WELCOME TO AGROMART NEPAL !

मसुरो खेती गर्ने तरिका

Q 1. मसुरो कस्तो हावापानीमा लगाउन सकिन्छ ?

मसुरो हिउंदेबाली हो र यसलाई चिसोपानी चाहिन्छ तर पाक्नको लागि भने गर्मी हावापानी हुनु   पर्दछ । यसको खेती तीनहजार मिटर उचाई भएको स्थानसम्म गर्न सकिन्छ ।
Q 2. मसुर्रो खेती कस्तो माटोमा गर्न सकिन्छ ?

पानी नजम्ने माटो हुनु पर्दछ । दुमट माटो र माटोको पि.एच. न्युट्रल हुनु यसका लागि वेश हो । आम्लीय माटो यो बालीका लागि उपयुक्त हुंदैन ।
Q 3. नेपालमा मसुरो बालीका लागि सिफारिस जातहरु के के हुन ?

हालसम्म १० वटा जातहरु कृषकहरुका लागि खेतीगर्न सिफारिस भएका छन् ती हुनः सिन्दुरसिम्रिकशिशिरसिमलशिखरखजुरा मसुरो १खजुरा मसुरो २शितलमहेशवर भारती र सगुन ।
Q 4. लोकप्रिय जात कुन हो र यसको विशेषता के हो ?

शिशिरमहेशवर भारतीखजुरामसुरो १ । रोग सहनेबढी उत्पादन दिने ।
Q 5. मसुरो लगाउने उपयुक्त समय कुन हो ?

बाली लगाउने समय ठाउं अनुसार केहि फरक पर्दछ । साधारणतया मसुरोका लागि आश्विन महिनाको अन्त तथा कार्तिकको पहिलो हप्ता उपयुक्त पाईएको छ ।
Q 6. वीउको दर कति हुनु पर्दछ ?

३०४० के.जी.हेक्टर, जात अनुसार केहि फरक पर्दछ ।
Q 7. मसुरोका लागि उपयुक्त मलखाद दरकति हो ?

कोशेबाली भएकाले नाईट्रोजन हावाबाट संचित गरे पनि संचित गर्ने जिवाणुलाई सक्रिय बनाउन र मल संचित गर्न नाईट्रोजन युक्त मल पनि दिनु पर्दछ । फस्फोरस युक्त मल पनि अझ आवश्यकनै पर्दछ । यो बाली धेरै जसो धान खेतमा लगाईने भएकाले जिङ्क पनि दिनु पर्दछ । बालीका लागि परिमाण यस प्रकार छ:

तत्वमल           मात्र               स्रोत

नाईट्रोजन           २० २५ के.जी.हे.   डि.ए.पी.

फस्फोरस           ५० ६० के.जी.हे.   डि.ए.पी.

जिंक सल्फेट         २५ के.जीहे.       –            

 

माथि भने अनुसारफस्फोरस पाउन डि.ए.पी. ११०१३० के.जी॰ हेक्टर (डेढ विगाहा) चाहिन्छ भने यूरिया खास आवश्यक पर्दैन ।
Q 8. मसुरोमा सिंचाई गर्नु पर्दछ कि पर्दैन ? परेमा कहिले सिंचाई गर्ने ?

यो बालीले केहि हदसम्म सुख्खा सहन सके पनि हिउंदमा पानी परेन भने सिंचाई दिनु पर्दछ । एक पटक छरेको ४५ दिनमा र अर्को कोसा लागेको बेलामा ।
Q 9. झारपात नियन्त्रण कहिले र कसरी गर्न सकिन्छ ?

मसुरो छरेको ६० दिनसम्म झारपात नियन्त्रण गर्ने पर्दछ । एकपटक छरेको २५३० दिन र अर्को ४५५० दिनमा झारपात नियन्त्रणका लागि विषादी पनि प्रयोग गर्न सकिन्छ । बीउ छरेको २३ दिनपछि झार उम्रनु भन्दा अगाडी लासो वा पेन्डि मिथालिन २३ लिटर प्रति हेक्टर (२० रोपनी डेढ विघा) मा छर्नु पर्दछ ।
Q 10. मसुरोम। स्टेम फाइलम डढुवा रोग को लक्षण के हो ?

यो ढुसी जन्य रोग हो । यो रोगको शुरुवातमा पातमा ससाना हल्का खैरो पिनको टाउको आकारका दागहरु देखिन्छ । दागहरु छिटो छिटो बढ्दै जान्छन् र दुई तिन दिनमानै पातको सम्पूर्ण सतह ढाकिन्छ । पातहरु र हांगाविंगा मैलो पहेंलो हुदै जान्छन् । अत्याधिक रोग लागेको अवस्थामा बाली डढेको देखिन्छ । रोग लागेका तलका पातहरु झर्दछन् र हांगा विंगाका टुप्पाका पातहरु मात्र   रहन्छन् ।


Q 11. मसुरोमा लाग्ने ओइलाउने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

बेर्ना अवस्थामा बोट एक्कासी ओइलाउन थाल्दछ रपात सुक्दै जान्छ । फूल फुल्ने बेलामा पनि बोटको टुप्पो ओईलाउदै जान्छ । पात पहेंलिदै जान्छ र पूरै बोट ओइलाएर मर्दछ ।

ब्यबस्थापन विधिः

·         रोग नलाग्ने वा कम लागने जातहरु सिमलशिखरखजुरा १खजुरा २ लगाउने ।

·         दुई बर्षको घुम्ती बाली अपनाउने ।
Q 12. मसुरोमा लाग्ने जरा कुहिने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

E  बोटको तल्लो पातहरु पहेंलिदै माथितिरका पातहरु पहेंलिन थाल्दछ । रोग लागेको बोटको मुखय जराहरु सहायक जराहरु कुहिएका हुन्छन् ।

ब्यवस्थापन विधिः

·         रोग ग्रस्त क्षेत्रमा ३४ बर्षसम्म मुसुरो नलगाउने ।

·         घुम्ती बाली प्रणाली अपनाउने ।
Q 13. मसुरोमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ र व्यवस्थापन कसरी गर्ने ?

पातको टुप्पाहरु खाद्य ततवको कमिबाट भए जस्तो रङ्ग बदलिई सुक्दै जान्छ । माथिल्ला हांगाहरु पहेंला भई सुक्दछन् ।

ब्यवस्थापन विधि

·         रोग देखा पर्ने वित्तिकै म्यान्कोजेव ७५% डब्लु.पी. (डाइथेम एम ४५Indofil M 45, Surya M 45)नामक विषादी २३ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा २ ३ पटक छर्ने ।
Q 14. मसुरोमा क्षति पुर्यादउने कीराहरु के के हुन र तिनको ब्यवस्थापन कसरी गर्ने ?

मसुरोमा पनि केहि कीराहरुको प्रकोप हुन्छजस्तैः झुसिल कीरा,सेमिलुपर । यस बाहेक कोसा खाने गवारो कीराले पनि क्षति पुर्याउदछ ।

ब्यवस्थापनका उपायहरुः

·         झुसिल कीरा र सेमिलुपर लार्भालाई इडोसल्फान (थायोडान) १.२५ लिटर ८०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्नु पर्दछ ।

·         कोसामा क्षति पुर्‍याउने गवारोका लागि मानोक्रोटोफस (नुमाक्रोन ४० इ.सी) १ मि.लि. लिटर प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने । एक हेक्टरका लागि ६००८०० लिटर घोल चाहिन्छ ।
Q 15. मसुरो काट्ने उपयुक्त समय के हो ?

कोसा पाकेको (९५% कोसा पाकेको) तर विरुवा धेरै सुकि नसकेको अवस्थामा मसुरो काट्नु पर्दछ । विहानको समयमा मसुरो काट्दा कोसा कम झर्दछ ।
Q 16. मसुरो भण्डारण गर्नु पर्दा ध्यान दिने कुरा के हुन ?

मसुरोलाई सफा गरेपछि ३४ घाम सुकाएर १०% चिस्यानमा भण्डारण गर्नु पर्दछ । भण्डारणमा लाग्ने खपटे कीराले बीउ खाई सखाप पार्ने भएकाले हावा नछिर्ने भकारीमा सेल्फस २ चक्की एक टन वीऊमा राखी बन्द गर्नु पर्दछ ।
Q 17. मसुरो कुन बाली प्रणालीमा लगाईन्छ र मौसम परिवर्तनमा यसले कसरी योगदान गर्न सक्दछ ?

मसुरो धान तथा मकै दुबै बाली प्रणालीका लागि राखेको महत्वपूर्ण दालबाली हो । बाली चक्र यसरी प्रस्तुत गरिएको छ ।

क) धान खेतः

धानमसुरो (एकलरिले)

धानमसुरो+आलस

धानमसुरो+खेसरी

धानमसुरो+तोरीरायो (असिंचित)

धानमसुरो+तोरी+गहुं

ख) मकै वारीः

मकैमसुरो (एकल)

मकैमसुरो +तोरीरायो

यसरी मसुरो बाली मिश्रित बालीमा लगाएर पानी तथा माटो संरक्षण,संचित गरेर मौसम परिवर्तका प्रभावहरुलाई न्यूनिकरण गर्न योगदान गर्दछ ।

Share:

Related Post