Welcome to Agromart

Marich Plant(मरिच )

300.00 -14.285714285714%

Quantity
In stock
  • Share :

विरूवाकाे अाकार प्रकार

उचाइःकरिब २ फिट

उमेरःकरिब ९-१२ महिना

विरूवाकाे प्रकारःहाइब्रिड / शुद्ध

समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ ,बिरुवाहरुबीच २.५ मि. र लाइनहरुबीच २.५ मि. को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ । विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ । मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ । यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ । साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मीमा प्रत्येक बिरुवाहरू बाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छामा ५०-६० दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ। यिनलाई ५-६ दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ।

Write your review

* Required fields

or

You may also like