- New
WELCOME TO AGROMART NEPAL !

म्याकाडमिया नट (Macadamia Nut)
Category: Nuts Plants
Price : 500
परिचय म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले यसलाई झुप्पे ओखर भनिएको हो । त्यस्तै यसको अङ्ग्रेजी नाम म्याकाडमिया नट हो । झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा वरिपरि स-साना काँडा रहेको हुन्छ ।यो बोटले ३ देखी ५ बर्षमा फल दिन थाल्छ । म्याकाडमिया नटका बोटहरुमा चैत बैशाखमा फूलहरू फुल्न थाल्छ । त्यसतै फुलहरूको फल लाग्ने प्रकियामा भदौ महिना देखी फल खान योग्य हुन्छ तर योग्य बीऊका लागि भने असोज कात्तिक नै कुर्नुपर्ने हुन्छ । गेडागुडीको राजा मानिने म्याकाडमिया फुटालेर खानुपर्छ । महङ्गो मीठाई, राम्रोखाले क्रिम वा बास्नादार तेल बनाउन समेत यसको उपयोग गरिन्छ । नेपालको पहाडी जिल्लाको भीर, खेती नहुने ठाउँमा सहजै रोप्न सकिने, ओखरजस्तै रुखमा फल्ने र बजारको राम्रो सम्भावना भएकाले किसानहरु म्याकाडमियाको व्यवसायीक खेतीप्रति आकर्षित भएका हुन् । बागवानीले नेपालको सबै भागमा यो फलको प्रचुर सम्भावना भएको र खेर गएको जग्गाबाट नगद लाभ दिनसक्ने यो जस्तो अर्को फल नभएको निष्कर्ष निकालेको कार्यालय प्रमुखले जिकिर गर्नुभयो ।नेपालको सबैभागमा यसको खेती हुँदो रहेछ भन्नेमा हामी विश्वस्त भएका छौँ ।” अष्ट्रेलिया, दक्षिण अफ्रिका र अमेरिकामा पाइने गेडागुडी ( नट ) जातिको प्रजाति हो । सधैँ हरियो हुने यसको रुख ३० देखि ३५ फिटसम्म अग्लो हुन्छ । विशेषता : म्याकाडमियाको एउटा वयष्क रुखले ५० किलोग्राम सम्म उत्पादन दिने र लामो समय भण्डार गरेर आवश्यकता अनुसार बेच्न सक्नु यो फलको विशेषता हो । . रुखमा लहरामा झुण्डिएर फल्ने, कडा दाना भएकोले असिनाले समेत असर नगर्ने र रोपेपछि खासै मेहनत गर्न नपर्ने यसको विशेषता हो । “भिरालो र अरु कुनै काम नलाग्ने पाखो भीरमा रोप्न सकिने भएकोले नेपालमा यसको प्रचुर सम्भावना छ । खेती प्रबिधी म्याकाडमिया नेपालको ३०० मिटर देखी १८०० मिटरसम्मको उचाईको सबै भागमा र खासगरी मध्यपहाडी भेगमा खेती गर्न सकिन्छ।यो बिरुवा रोप्दा ७ मिटरको फरकमा रोप्दा राम्रो हुन्छ । बिरुवा रोपेको ४ देखि ६ वर्षभित्रमा उत्पादन दिने । -३ डिग्री सेल सियस सम्म यो बिरुवा बाच्न सक्छ । बजार : म्याकाडोमियाको बजार मूल्य अहिले दानासहीत प्रति किलोग्राम ५ सय देखि ८ सय रुपैयाँ रहेको छ म्याकाडमिया नट बिरुवाको लागि सम्पर्क गर्नुहोस् : याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.) काठमाडौं : चप्पल कारखाना चोक , महाराजगन्ज 01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981OR
Place Order By Calling:
01-4418921
You Might Also Like
New products are available in the stock.
In The Same Category
3 other products in the same category: