WELCOME TO AGROMART NEPAL !

के हाे रक्तचन्दन ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?

परिचय:
अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।
हरेक दिन ट्रकका ट्रक रक्त चन्दन नेपालका विभिन्न ठाउंबाट पक्राउ परेको समाचार आउन थालेपछि नेपाली जनमानसमा पनि रक्त चन्दनको विरुवा प्रति ठूलो जिज्ञासा र मोह जागेर आएको छ। विश्वका १० महगां काठ हरुमध्ये रक्त चन्दन पनि एक हो । रक्त चन्दन धार्मिक दृष्टिकोणले जति महत्वपूण छ ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । रक्तचन्दन हिन्दु धर्मका पवित्र ग्रन्थहरुमा उच्च महत्वका साथ ब्याख्या गरिएको छ । साथै हिन्दु धर्म संस्कृति अनुसार प्रत्येक पुजा आजामा पवित्र वस्तुको रुपमा यसको प्रयोग गरिन्छ । ।गोलो आकारको पात हुने रक्त चन्दनको रुख खासै ठूलो हुदैन
रक्त चन्दन ६ देखि ३८ ड्रि्री सेल्सियसको तापक्रम भएको स्थानमा हर्कने गर्दछ ।यसको ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्य पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । अलि जाडो हुने स्थानमा यसको खेती गर्दा उत्पादन भने अलि ढिलो दिने हुन सक्छ । नेपालमा तराई साथै पहाड प्रसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ ।
बिषेशता:
रक्तचन्दनको काठ कडा, चाम्रो र नचर्किने भएकोले यसबाट आकर्षक खेलाउना, झयाल, सन्दुक बनाउन प्रयोग गरिन्छ । यसको काठलाई पेलेर वाष्पिकरण गरि तेल निकाल्ने गरिन्छ । जुन तेलबाट मुटु, किडनी, क्यान्सर र रगत सफाईको लागि अचुक औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । चन्दनको मुढालाई पकाएर, मेशिनले पेलेर निकालिने तेलको मुल्य चीनमा ५ हजार डलर प्रति लिटर सम्म पर्छ । एक क्वीन्टल काठबाट अर्ढाई देखि ३ लिटर. सम्म तेल निकाल्न सकिन्छ । राम्रो काठ भएमा ५ लिटर सम्म तेल निकाल्न सकिन्छ ।। एउटा रुखबाट ३ क्वीन्टल सम्मको काठ निकाल्न सकिन्छ । यस हिसावले एक क्वीन्टल काठवाट झण्डै १०लाख वरावरको तेल निकालिने भएकोले चीनका व्यापारीहरुले यसलाई राम्रो मूल्य चुकाउने गर्दछन । र यसको भाउ वढनुको कारण यो पनि एक हो।
यसको सुगन्धित धुलो लगाएर नुहाउदा छालाको सवै रोग हरण हुने विश्वासमा सौर्न्दर्य पारखीहरुले किनेर प्रयोग गर्ने गर्दछन्। यसको तेलबाट महंगो ‘सेन्ट’ बनाईन्छ । चन्दनको काठको फर्निचर घरका कोठामा प्रयोग गरेमा मच्छेड किराहरु नआउने बताईन्छ । चीनको वेइजिंग शहरमा त रक्तचन्दनको काठबाट बनाईएको विभिन्न किसिमका फर्निचर काष्ठकला, बास्तुकलाको नमुनाहरु संकलन गरि एउटा भव्य संग्राहलय नै बनाइएको छ।


नेपालमा रक्तचन्दनको सम्भावना:
नेपालको जंगलमा छिटपुटरुपमा चन्दनको रुख पाईने भएता पनि व्यवसायिकरुपमा यसको खेती गरेको पाईदैन । विगत एक वर्षयता भारतीय चन्दन नेपालमा पक्राउ पर्न थालेपछि यहाँ पनि चन्दनको खेती प्रति आकर्षण बढ्न थालेको छ । नेपालको परिपेक्षमा हेर्ने हो भने नेपालमा बढेको बढ्दो सहरीकरणको कारणले पहाडका खेत बारीहरु दिनानुदिन बाझिदै गएका छन । यो अवस्था कायमै रहने हो भने पहाडका खेत बारीहरु २० वर्ष पछि अहिलेको ९० प्रतिसत बाझो वनको रुपमा परिणत हुन पुग्छ । यस्तो अवस्थामा ती पहाडका खेत वारीमा यदि अव हामीले खेती नगरी जंगलै बढाउने हो भने रक्त चन्दन जस्ता बहुमूल्य प्रजातीका रुख रोप्नु सबभन्दा उत्तम हुन्छ । यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले रक्त चन्दन खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।यदि हामी सबैले इमान्दारिताका साथ आफ्ना बाझा खेत बारी तथा निजी वनमा रक्त चन्दनको खेती गर्यो भने आफ्नो आर्थिक उन्नती त स्वतह हुन्छ साथै राष्ट पनि सम्वृध वन्ने कुरामा कुनै दुविधा छैन । अवका दिन मा यस्ता बहुमूल्य खेती तर्फ वन मन्त्रालय, साथै वनसंग सम्बन्धित सम्पूर्ण निकायहरु यस्ता खेतीको प्रवद्धनमा लाग्नेहो भने अवको २० वर्षमा नेपाल पुरानो उखान हरियो वन नेपालको धन को अर्थ भेट्टाउन अवस्य पनि सफल हुन्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।


रक्त चन्दन को बजार:
चन्दन मुल्यवान मात्र नभएर यो विश्वबाट लोप हुदै गएको बनस्पती पनि भएकोले विश्व वातावरण महासन्धीले सेतो चन्दन (श्री खण्ड) लाई विलुप्त हुन लागेको वनस्पतीको पहिलो श्रेणी र रक्तचन्दन लाई दोश्रो श्रेणीमा राखेको छ । भारतमा सरकारले प्रति किलो 770 रुपैयाको दरले खरिद गर्दछ भने नीजी कम्पनीहरुले 1100 सम्ममा खरिद गर्दछ । चीनका व्यापारीहरुले ४४ सय प्रति किलोमा खरिद गर्ने भएकोले नेपालका तस्करहरुले भारतबाट किनेर चीन पूर्याउने गर्दछ । नेपालको बाटो बाट लैजादा झण्डै १४ सय रुपैया त विभिन्न राजनीतिक पार्टी, गुण्डा,पुलिस प्रशासनलाई खुवाउदै लैजानु पर्ने भएकोले पनि यसको मुल्य वढन गएको कुरा व्यापारीहरु बताउछन्।


खेती प्रविधि र लगाउने विधि :
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
रक्तचन्दन बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post