WELCOME TO AGROMART NEPAL !

छैटौँ अलैँची महोत्सवको तयारी पुरा

लमजुङका अलैंची कृषकलाई अलैंची उत्पादनमा प्रेरित गर्न आयोजना गरिएका छौटौँ अलैँची महोत्सवको तयारी पुरा भएको छ । बुधबार पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । अलैंचीको हब बन्दै गरेको लमजुङको छँैटौ अलैंची महोत्सव हुने भएकोे हो ।

‘अलैंची गुणस्तर सुधार, हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ महोत्सव हुने भएको हो । महोत्सव नेपाल अलैंची व्यवसायी महासंघ शाखा लमजुङ, र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोन लमजुङको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवले अलैंची व्यवसाय गरेकालाई थप हौसला मिल्नुका साथै नयाँ तथा यस पेसा सुरु गर्न लागेका किसानलाई टेवा पुग्ने नेपाल अलैंची व्यावसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । उनले भने ‘ अलैंची खेतीको प्रचार प्रसार र प्रर्बद्धन गर्न महोत्सव आयोजना गरीएको हो । अलैंची महोत्सवमा नेपालभरका १४ शाखाका अलैची कृषक र व्यापारी लमजुङ आउने भएका छन् । त्यस्तै महोत्सवमा भारतका अलैची निर्यात व्यापारी आउने भएका छन् । अध्यक्ष तामाङले भने अलैची कृषक र अलैंची व्यापारीबिचको सम्बन्ध सुधार गर्न अलैची किसान र व्यापारीबीच अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

क्व्होलासोंथर गाउँपालिका वडा नं. ८, घाम्राङमा फागुन २६ र २७ गते आयोजना गरिने अलैंची महोत्सवको तयारी पुरा भएको आयोजक नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले जनाएको छ । ६१ घरधुरी रहेको घाम्राङमा यसबर्ष अलैंची महोत्सव मनाइने अलैंची व्यसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । घाम्राङमा सबै घरले अलैंची खेती गरेका छन् ।

महोत्सव संचालन गर्न अध्यक्ष तामाङको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिसकिएको छ । सोही अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवमा अलैंची व्यवसायी महासंघसंग आवद्ध देशभरका १४ जिल्लाको अलंैची प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

अलैंची खेतीको राम्रो सम्भावना रहको लमजुङमा २०६८ सालदेखि अलैंची महोत्सवको आयोजना गरिन थालिएको हो । लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानहरुले अलैंची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । जिल्लामा उत्पादीत अलैंची झापाको विर्तामोडबाट भारत हुदै अन्र्तराष्ट्रिय बजारमा भित्रने गरेको छ ।

यसअघि क्रमशः साविकको भुलभुले गाविस–८ छिनखोला, भुलभुले ६ नयाँगाउँ, बाँझखेत ५ खाँचे ,भुलभुले ९ ताराचोक र लुदीमा अलैंची महोत्सव भएको थियो । जिल्लाका किसानको रोजाइ केही वर्षदेखि अलैंची व्यवसाय भएको छ ।

जिल्लाको साविक ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष करिब ७ सय १२ क्विन्टल अलैंची उत्पादन भएको छ । अध्यक्ष तामाङका अनुसार गतवर्ष भने जिल्लामा ८ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यसवर्ष भने बोटहरु पुराना भएकाले उत्पादनमा हस आएको हो ।

हाल नेपालका ४८ जिल्लामा अलैंची खेती विस्तार भईसकेको छ भने विभीन्न क्षेत्रमा अलैंचीको आकर्षण बढ्दो छ । नेपालमा उत्पादित अलैंची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीहरूले गरिरहेका छन् । अलैंचीको भण्डारण र सुकाउने तरिका परम्परागत भएकाले केही ठाउँका अलैंचीको गुणस्तरमाथि प्रश्न उठेको व्यवसायी बताउँछन् । पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अलैंची विज्ञ धर्मप्रसाद देवकोटा, वरिष्ठ कृषि अधिकृत गोबीन्द कोइराला, प्राविधिक सहायक सुभाखर रिमाल लगायतको उपस्थिति थियो ।

Source: nayapatrika

Share:

Related Post