेलतोफु सोयासस् बनाउनुका साथै सर्वोत्तम पिठो तथा सातु बनाउनमा समेत प्रयोग गरिन्छ । यस बाहेक सुकेको बोट तथा बोक्रा एवं पिना पशु आहाराको लागि प्रयोगमा आउंदछ ।
Q 4. भटमास खेतीका लागि कस्तो माटो बढी उपयुक्त हुन्छ ?

भटमास बालीका लागि पानी नजम्ने दोमट किसिमको माटो उपयुक्त हुन्छ । माटोको पि.एच. ६ देखि ७ सम्म भए राम्रो हुन्छ ।
Q 5. यसको खेती एकल वा मिश्रित कस्तो खेती पद्धतीमा वेश हुन्छ ?

भटमास एक्लो बाली वा पाखो बारीमा मकैसंग मिसाएर पनि लगाईन्छ । धान खेतमा भने आलीमा रोपेर यसको खेती गरिन्छ ।
Q 6. भटमास लगाउने उपयुक्त समय कुन हो रु र बाली चक्र कस्तो छ ?

तराई तथा भित्री मधेशमा जेष्ठको अन्तिम हप्ता देखि आषाढको अन्तिम हप्तासम्म र पहाडमा बैशाख देखि जेठ महिना भरी रोपी सक्नु पर्दछ ।

एकल बालीः

भटमास– गहुं               भटमास– मुसुरो

भटमास– केराउ             भटमास– तोरी

 

अन्तर बालीको रुपमा भटमाससंग मकैकोदो र बदाम लगाईन्छ ।
Q 7. मध्य पहाडका लागि भटमास खेतीगर्न सिफारिस जातहरु कुन कुन हुन ?

रेन्समसेतीहिललुम्ले १तरकारी भटमास १ र पूजा हुन । यस मध्ये पूजा तराई तथा भित्री मधेसमा पनि खेती गर्न सकिन्छ । तरकारी भटमास १ तरकारीका लाग समेत उपयोग गर्न सकिन्छ भने अन्य सबै जातहरु दानाको लागि लगाउने जातहरु हुन ।
Q 8. माथि भनिएका मध्ये छिटो पाक्ने जातहरु कुन हुन ?

तरकारी भटमास१ र पूजा सबै भन्दा छिटो पाक्ने (१२०१२५ दिन) जातहरु हुन ।
Q 9. तराई तथा भित्री मधेश अथवा टार एवं बेशी क्षेत्रका लागि सिफारिस जातहरु के केहुन ?

टार तथा बेशी क्षेत्र वा तराई तथा भित्री मधेश क्षेत्रका लागि सिफारिस जातहरु कव र हार्डी हुन । यस बाहेक पहाडका लागि सिफारिस पूजा पनि लगाउन सकिन्छ । यिनीहरु १२३१२५ दिनमा पाक्दछन् ।
Q 10. वीउको उपचार कसरी गर्नु पर्दछ रु र कहिले गर्ने ?

वीउ रोप्नु भन्दा अगाडी वीउलाई ढुसी नाशक औषधी थरिम वा क्याप्टन वा वेभिस्टिन २ ग्राम प्रति के.जी. वीउको दरले उपचार गरी छर्नु पर्दछ । यसरी उपचार गरी छरेको वीउमा वीउबाट सर्ने ढुसी जन्य रोगहरु सर्दैनन् । बालीकाटी भित्र्याई सकेपछि चिस्यान प्रतिशत १०११५ बनाई भण्डारण गर्नु पूर्व वीउ उपचार गर्नु पर्दछ ।
Q 11. भटमास खेतीका लागि वीउको दर कति हो ?

भटमासको वीउ दर वीउको आकारउमार शक्तिजात र रोप्ने समयमा भर पर्दछ । एक्लो बाली लगाउंदा २.५ के.जी. प्रति रोपनी तथा मकैसंग अन्तरबाली लगाउंदा अवस्था हेरी १.५२.५ के.जी. प्रति रोपनी सम्म लाग्दछ ।
Q 12. बीऊ रोप्ने तरीकाको लागि कस्तो सल्लाह पाईन्छ ?

भटमास एक्लो बालीका रुपमा लगाउंदा एक लाईन देखि अर्को लाईनको दुरी ४०५० से.मी. र बोट देखि बोटको दुरी ५१० से.मी. गरी ३४ से.मी. गहिरोमा रोप्नु पर्दछ । मकैसंग अन्तरबालीको रुपमा लगाउंदा एक हार मकै र दुई हार भटमास लगाउनु पर्दछ । मकैमा हारको दुरी एक मिटर राख्नु पर्दछ भने भटमासमा हार देखि हारको दुरी २० से.मी. हुनु पर्दछ । धान खेतमा लगाउंदा खेतको आलीमा चुच्चे कुटोले प्वाल बनाउदै ५१० से.मी. मा वीउ रोप्दै जानु पर्दछ ।
Q 13. भटमास खेतीका लागि मलखादको प्रयोग कति मात्रामा गरिनु उपयुक्त हुन्छ ?

मकैसंग लगाउंदा भटमासका लागि छुट्टै मल प्रयोग गर्नु पर्दैन । तर एक्लो बालीका रुपमा लगाउंदा कम्पोष्ट मल एवं रसायनिक मल दुबै प्रयाग गर्नु पर्दछ । जमिन तयारी गर्दा गोबर । कम्पोष्टमल करीब ८ देखि १० क्विन्टल प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ । यस बाहेक प्रति रोपनी (१.५ कट्टा) ४१० ग्राम युरिया४.५ के.जी. डि.ए.पी. र १.६६ के.जी. पोटास मल पनि जमिन तयारीकै समयमा दिुन पर्दछ ।


Q 14. भटमास खेतीका लागि गोडमेल कहिले र कसरी गर्नु पर्दछ ?

उत्तरः वीउ रोपको २५(३० दिन मिभत्र गोडमेल गरिसक्नु पर्दछ । यसका लागि रोपेको ३ दिन भित्र झार नाशक विषादी पेन्डिमिथालिन १००१५० मि.लि. २०२५ लिटर पानीमा मिसाई प्रति रोपनीका दरले छर्नु पर्दछ । यसले झार उम्रन नियन्त्रण गर्दछ । यस बाहेक रोपेको २५३० दिन पछि झारपात अवस्था हेरी एक पटक गोडमेल र उप्केरा वा ड्यांङ्ग लगाई दिनु पर्दछ ।
Q 15. भटमास बालीमा लाग्ने रोगहरु के के हुन ?

भटमास बालीमा मुख्यतया लाग्ने रोगहरु हुनः क्याक्टेरियलपोस्ट्यूल भटमासको मोज्याक भाइरससिंदुरे तथा जरा र डांठ कुहिने रोग ।
Q 16. भटमासमा लाग्ने ब्याक्टेरियल पोस्च्यूलको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्नु पर्दछ ?

ब्याक्टेरिया जिवाणुद्धारा हुने यो रोगमा रोगी विरुवाको पातडांठ र कोसाको छेउमा खैरा र वीचमा फुस्रो रङ्गका राता दागहरु देखा पर्दछन् । पछि दागहरु धेरै भएमा डढुवा लागेको देखिन्छ ।

रोगथाम (ब्यवस्थापन) का उपायहरुः

·         रोगी विरुवालाई संकलन गरी लगाउने ।

·         घुम्ती बाली अपनाउने ।
Q 17. भटमासमा लाग्ने पहेंलो मोज्याक रोग के हो रु यसको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्नु पर्दछ ?

भटमासमा लाग्ने यो अत्यन्त हानिकारक रोग हो । शुरुमा पातमा पहेंला दागहरु देखिन्छन् र थुप्रै दागहरु बढ्दै जांदा सबै मिलेर पुरा पातनै पहेंलो भएर जान्छ । नयां पातहरुमा सबै पहेंलो भई गुजुमुज्ज देखिन्छन् । विरुवाको बृद्धि रोकिई पुड्को देखिन्छ र बोटमा कोसा पनि लाग्दैन । यो सेतो झिङ्गाद्धारा सरिएको भाईरस जिवाणुद्धारा हुन्छ । रोपेको ७५ दिन भित्र रोग लागेमा उत्पादनमा धेरै कमी ल्याउंदछ भने त्यस पश्चात लागेमा उत्पादमा धेरै असर गर्दैन ।

ब्यवस्थापनका उपायहरुः

·         रोगी विरुवालाई संकलन गरी जलाउने ।

·         स्वस्थ्य वीउ मत्र प्रयोग गर्ने ।

·         घुम्ती बाली प्रणाली अपनाउने ।

·         सेतो झिंगा नियन्त्रणको लागि मेटासिस्टोक्स २५ इ.सी. १ लिटर १००० लिटर पानीमा मिसाई प्रति हेक्टर १० दिनको फरकमा छर्ने ।
Q 18. भटमासको पातको थोप्ले रोग वा भ्यागुते आंखा दाग (Frog eye leaf spot) रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो भटमासको मुख्य रोग हो । यो रोग लागेपछि पात र दानाहरुमा साना राता खैरा गोला देखि कोणाकार दागहरु देखा पर्दछन् । रोगको संक्रमण संगै दागहरु बढ्दै गएर बीचको भाग फुस्रो हुन्छ । ब्यवस्थापनका उपायहरुः

·         धुम्ती बाली अपनाउने ।

·         डाइथेन एम ४५ दुई ग्राम प्रति लिटर पानीको दरले मिसाएर छर्ने ।
Q 19. वीउ र वेर्नाको सडन रोगको लक्षणहरु के हुन रु र रोकथामका लागि के गर्नु पर्दछ ?

यो रोग फ्यूजेरियम नामको ढुसीबाट हुन्छ बढि ओसिलो ठाउंमा भण्डारण गरिएको वीउ र त्यसबाट अंकुरित वीउमा यो रोग बढी देखा पर्दछ । विरुवा उम्रेपछि शुरुमा माटोको सतह छेउको डांठ वरिपरि स साना धब्बा देखा पर्दछन् जो पछि बढ्दै जान्छ र डांठ ओईलाउंदै गएर बोट कुहिन्छ ।

ब्यवस्थापनका उपायहरुः

·         सडे गलेका र टुटेफुटेका दानाहरु हटाएर रोगबाट मुक्त सग्ला र स्वास्थ्य वीउ मात्र प्रयोग गर्ने ।

·         घुम्ती बाली अपनाउने ।

·         थाइराम वा क्याप्टन ५० डब्लु.पी. २ ग्राम प्रति के.जी. वीउका दरले उपचार गरी रोप्ने ।
Q 20. भटमासमा लाग्ने सिंदुरे रोग को लक्षण कस्तो हुन्छ र यसका ब्यवस्थापनका उपायहरु के हुन् ?

शुरुमा पातमा मसिना झण्डै सेता फोकाहरु देखिन्छन् र पछि ति फोकाहरु खैरो रंगमा परिणत भई फुटेर धुलो निस्कन्छ । रोग लागेका पातहरु सुकेर वोट चांडै मर्छ ।

रोकथामका उपायहरुः

·         रोगी बोटका भागहरुठुटाहरु र झारपात बटुलेर जलाई खेतवारी सफा राख्ने ।

·         रोग देखिनासाथ डाइथेन एम ४५(३ ग्राम प्रति लिटर पानीमा मिसाईएको झोल १०–१५ दिनको फरकमा दुई तीन पटक छर्ने ।
Q 21. भटमासमा कोसा डढुवा वा एन्थ्रयाक्नोज रोगका लक्षण कस्तो हुन्छ र यसको रोकथाम कसरी गर्नु पर्दछ ?

रोगी विरुवाका पात तथा कोसामा शुरुमा खैरा थोप्ला देखिन्छन् जुन पछि गाढा खैरो बन्छ र वीचमा कालो खाल्डो परेको देखिन्छ । कोसामा वीउ लाग्दैन र लागे पनि चाउरिएका हुन्छन् ।

 

रोकथामका उपायहरुः

·         स्वस्थ्य वीउ मात्र प्रयोग गर्ने ।

·         रोग देखिनासाथ डाईथेन एम ४५२(३ ग्राम प्रति लिटर पानीमा मिसाई १०–१२ दिनको फरकमा २–३ पटक छर्ने ।
Q 22. भटमासमा लाग्ने मुख्य मुख्य कीराहरु के के हुन ?

भटमासमा लाग्ने झुसिल कीराकोसामा लाग्ने गवारोकालो खपटे कीराहरियो लाभ्रेलाहि वा पात खन्ने कीरा आदि हुन ।
Q 23. भटमासमा लाग्ने झुसिल कीराको क्षतिको लक्षण कस्तो हुन्छ रु र रोकथामका उपायहरु के हुन ?

पूर्ण विकसित लाभ्रेको शरीरमा राता काला झुसै झुसले भरिएका हुन्छन् र वयस्क हल्का पहेंलो पखेटा भएको पुतली हुन्छ । झुसिल कीराहरुले पातको सम्पूर्ण हरियो भाग खाई दिनाले पातहरु सेतो पातलो कागज जस्ता हुन्छन् अन्तमा विरुवा पात विहिन हुन्छन् ।

ब्यवस्थापनका उपायहरुः

·         झुसिल कीराहरु झुण्डमा रहेकै अवस्थामा पातलाई टिप्ने र संकलन गरी नष्ट गर्ने ।

·         कीराको प्रकोप ज्यादा भएमा कीटनाशक विषादी डेल्टमेथिन २.८ इ.सी. (डेसिस) १ मि.लि. वा साइपरमेथ्रिन १० इ.सी. (रिंपकड) एक मि.लि. पानीका दरले कुनै एक विषादी छर्ने ।
Q 24. भटमासमा रस चुस्ने कीराहरु के के हुन र तिनीहरुबाट हुने क्षतिका लक्षणहरु के हुन र कसरी ब्यवस्थापन गर्ने ?

भटमासका पातडांठ र अन्य भागबाट रस चुस्ने कीराहरुमा लाहीसेतो भिंmगा र फड्के कीराहरु पर्दछन् । यि कीराहरुले भटमासको कलिला मुनापातडांठफुल र कोसाहरुबाट रस चुस्छन् । लाही बढी लागेका विरुवामा कालो पत्र दिसामा जमेको एक प्रकारको ढुसी देखिन्छ । यसरी लाही लागेको विरुवा पछि गएर मर्दछन् । फड्के कीराले चुसेका पातहरु घुम्रनेखैरो हुने र सुक्दै जाने गर्दछजुन लक्षणलाई हपर वन भनिन्छ । सेतो झिंगाले आक्रमण गरेका पातहरु पहेंलिएर घुम्रिने गर्दछ । यो कीराले भटमासको पातमा पहेंलो गुजमुज्ज (मोज्याक) गराउने रोग सार्दछ ।

ब्यबस्थापनका उपायहरुः

·         लाही कीरा नियन्त्रणको लागि पहेंलो पासो (Yellow trap)वा अन्य सबै कीराको लागि बत्तिको पासो (Light trap)प्रयोग गर्न सकिन्छ ।

·         लाही कीरा नियन्त्रणको लागि जैविक विधि अन्तरगत भित्र जिवको रुपमा थोप्ले खपटे (Lady bird beetle)  को प्रयोग गर्न सकिन्छ वा

·         लाही कीरा नियन्त्रणका लागि डायमेथोएट ३० इ.सी. रोगर १ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

·         फड्के कीरा र सेतो झिंगा नियन्त्रणका लागि मेटासिस्टक्स १ एक मि.लि. १ लिटर पानीमा मिसाई छनु पर्दछु ।
Q 25. भटमासको डांठमा लाग्ने मुख्य कीराहरु कुन हुन र यिनीहरुको नियन्त्रण तथा रोकथाप कसरी गर्नु पर्दछ ?

ठमा लाग्ने मुख्य कीराहरुमा डांठमा लाग्ने झिङ्गा (Stem fly)र फेदमा घेरा बनाउने खपटे (Girdle beetle)पर्दछन् । झिंगाले कलिलो विरुवाको पातमा फुल पार्दछ । ३(४ दिन पछि फुलबाट निस्केको औंसाले पातको मूल नशामा प्वाल पारेर विरुवाको मूल स्तम्भमा पुगी सुरुङ्ग खन्दै जरातिर जान्छ । यस्ता कीराले क्षति पुर्याएको डांठलाई चिरेर हेर्दा बाङ्गो टिङ्गो रातो सुरुङ्ग र औंसा समेत देखिन्छन् ।खपटेको लाभ्रेले भटमासको डांठलाई छेडेर भित्र भित्रै सुरुङ्ग बनाउंदछ । गवारोले क्षति ग्रस्त विरुवा पछि गएर जमिन देखि १५–२५ से.मी. माथिबाट भांचिदिन्छ ।

नियन्त्रणका उपायहरुः

·         कीराले क्षति ग्रस्त विरुवालाई उखेलेर नष्ट गर्नु पर्दछ ।

·         ग्रिस्मयाममा गहिरो जोताई गर्ने ।

·         धुम्ती बाली चक्र अपनाउने ।

·         भटमास लगाउनु पूर्व माटोमा फोरेट १० जी. १० के.जी. वा कार्वोफ्युरान ३० जी भएको फ्युराडन ३० के.जी. प्रति हेक्टरका दरले वीऊ रोप्नु पूर्व प्रयोग गर्ने ।
Q 26. भटमास काट्ने बेला भएको कसरी थाहा पाउने ?

पातहरु पहेंलिएर झर्न थालेपछि र कोसाहरु सुनौलो पहेंलो रङ्गमा परिवर्तन भएपछि वाली काट्न तयार भएको बुझिन्छ । बाली काट्ने समयमा वीउको चिस्यान १५ प्रतिशत हुनु पर्दछ । भटमासलाई थ्रेसर मेशिनमा चुट्ने हो भने वीउको चिस्यान १३१४ प्रतिशत भन्दा कम हुनु पर्दछ ।
Q 27. भटमासको वीउलाई भण्डारण गर्ने प्रविधी के हो ?

लामो अवधीसम्म भण्डारण गर्न भटमासको वीउलाई राम्ररी सफा गरी १११३ प्रतिशत चिस्यान कायम हुने गरी राम्ररी सुकाउनु पर्दछ । वीउलाई स्टील विनटिन क्यानबांसको भकारी वा डालोपोलिथिन ब्याग वा जुटको बोरामा ८१० प्रतिशत चिस्यान कायम हुने गरी राखी भण्डारण गर्नु पर्दछ । बातानुकित घरमा भण्डारण गर्नु पर्दा तपक्रम १०२० डिग्री सेल्सीयस र सापेक्षिक आर्दता ६०प्रतिशत भन्दा कम हुनु पर्दछ ।

Share:

Related Post