WELCOME TO AGROMART NEPAL !

कागती खेती गर्ने तरिका

Q 1. कागती फलको महत्व के हो?

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो।
Q 2. कस्तो कस्तो रोगमा यो फल उपयोगी हुन्छ?

अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।
Q 3. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।


Q 4. कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ?

सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
Q 5. कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ?

जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
Q 6. कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो?

व्यवसायीक बगैंचा स्थापना गर्दा ३x३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
Q 7. कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ?

पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
Q 8. कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ?

कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
Q 9. खाडल कहिले खन्ने?

बैशाख महिना भित्र ।
Q 10. खाडल कहिले भर्ने?

जेठ महिना भित्र ।
Q 11. विरुवा कहिले रोप्ने?

आषाढ महिनामा।
Q 12. मलखादको प्रयोग कति गर्नु पर्छ?

प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
Q 13. कागतीको कस्तो जात छनौट गर्नु पर्छ?

ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।


Q 14. कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ?

४० देखि ५० बर्ष सम्म।
Q 15. कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ?

माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
Q 16. सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने?

पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
Q 17. वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ?

१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
Q 18. मलखाद दिने तरिका के हो?

विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु पर्छ ।
Q 19. कागती विरुवालाई काँटछाँट गर्ने विधि के हो?

विरुवालाई काँटछाँट गर्न विज्ञको सल्लाह अनुसार गर्नु पर्दछ ।
Q 20. कागतीको फल टिप्न उपयुक्त समय के हो?

विहान ८–१० बजे र साँझ ३–६ बजेको समय फल टिप्न उपयुक्त हुन्छ ।
Q 21. कागतीमा लाग्ने मुख्य मुख्य किराहरु कुन कुन हुन?

कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कतले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन |
Q 22. कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई कसरी नियन्त्रण गर्ने?

कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
Q 23. कागतीको कतले किरा कसरी नियन्त्रण गर्ने?

कागतीको कतले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महीनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मटीतेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
Q 24. कागतीको लाही र सिट्रस सिल्ला किरा कसरी नियन्त्रण गर्ने?

कागतीको लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने |
Q 25. कागतीको मिलिबग किरा कसरी नियन्त्रण गर्ने?

कागतीको  मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्ने |
Q 26. कागतीमा लाग्ने रोगहरु कुन कुन हुन?

कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य हुन |
Q 27. कागतीमा लाग्ने रोगहरु नियन्त्रणका उपाय के हो?

कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिने |

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post