WELCOME TO AGROMART NEPAL !

कोदो खेती गर्ने तरिका

Q 1. धर्के तथा गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने । साथै डेल्टामेथ्रीन २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।
Q 2. खुम्रे कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

मालाथियन धुलो २० किलो प्रति हेक्टरका दरले बीउ रोप्नु अगावै माटोमा मिसाउने जसले गर्दा खुम्रे कीराको प्रकोपलाई व्यवस्थापन गर्नु पर्दछ ।
Q 3. रिठ्ठे कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

मलाथियन धुलो २० किलो प्रति हेक्टरका दरले बीउ रोप्नु अगावै माटोमा मिसाउनाले रिठ्ठे कीराको ब्यवस्थापन गर्न सकिन्छ ।
Q 4. बेर्नाको डढुवा रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

म्यान्कोजेब वा जिनेब २.५ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्दछ । वा २.५ ग्राम थिरामले प्रति किलो गा्रम बीउ उपचार गर्ने ।
Q 5. कोदोमा पातको थोप्ले रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

बाला निस्कने बेलामा म्यान्कोजेब ३ ग्राम प्रति लिटर पानीमा मिसाइ १० दिनको फरकमा २ पटक पुरै बोट भिज्ने गरी छर्कनुपर्दछ ।
Q 6. कोदोको उत्पादन सरदर कति होला ?

राम्रो ब्यवस्थापनमाः प्रति हेक्टर २५०० देखि ३३०० किलो दाना र ६००० देखि ८००० किलो सम्म नल उत्पादन हुन्छ ।
Q 7. कोदो बालीको भण्डारण कसरी गर्ने ?

कोदो दानामा कीराले आक्रामण गर्न नसक्ने भएकोले, ३˗४ घाम सुकाइ चिस्यान प्रतिशतमा ल्याई, सुख्खा ठाउँमा थन्क्याउनु पर्दछ ।
Q 8. कोदो बाली कहिले सम्मा पाक्दछ ?

जात र लगाएको ठाउँ अनुसार बीउ राखेको १२०˗२०० दिन सम्ममा पाक्दछ । पहाडमा धेरैजसो कार्तिक १५ देखि मंसिर १५ सम्ममा पाक्दछ ।
Q 9. कोदो बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?

वर्षे पानीको भरमा खेती गर्ने भएकोले यसलाई सिंचाई दिने चलन छैन तर, पानी जमेमा बोट पहेलो भई बृद्धि नहुने हुनाले पानीको निकासको ब्यवस्था राम्रो हुनुपर्दछ।
Q 10. कोदो खेतीको लागि मलखादको मात्रा कति प्रयोग गर्नुपर्दछ ?

के.जी. प्रति रोपनीः

डि.ए.पी.

रिया

पोटास

गोबर मल

1.08

1.74

0.8

500

Q 11. कोदोको बेर्ना सार्दा कति उमेरको हुनुपर्छ ?

उच्च पहाडी क्षेत्रमा सात हप्ता, मध्य पहाडी क्षेत्रमा ४˗५ हप्ताको र तराई तथा भित्री मधेशमा ३˗४ हप्ताको बेर्ना सार्नु पर्दछ ।
Q 12. कोदो लगाउने उपयुक्त समय कहिले हो ?

तराई, बेसी र टारमा मकै भाचेपछि श्रावणको मध्य देखि भाद्र मध्यसम्म र ३२२५˗५००० फिटसम्म आषाढ मध्यदेखि श्रावण मध्यसम्म र ५००० फिटभन्दा माथि आषाढ महिनाभित्रमा लगाउनु राम्रो हुन्छ ।
Q 13. कोदोको बीउ दर कति हो ?

साधारणतया एक हेक्टरको लागि ८ देखि १० किलो ग्राम बीउ चाहिन्छ । बेर्ना सारेर गर्दा ४ किलो ग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरी बेर्ना उमार्न पुग्छ ।


Q 14. कोदोको बीउलाई उपचार के ले गर्ने ?

२.५ ग्राम थिरामले प्रति किलो ग्राम बीउ उपचार गर्ने ।
Q 15. कोदोको ब्याड कहिले राख्ने ?

ब्याड राख्दा मध्य पहाडको लागि बेर्ना सार्नु भन्दा १.५ महिना र बेसी तथा टारको लागि १ महिना अगाडि राख्नु उपयुक्त हुन्छ ।
Q 16. भित्री मधेश, तराई र मध्य पहाडको लागि उपयुक्त कोदोको जात कुन हो ?

डल्ले १ भित्री मधेश, तराई र मध्य पहाडका लागि सिफारिश गरिएको जात हो ।
Q 17. मध्य पहाडको लागि उपयुक्त सिफारिश कोदोका जातहरु कुन कुन हुन् ?

डल्ले १, काब्रे कोदो १ मध्य पहाडको लागि सिफारिश गरिएको जात हो ।
Q 18. मध्य तथा उच्च पहाडको लागि उपयुक्त सिफारिश कोदोका जातहरु कुन कुन हुन् ?

ओख्ले १ कोदोको जात मध्य तथा उच्च पहाडको लागि सिफारिश गरिएको जात हो ।
Q 19. कोदो कस्तो माटोमा उपयुक्त हुन्छ ?

पानी नजम्ने र बलौटे दोमट माटो राम्रो हुन्छ । साथै अम्लिय माटो देखि धेरै नुनिलो माटोमा पनि खेती गर्न सकिन्छ ।
Q 20. कोदो कस्तो हावापानीमा हुन्छ ?

कोदो समशितोष्ण हावा पानीमा हुने बाली हो । यसले सुख्खा सहन सक्दछ । यसको लागि औषत अधिकतम तापक्रम २७ र न्यूनतम १८ डि.से. उपयुक्त मानिन्छ। वार्षिक वर्षा ३५० देखि १००० मि.मि. सम्म हुने ठाउँमा यसको वृद्धि राम्रो हुन्छ।
Q 21. कोदोमा पौष्टिक तत्व के कति हुन्छ ?

कार्बोहाइड्रेट : ७६.३२ प्रतिशत, चिल्लो पदार्थ : १.३ प्रतिशत, प्रोटिन : ९.२ प्रतिशत, खनिज पदार्थ : ६.१ प्रतिशत ।
Q 22. कोदोको नल के कसरी प्रयोग गर्न सकिन्छ ?

जनावरहरुलाइ पौष्टिक आहाराको रुपमा कोदोको नल प्रयोग गर्न सकिन्छ।
Q 23. कोदोको दानाको प्रयोग के कसरी गर्न सकिन्छ ?

रोटी, ढिडो साथै जाँड तथा रक्सी जस्ता खाद्य पदार्थ बनाउन कोदोको प्रयोग गरिन्छ।

Share:

Related Post