WELCOME TO AGROMART NEPAL !

तोरी खेती गर्ने तरिका

Q 1. तेल उत्पादन गर्ने तोरी, सर्स्यूँ तथा रायो बालीहरुमा के फरक छ र सरल भाषामा कसरी पहिचान गर्ने ?

ब्रासिका जेनस‘ भित्र व्रासिका कम्पेस्ट्रीस र व्रासिका जुनसिया दुई समूहहरु छन । पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगत सर्य्यूँ‘ र तोरी पर्दछन् र यसलाई अंग्रेजीमा Rape seed भनिन्छ । यो व्रासिका जुनसिया (Mustard) समहभन्दा होचो हुन्छ । पात नरम र सानासाना भुत्ला भएका हुन्छन र बीउको रंग पहेंलो वा खैरो हुन्छ र वाहिरी भाग चिप्लो हुन्छ । तर व्रासिका जुनसिया जसलाई अंग्रेजीमा Mustard भनिन्छ र यसलाई राई वा लाहा पनि भनिन्छ । यसको बोट अग्लो हुन्छ र हांगाहरु लाग्दछ । कोसाहरु छोटो र सुरिलो हुन्छन र बीउ खैरो वा गाढा खैरो हुन्छ र वाहिरी भाग खस्रो हुन्छ ।
Q 2. तोरी तथा सर्स्यूँवालीहरुले कस्तो हावापानीमा राम्रो उत्पादन दिन्छन ?

तोरी तथा सस्र्यु वाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने वालीहरु हुन । कम तापक्रमसफा सुखा मौसमप्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छयी वालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनु पर्दछ । पानी जम्नु हुंदैन तर हल्का सिचाई दिनु पर्दछ ।
Q 3. कस्तो माटोमा तोरी तथा सर्स्यूँवाली राम्रो हुन्छ ?

सबै किसिमका माटोमा लगाउन सकिन्छ तर हल्का दोमट माटोमा राम्रो हुन्छ । माटोको पिएच न्युट्ल हुनु पर्दछ र हल्का क्षारीय (alkaline)माटो पनि सहन सक्छ । माटोमा पानी जम्नु हुँदैन ।
Q 4. तोरी तथा सर्स्यूँका उपयुक्त बाली चक्रहरु के हुन ?

तोरी छिटो पाक्ने बाली भएकाले दुइ वालीहरको बीचमा हिउंदे समाल्ने बालीका रुपमा निम्नानुसार लगाईन्छ ।

मकैतोरीगहुं

मकैतोरीउखु

मकैतोरीआलु तरकारी आदी ।

यसै गरी सर्स्यूँ भने एकल बालीको रुपमा निम्नानुसार लगाईन्छ ।

असिंचित क्षेत्रः मकै सर्य्यूँ

धान (चांडै पाक्ने) – सर्य्यूँ

मासभटमाससस्र्यूं

तोरी तथा सर्य्यूँलाई गहुंजौ तथा चनासंग मिश्रीत बालीका रुपमा पनि लगाईन्छ ।
Q 5. तोरी मा सिफारिस जातहरु के के हुन ?

तोरीका लागि ६ जातहरु उन्मोचन भएका छन् । ती हुनः विकासलुम्ले १प्रगतिउन्नतिप्रीति र मोरंग तोरी २ । यस बाहेक हाइव्रिड जे.वाई. १६ पंजिकरण गरी कृषकर्ला खेत ीगर्न अनुमति दिइएको छ ।
Q 6. रायोमा सिफारिस जातहरु के के हुन ?

रायोका लागि पुसावोल्ड र कृष्ण भन्ने जात सिफारिस गरिएको छ ।
Q 7. तोरी तथा रायोमा मलखादको कति मात्रा प्रयोग गर्नु पर्दछ ?

भएसम्म कम्पोष्टमल वा गोबरमल प्रयोग गर्नु पर्दछ । यस बाहेक यी बालीहरुका लागि नाईट्रोजनफस्फोरस र पाटास क्रमशः ६०८०४०२० के.जी÷हेक्टर प्रयोग गर्नु पर्दछ । माथिको सिफारिस पुरा गर्न यूरिया ९६ के.जी.डि.ए.पी. ८७ के.जी. र पोटास ३३ के.जी. प्रति हेक्टर (डेढ विगाहा) का दरले प्रयोग गर्नु पर्दछ । सिंचाईको ब्यवस्था नभएमा माथिको मात्राको आधा मात्र प्रयोग गर्नु पर्दछ । यूरिया बाहेक सबै मल जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ । यूरियामा आधा जमिन तयारी गर्दा र चौथाई चौथाई गरी सिंचाई गरेपछि प्रयोग गर्नु पर्दछ ।
Q 8. यी बालीहरुमा मुख्य तत्व भएको मलखाद बाहेक अन्य मलखाद केहि प्रयोग गर्नु पर्दछ ?

सबै बालीहरुका लागि मुख्य तत्वहरु नाईट्रोजनफस्फोरस र पोटासको आवशयकता पर्दछ र यिनहिरुको पूर्तिका लागि डि.ए.पी.यूरिया र पोटास दिइन्छ । तर यी बालीहरुमा यी तत्व बाहेक सल्फरको बढिनै आवशयकता पर्दछ । त्यसैले सल्फरको पूर्तिका लागि १५ के.जी. सल्फेक्स प्रति हेक्टरका दरले जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ ।


Q 9. यी बालीहरुमा सिंचाई गर्नु पर्दछ कि पर्दैन ? परेमा कहिले सिंचाई गर्ने ?

साधारणतया बर्षे पानी संचित भएको चिस्यानमा यो बाली लगाईन्छ र बर्षाको पानीकै आशमा कृषकहरु निर्भर रहन्छन् । तर यी बालीहरुलाई पनि फुल खेल्ने र कोसा भरिने बेला चिस्यान चाहिन्छ रसिंचाई दिनु पर्दछजसले गर्दा राम्रो उतपादन लिन सकिन्छ ।
Q 10. तोरी तथा रायोलाई झारपात नियन्त्रणको कत्तिको आवश्यकता पर्दछ र के उपायहरुहुन्छन?

झारपातले उत्पादनमा २०३०% सम्म ह्रास ल्याएको पाईन्छ । बालीको शुरु अवस्थामा नै झारपात नियन्त्रण गर्नु पर्दछ । यसका लागि  मानिसद्धारा वा साना गोडमेल गर्न यन्त्र प्रयोग गर्न सकिन्छ । झारमार्ने औषधी प्रयोग गर्नुपर्दा ३३ ग्राम आईसो प्रोटुरन दवाई २७३३ लिटर पानीमा मिसाई १ कटृा वालीमा झार उम्रनु भन्दा पहिले छरेमा झार नियन्त्रणमा सहयोग पुग्दछ ।
Q 11. तोरी तथा रायोमा डढुवा रोगको लक्षणहरु कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

ढुसीबाट लाग्ने यो रोगले पुराना पातमा आक्रमण गर्न शुरु गर्दछ । साना गोला खैरा थोप्लाहरु पातमा देखिन्छन्पछि यी थोप्लाहरु मिल्छन् र पातनै मर्दछ । कोसामा रोग सरेमा सानानराम्रा र चाउरिएका दाना फल्छन् ।

व्यवस्थापन विधि

·         म्यान्कोजेब ७५ डब्लु.पी. विषादी ३ ग्राम प्रति किलो ग्राम वीऊका दरले उपचार गरी वीउ छर्ने ।

·         म्यान्कोजेव ७५ डब्लु.पी. वा कपरअक्सिकलोराईड ५० डब्लु पी ढुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।
Q 12. यी बालीहरुमा लाग्ने डाउनी मिल्ड्यू रोगको लक्षण कसतो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग लागेको विरुवाको पातको माथिल्लो भागमा पहेंला धब्बाहरु देखिन्छन् भने त्यसको ठीक मुनी सेतो ढुसी पलाएको देखिन्छ । रोगको आक्रमण बढी भएमा फुलमा पनि असर गर्दछ ।फुलहरु  विकृत भई बटारिएको देखिनुका साथै सेतो धुलोले ढाकिएको हुन्छ । यस्ता फुलमा कोसा लाग्दैन ।

ब्यवस्थापनका उपायहरुः

·         रोग रहित स्वास्थ्य वीउ लगाउने

·         रोगको लक्षण देखिना साथ ०.२% जिनेब वा ०.९% काराथेन १० दिनको फकमा २३ पटक छर्ने ।
Q 13. रायोमा सेतो फोके वा ह्वाईट ब्लिक्टर भन्ने रोगको लक्षण कस्तो हुन्छ र कसरी नियन्त्रणगर्ने ?

यो रोग लागेमा विरुवाका पातडांठ र फुलमा सेतो फोका देखिन्छन् र पछि ति फोकाहरु फुटेर सेतो धुलो छरिन्छन् । फुलहरु विकृत भई दाना लाग्दैन ।

ब्यवस्थापनक उपायहरुः

·         बाली समयमा लगाउने ।

·         रोगी विरुवालाई उखेली जलाउनु पर्दछ र जमिन सफा राख्ने ।

·         ०.२% जिनेब विषादी तुरुन्त छर्ने र आवश्यकता अनुसार १० दिनको फरकमा पुनः छर्ने । वा

·         मेटालाकसिल (रिडोमिल) ०.०५% एक मि.लि. लिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नाले प्रभाबकारी रुपमा नियन्त्रण भएको पाईएको छ ।
Q 14. रायो बालीमा लाग्ने झुसिल कीराको प्रकोपको लक्षण कस्तो हुन्छ रकसरी ब्यवस्थापन गर्ने ?

यो कीराको लाभ्रेले शुरुमा झुण्डम केहि बोटको पातमा बसी कोत्रेर खान्छ । पछि लाभ्रेहरु फैलिएर पात तथा कोसाहरुमा खान थाल्दछ ।

ब्यवस्थापन

·         कीराको नियन्त्रणको लागि शुरुमा लाभ्रेको झुण्डलाई पातसंगै टिपी नष्ट गरी दिने ।

·         प्रकोप बढि भएमा १.५ मि.लि. थायोडन प्रति लिटर पानीका दरले घोली मध्यान्तरमा छर्ने ।
Q 15. तोरी तथा रायोको खास बाली काट्ने समय कुन हो जसले गर्दा दाना झर्ने समस्या नहोस ?

कोसाहरु खुल्नु भन्दा केहि अगाडी जब पहेंलो । खैंरो रंगका हुन्छन् तोरी तथा रायो बाली काट्ने समय हुन्छजसले गर्दा दानाहरु झर्नबाट बच्दछन । तोरी र रायो सस्र्यूं भन्दा बढी झर्दछ र राम्ररी ख्याल गर्नु पर्दछ । काटी सकेपछि ५६ दिनसम्म राखी चुटेर दाना झार्नु पर्दछ र सुकाई थन्क्याउनु पर्दछ । भण्डारण गर्न पर्दा दानाको चिस्यान १०% भन्दा बढी हुनु हुंदैन ।

Share:

Related Post