WELCOME TO AGROMART NEPAL !

माछापालन गर्ने तरिका

Q 1. माछापालन शुरु गर्न के के कुरामा ध्यान दिनु पर्दछ ?

पानीको उपलव्धता तथा गुणस्तर

माटोको किसिम

जमिनको बनौट


Q 2. माछा पोखरी कत्रो साइजको बनाउनु पर्दछ ?

नर्सरी पोखरी : ०.०२-०.०६ हेक्टर,

रियरिङ पोखरी : ०.०६-०.२ हेक्टर

उत्पादन पोखरीको : ०.२-१.० हेक्टर

डीलको चौर्डाई ५ मिटर भन्दा कम राख्नु पर्दछ ।
Q 3. माछापालनको लागि पानीको गहिराइ कती हुनु पर्दछ ?

कार्प जातीका माछा पालनको लागि पानीको गहिराइ १.२ देखि १.५ मिटर हुनु पर्दछ ।
Q 4. माछा पोखरीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

चिम्टयाइलो दोमट माटो माछा पोखरीको लागि सबै भन्दा राम्रो माटो हो ।

Q 5. माछापालनको लागि पानीको तापक्रम कती चाहिन्छ ?

कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन ।

यि माछाको बृद्धिको लागि २२-३२ डिग्री सेन्टिग्रेड सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ ।

६ महिना भन्दा कम समय यो तापक्रम उपलब्ध नहुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुदैन ।
Q 6. पोखरीमा माछा भुरा राख्नु भन्दा अगाडी के कस्तो तयारी गर्नुपर्छ ?

पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने ।

झारपातहरु सबै उखेलेर सफा गर्ने ।

पोखरीमा १५ देखि २० के. जी॰ प्रति कठ्ठाको दरले चुन र्छकने ।

पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।

७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने ।

यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
Q 7. नेपालको तर्राईमा पालनको लागि उपयुक्त माछाका जातहरु के-के हुन् ?

कार्प जातको : कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी, भाकुरा ।

अन्य जातको : टिलापिया, मागुर, पंगास, आदि माछाहरु ।
Q 8. पोखरीमा चुना कहिले र कति मात्रामा हाल्नु पर्दछ

पोखरीमा चुना र्छर्ने काम पानी भर्नु भन्दा करिब एक साता पहिले गर्नु बेस हुन्छ ।

पोखरीको माटोको पि. एच. जाँच गरेर चुनाको मात्रा निर्धारण गर्नु पर्छ ।

सामान्यतया एक कठ्ठाको पोखरीमा १५ किलोको दरले चुना हाल्नु पर्दछ ।
Q 9. पोखरीमा मलखाद कहिले र कति मात्रामा हाल्नु पर्दछ ?

पोखरीमा भुरा छाड्नु भन्दा एक हप्ता अगावैमल राख्नु पर्दछ ।

हरेक हप्ता प्रति कठ्ठा ०.८ के.जी. डि ए पी, १.२ के.जी. युरिया र ६० के. जी. पाकेको गोबर मल राख्नु पर्दछ ।
Q 10. कार्प माछाको लागि कस्तो दाना खुवाउनु पर्छ ?

भुरा माछा र खाने माछाको लागि क्रमशः ३० र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।

ढुटो र पीना आधि-आधि मिसाउँदा लगभग २० प्रतिशत प्रोटिन भएको दाना बन्दछ ।

बजारमा पाइने पेलेट दाना केहि महंगो भएता पनि किफायती  हुन्छ ।
Q 11. ग्रासकार्प माछाले के-के घाँसहरु खान्छ ?

केराको पात, किम्बुको पात, इपिल इपिलको पात तथा अन्य कलिलो पात हुने घाँसहरु ।
Q 12. पोखरीमा जङ्गली माछा मार्न के प्रयोग गर्नु पर्दछ ?

जङ्गली माछा मार्न मत्स्य विषको रुपमा आमोनियम सल्फेट १२.५ कि. ग्रा. प्रति कठ्ठा र चुना ६५.५ कि.ग्रा. प्रति कठ्ठा प्रयोग गर्नु पर्दछ  ।
Q 13. माछापोखरीमा कति भुरा हाल्नु पर्दछ ?

एक हेक्टरको पोखरीमा ३ देखि ४ इन्च साइजका १०,००० देखि १५,००० सम्म माछा भुरा राख्न सकिन्छ ।

१ कठ्ठा को पोखरीमा ३५० देखि ५०० गोटा भुराहरु राख्नु पर्दछ ।

भुराहरुको साइज सानो भएमा संख्या बढाउनु पर्ने हुन्छ ।

पोखरीमा आवश्यक भन्दा बढी भुराहरु राखेमा राम्रो सँग बढ्दैन् ।
Q 14. पोखरीमा भुरा छाड्ने बेलामा के के कुरामा ध्यान दिनु पर्दछ ?

पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ ।

भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन ।

भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जब सम्म दुबै पानीको तापक्रम बराबर हुदैन ।

जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ ।

तापक्रम बराबर हुन लागि कम्तिमा १०-१५ मिनेट समय लाग्छ ।

माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन ।

पोखरीको पानीमा नै बिस्तारै छाडेमा तिनीहरु आफै पौडदै पानीमा खेल्दै जान्छन् ।
Q 15. पोखरीमा भुरा स्टकिङ्गको जातीय अनुपात के हो ?

क्र स माछाको जात सातै जात पाल्दा (%) चाईनिज कार्प  मात्र (%) स्थानीय कार्प मात्र (%)
कमन कार्प

२५

३५

सिल्भर कार्प

३५

४५

विगहेड कार्प

१५

ग्रास कार्प

रोहु

१०

३०

नैनी

१५

३०

भाकुर

४०

जम्मा

१००

१००

१००

Q 16. कार्प माछाको भुरा कुन सिजनमा पाइन्छ ?

फाल्गुण – चैत्रमा : कमन कार्प ।

बैशाख, जेष्ठ र आषाढमा : ग्रास कार्प, सिल्भर कार्प र विगहेड कार्प ।

श्रावण – भाद्रमा : रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र निजी हृयाचरी र नर्सरीहरुमा उपलब्ध हुन्छ ।
Q 17. माछा पोखरीमा मलको प्रयोग गर्दा के के कुरा मा ध्यान दिनु पर्दछ ?

घाम लागेको बेलामा बिहान पख राख्ने ।

आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने ।

गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने ।

बादल लागेको समयमा मलको प्रयोग नगर्ने ।

रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।
Q 18. माछा पोखरीमा मलको प्रयोग गर्दा के के कुरा मा ध्यान दिनु पर्दछ ?

घाम लागेको बेलामा बिहान पख राख्ने ।

आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने ।

गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने ।

बादल लागेको समयमा मलको प्रयोग नगर्ने ।

रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।
Q 19. माछाको खाने बानी के ? कस्तो हुन्छ ?

जीवनको प्रारम्भिक चरणमा सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात् जुप्लांकटन खाने गर्दछ ।

अलि ठूलो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुदै जान्छ ।

माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ ।

सिल्भर, विगहेड, भाकुर तथा रोहु पानीको माथिल्लो भागमा भएको स-साना वनस्पती वा जीबहरू खान्छ ।

कमन कार्प र नैनी माछा पीँधमा पाइने किराहरु, सडेगलेका पदार्थ, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ ।

ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घाँस खान रुचाउँछ ।
Q 20. माछालाई कति प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ?

माछाको उमेर अनुसार विभिन्न प्रोटीन स्तर भएका दाना दिनु पर्दछ ।

भुरा माछा, माउ माछा र खाने माछाको लागि क्रमशः ३०, २५ र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
Q 21. पेलेट दाना भनेको के हो ?

दाना फ्याक्ट्री वाट तयार गरिएको सुख्खा टुक्रा दानालाई पेलेट दाना भनिन्छ ।

यो दाना पानीमा तुरुन्त नघुल्ने हुन्छ ।
Q 22. नर्सरी पोखरीको तयारी कसरी गरिन्छ ?

पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने ।

झारपातहरु सबै उखेलेर सफा गर्ने ।

पोखरीमा १५ देखि २० के. जी. प्रति कठ्ठाको दरले चुन र्छकने ।

पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।

७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने ।

यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
Q 23. नर्सरी पोखरीमा कति भुराहरु स्टक गर्न सकिन्छ ?

सामान्यतया ५००००-६०००० प्रति कठ्ठाको दरमा नर्सरी पोखरीमा भुरा स्टक गर्न सकिन्छ ।

नर्सरी पोखरीमा एकै जातका तथा एकै र्साईजका भुराहरु हुर्काउन उचित हुन्छ ।

विभिन्न र्साईजको भुराहरु हुन गएमा मृत्युदर बढ्न जान्छ ।

साधारणतया नर्सरी पोखरीमा ४० देखि ५० प्रतिशत मृत्यु दर हुन्छ ।
Q 24. माछाहरु कति समयमा विक्रि योग्य हुन्छन्

कार्प माछाहरु करिब ६ महिना पाले पछि विक्रीयोग्य (०.५देखि १.० के जी.) हुन्छ ।
Q 25. छडी माछापालन भनेको के हो ?

भुरा माछालाई धेरै संख्यामा स्टक गरी, दाना पानी र अन्य समुचित ब्यवस्थापन गरी करिब ४०- ५० ग्राम साइजको बनाउने ।

एउटा पोखरीबाट वर्षमा ३ वाली सम्म उत्पादन लिन सकिन्छ ।

यसरी उत्पादन गरिएको माछालाई सिङ्गल फ्राई गरी खाजाको वा स्नाक्सको रुपमा उपभोक्ताले प्रयोग गर्दछन् ।
Q 26. छडी माछापालन गर्दा कति भुरा स्टक गर्नु पर्दछ ?

प्रति हेक्टर २,००,००० देखि २,५०,००० सम्म भुरा स्टक गर्नु पर्दछ ।
Q 27. छडी माछा पालनको लागि कुन जातको माछा पालिन्छ ?

छडी माछा पालनको लागि मुख्य माछाको जात नैनी हो ।

नैनी माछा पातलो, लामो र सलक्क परेको हुनाले लोकल माछा जस्तो देखिन्छ साथै  सिङ्गल फ्राई गरेर प्लेटमा सजाउँदा राम्रो देखिन्छ ।

यसमा भएका पातला काँडाहरु डिप फ्राई गर्दा सबै पाक्छन् र खाँदा खासै केही फाल्नु पर्दैन ।

पोखरीमा भएका प्राकृतिक आहाराको राम्रो सदुपयोग गर्नको लागि केही मात्रामा रोहु र अन्य जातका माछा पनि स्टक गर्नु पर्दछ ।

Q 28. छडी माछालाई कस्तो दाना खुवाउनु पर्दछ ?

छडी माछा पालनमा राम्रो र पौष्टिक दानाको महत्व धेरै  हुन्छ ।

२८ देखि ३० प्रतिशत प्रोटिन भएको दाना ४ देखि ६ प्रतिशत प्रति के.जी. माछाको तौलको आधारमा १०० देखि १२० दिन सम्म खुवाउँदा ५० देखि ६० ग्रामको माछा तयारी हुन्छ ।

दाना दिनको २ पटक उहि स्थान र उहि समयमा दिनु राम्रो हुन्छ ।

दानाको मात्रा शुरुका दिनमा ६ प्रतिशतबाट शुरु गरी अन्तमा ४ प्रतिशतमा घटाउन सकिन्छ ।
Q 29. छडी माछाको उत्पादन कति हुन्छ ?

राम्रो व्यवस्थापन गर्न सकेमा एक बालीमा -१००-१२० दिन) प्रति हेक्टर ६ टन सम्म छडी माछा उत्पादन लिन सकिन्छ ।
Q 30. पंगास माछा कस्तो माछा हो ?

पंगास माछा शरिरमा कम काँडा भएको र व्यावसायिक रुपमा धेरै उत्पादन दिने माछा हो ।

यसले  हावाबाट पनि अक्सिजन लिन सक्ने हुनाले पोखरीमा धेरै संख्यामा स्टक गर्न सकिन्छ ।

यो माछा र्सवहारी स्वभावको हुन्छ ।

व्यवसायिक पालनमा यस माछाको मुख्य आहारा नै पेलेट दाना हो ।

नेपालमा यो माछाको उत्पादन ३० देखि ७० टन प्रति हेक्टर प्रति वर्षसम्म उत्पादन भएको छ ।

यो जातको माछाको स्टकिङ्ग ३ देखी १५ गोटा प्रति वर्ग मिटरका दरले पोखरीको व्यवस्थापन अनुसार पालनको लागि २ देखी ३ इन्च साइजको भुरा राख्न सकिन्छ ।

Q 31. पंगास माछाको भुरा कहाँ उपलब्ध हुन्छ ?

यो जातको भुरा नेपालको सरकारी एवं निजी मत्स्य हृयाचरीबाट उत्पादन र वितरण सुरु हुन सकेको छैन ।

हालै मात्र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा र मत्स्य बिकास केन्द्र भण्डारामा यसको सफल प्रजनन् भएता पनि भुराको बाच्ने दर निकै कम पाइएको ले गर्दा थप अनुसन्धान जारी छ ।

यसको भुरा भारतको कोलकत्ताको निजी पंगास हृयाचरीबाट ३-४ दिन लगाएर ल्याइन्छ ।
Q 32. पंगास माछालाई के दाना खुवावउनु पर्दछ ?

पोखरीमा पालन गर्दा पंगास माछाको प्रमुख आहारा भनेको पेलेट दाना हो ।

यो माछाले धानको ढुटो, पिना, चोकर, पिठो आदि पनि खान्छ ।

छिटो छिटो बढाउनका लागि दाना मेसिनबाट तयार पारिएको २५ देखि ३० प्रतिशत क्रुड प्रोटिनयुक्त पेलेट दाना खुवाउनु उपयुक्त हुन्छ ।

दाना माछाको तौलको २-३ प्रतिशतको दरको आधारमा दैनिक रुपले दिनु पर्दछ ।
Q 33. पंगास माछा कति समयमा विक्रि योग्य हुन्छ ?

सामान्यतया ७ देखि ९ महिनाको अवधिमा विक्री योग्य साइज -१-१.५ केजी) को हुन्छ ।
Q 34. टिलापिया कस्तो माछा हो ?

कार्प जातिको भन्दा छुट्टै जातीको, भित्री काँडा कम हुने स्वादिलो खालको माछा हो ।
Q 35. टिलापिया माछाको पालन प्रविधि के हो ?

हाल यस माछाको एकलिङ्गयि भाले पालन प्रविधिको प्रचलन छ ।

यस माछालाई प्रति वर्ग मिटर पोखरीमा २ देखि ३ गोटाको दरले स्टक गरि कार्प माछा जसरीनै पालन गर्न सकिन्छ ।
Q 36. एकलिंगिय भाले टिलापिया माछाको भुरा कहाँबाट पाउन सकिन्छ ?

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको मत्स्य बिज्ञान विभाग ।

सेन्टर फर एक्वाकल्चर रिर्सच एण्ड प्रोडक्सन फार्म, कठार, चितवन ।
Q 37. माछा साथ बंगुर पालन गर्दा के फाइदा हुन्छ ?

पोखरीको डीलमा खोर बनाएर बंगुर पालन गर्दा बंगुरको मल त्यसै खेर नगई पोखरीको उत्पादन बढाउनुका साथै वातावरणलाई दुषित हुनबाट बचाउँछ ।

बंगुरलाई दिएको दानाको करिब ३० प्रतिशत भाग नपचेको  हुन्छ जसले माछाको लागि राम्रो आहाराको काम गर्दछ ।

एउटा बंगुरले ६ महिनामा २५० किलो सम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ । एक कठ्ठाको पोखरीको लागि एउटा वंगुरको मल प्रयाप्त हुन्छ ।
Q 38. माछा साथ हाँस पालन गर्दा के फाइदा हुन्छ ?

हाँसको विकास पानी भएको ठाउँमा राम्ररी हुने गर्दछ ।

हाँसले पानीमा भएका किरा फटेङग्रा, ठूलो वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोंघी तथा स-साना जंगली माछाहरु खाई दिन्छ ।

हाँसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउँदछ ।

हाँस पानीमा तैरिदा पानीमा अक्सिजन घोल्ने एरेटरको काम गर्नुका साथै पोखरीको सुन्दरतालाई समेत बढाउँछ ।
Q 39. माछा पोखरीको लागि कुन जातको हाँस उपयुक्त हुन्छ ?

हाँस पालन गर्दा विकासे जातका हाँस पाल्नु उचित हुन्छ ।

नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस (खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हाँस पाइन्छन् ।

यी जातहरु मासु तथा अण्डा दुबैको लागि उपयुक्त छन् ।

१ कठ्ठा जलाशयका लागि १५-२० गोटा हाँस पाल्नु उपयुक्त हुन्छ ।
Q 40. के पोखरीको डिलमा फलफूल खेति गर्न सकिन्छ ?

पोखरीको डीलको पूर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घाँस खेती गर्न सकिन्छ ।

फलफुल खेती गर्दा झांगीने खालका ठूलो रुख हुने फलफुल लगाउनु हुदैन अन्यथा पोखरीमा प्रकाशको प्रवेशलाई अवरुद्ध गर्दछ ।

केरा, मेवा, नरिवल, सुपारी, भुर्इकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छ् ।
Q 41. के पोखरीको डिलमा तरकारी खेति गर्न सकिन्छ ?

तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु बढी फइदाजनक हुन्छ ।

बन्दा, काउली, गोलभेंडा, भेण्टा, करेला, भिण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन ।

यीनको विक्रीबाट प्राप्त हुने लाभको अलवा कुहिएका फल तथा पात माछाको लागि लाभदायक हुन्छन् ।

लहरे तरकारी खेती डील छेउमा पनि लगाउन सकिन्छ ।

Q 42. माछा पोखरीमा हुनसक्ने समस्याहरु के-के हुन् ?

पानीको गुणस्तर ब्रि्रनु ।

अक्सिजनको कमी हुनु ।

माछामा रोग तथा परजिविहरु लाग्नु ।
Q 43. माछा पोखरीमा अक्सिजनको कमी कसरी हुन्छ ?

दिनभर वादल लागेमा, पोखरीमा बढि संख्यामा माछा स्टक गरेमा रगोबर मल बढि प्रयोग गरीएमा पोखरीमा अक्सिजनको मात्रा कमि हुन्छ ।
Q 44. माछापोखरीमा अक्सिजनको कमीका लक्षणहरु के-के हुन् ?

पोखरीमा पानी हाल्ने ठाँको नजीक माछाहरु जम्मा भएका हुन्छन् तथा केही माछाहरु मरेको देखिन सक्छ ।

विहान घाम उदाउनु अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ ।
Q 45. पोखरीमा अक्सिजनको कमी भएमा के गर्नु पर्दछ ?

पोखरीमा बाहिरबाट तत्काल पानी थपि दिने

पम्पिङ्ग सेट लगाएर पानी तानी फोहोरा बनाई सोही पोखरीमा खसाल्ने ।

पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने वा पौडी खेल्ने ।

एरिएटर को प्रयोग गर्ने ।

अक्सिमार ट्याबलेटहरुको प्रयोग गर्ने ।

अपरान्ह घाम लागि सकेपछि जाल हाली बढी माछा निकाल्ने ।
Q 46. पोखरीको पानी धेरै हरियो के कारणले हुन्छ ?

पोखरीमा मलखादको मात्रा धेरै भयो भने पानी धेरै हरियो हुन्छ ।

पानी धेरै हरियो भएमा अक्सिजनको कमिले माछा मर्ने सम्भावना हुन्छ ।

सफा पानी थप्ने वा मलखाद राख्न बन्द गरेमा बढि हरियोपना हराएर जान्छ ।
Q 47. पोखरीको पानी धेरै सङ्गलो के कारणले हुन्छ ?

पोखरीमा मलको मात्रा कमि भएमा पानी सङ्लो हुन्छ ।
Q 48. के कमन कार्प माछाको भुरा पोखरीमा उत्पादन गर्न सकिन्छ ?

फागुन/ चैत्र महिनामा नयाँ पोखरीमा सफा पानी राखी केही घाँस र झारहरु राखेर वयस्क भाले पोथी माछालाई छोडेमा माछाले अण्डा दिन्छ ।
Q 49. माछाका रोगका लक्षणहरु के के हुन् ?

राम्रो सँग हिडडुल गर्न नसक्नु ।

पानीको सतहमा आउनु र प्याक प्याक गर्नु ।

जीउ भित्तामा घस्रनु वा उफ्रीरहनु ।

पेट फुल्नु ।

शरीरको विभिन्न भागमा घाउ हुनु ।
Q 50. माछामा रोग लाग्न नदिन के के उपायहरु अपनाउनु पर्दछ

प्राविधिकको सल्लाह बमोजिम पोखरी तैयार गर्ने ।

सिफारिस गरिएको संख्यामा मात्र माछा भुरा राख्ने ।

पानीको गुणस्तर नियन्त्रण गर्ने ।

उपयुक्त मात्रामा मात्र मलजलको प्रयोग गर्ने ।

ताजा दाना आवश्यक मात्रामा उचित तरिकाले मात्र प्रयोग गर्ने ।

पानीको गहिर्राई कायम राख्ने तथा समय समयमा सफा पानी थप्ने ।
Q 51. माछामा लाग्ने मुख्य मुख्य रोगहरु के-के हुन् ?

इ.यु.एस.,

सेप्रोलेग्नीया,

सेतो थोप्ले रोग,

ट्राइकोडिना,

माछाको जुम्रा आदि  ।
Q 52. माछाको शरीरमा घाउहरु के कारणले देखिन्छ ?

माछामा इ.यु.एस., अल्सर वा जुम्राको प्रकोपले शरिरमा घाउहरु हुन्छ ।
Q 53. माछाले दाना राम्रो सँग खाएको छैन, के कारणले होला

पोखरीमा अक्सिजनको कमि भएमा ।

माछा रोगी भएमा ।
Q 54. इ.यु.एस. भनेको कस्तो रोग हो ?

यो ढुसिजन्य रोग हो ।

सुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ ।

सो ठाँउमा कत्ला र्झन गई खाल्टो भएको घाउ देखिन्छ ।

ढाड र पुच्छरको नजिक भागमा घाउहरु देखिन्छन् ।

जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ ।
Q 55. इ.यु.एस.रोगको नियन्त्रण कसरी गर्ने ?

घर, पोत्ने चुना १५ के.जी. प्रति कठ्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ हप्ताको अन्तरालमा बढीमा तिन पटक चून प्रयोग गर्ने ।

पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने ।

सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले अनुपातमा यी जातको संख्या बढी राख्ने ।

माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने
Q 56. सेप्रोलेग्नीया रोगको मुख्य लक्षण के हो ?

माछाको शरिरको विभिन्न भागमा कपास जस्तो ढुसी देखा पर्ने ।
Q 57. सेप्रोलेग्नीया रोग लागेमा के उपचार हुन्छ ?

पोखरीलाई चुन वा कपर सल्फेट प्रयोग गरि सक्रमण रहित बनाउने ।

रोग लागेको माछालाई १ पि. पि. एम. को दरमा मालाकाइट ग्रिनको झोलमा १०-१५ मिनेट सम्म राख्ने ।

माछाहरुलाई चलाएपछि २-३ प्रतिशतको नुनको झोलमा २-३ मिनेट डुबाएर मात्र पोखरीमा राख्ने । स्पाउनिङ र इन्कुवेसन टैंकहरु नुनपानीले राम्रो सँग सफा गर्ने ।
Q 58. माछाको जुम्रा नियन्त्रण कसरी गर्ने ?

२ प्रतिशतको नुन पानीको झोलमा ५-१० मिनेट डुबाउने

ट्राईक्लोफेन/डिप्टेरेक्स ०.२५ पि. पि. एम. प्रयोग गर्ने ।
Q 59. माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छ ?

माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छैन् ।
Q 60. रेन्बो ट्राउट कस्तो माछा हो ?

सफा, चिसो र धेरै अक्सिजन भएको निरन्तर बगिरहने पानीमा हुर्कने स्वादिलो माछा हो ।

यो नेपालमा पालिने सबैभन्दा महंगो माछा हो ।
Q 61. ट्राउट माछा पालनको लागि कस्तो वातावरण चाहिन्छ ?

ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू (अक्सिजन) प्रयाप्त भएको पानी हुनु पर्दछ ।

ट्राउट माछाको राम्रो बृद्धिको लागि १४ देखि २० डिग्रि सेल्सियस तापक्रम चाहिन्छ भने सबै भन्दा उपयुक्त बृद्धिको लागि १६ देखि १८ डिग्रि सेल्सियस तापक्रम चाहिन्छ ।

राम्रोसंग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ ।

यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास भएमा राम्रो हुन्छ ।

रेन्बो ट्राउट माछा खानको लागि मात्र उत्पादन गर्ने हो भने पानीको तापक्रम १४ डिग्री सेन्टिग्रेड भन्दा माथि र २० डिग्रि सेन्टिग्रेड भन्दा तल भएमा राम्रो उत्पादन गर्न सकिन्छ ।

एक बर्षमा ४/५ महिना पानीको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनक हुदैन ।
Q 62. कस्तो ठाँउमा रेसवे निमार्ण गर्न सकिन्छ ?

रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर र जमिनको बनौटमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

कान्ला, कान्ला परेको जमिन वा हल्का भिरालो जमीन रेसवे निर्माणको लागि राम्रो मानिन्छ ।

उपलव्ध पानीको बहाव र जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे (रेखात्मक र समानान्तर) निर्माण गर्न सकिन्छ ।

Q 63. रेसवे पोखरीको र्साईज कस्तो हुनु पर्दछ ?

सानो भुरा हुर्काउने रेसवे पोखरीको क्षेत्रफल १०−१५ वर्ग मिटर ।

बिक्री योग्य माछा राख्ने पोखरीको र्साईज ५० देखि १५० बर्ग  मिटरको बनाउनु उपयुक्त  हुन्छ ।

पोखरीको गहिर्राई ८०−९० सेन्टिमिटर भए पानीको प्रवाह कायम गर्न र दैनिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।

माछाको घनत्व बढ्दै गएपछि अर्को पोखरीमा सार्दै जानु पर्दछ ।
Q 64. ट्राउटमाछाको लागि भुराको र्साईज कस्तो हुनु पर्दछ ?

नेपालमा २०० देखि ३०० ग्राम सम्म र्साईजका ट्राउट माछा विक्रिी योग्य मानिन्छ ।

यसको लागि ५ ग्राम र्साईजका ७५-१०० गोटा माछा भुरा प्रति वर्ग मिटर स्टक गरेर १० महिनामा १०-१५ केजी प्रति बर्ग मिटर उत्पादन लिन सकिन्छ ।
Q 65. ट्राउटमाछाको लागि कस्तो दाना खुवाउनु पर्छ ?

उत्पादनको लागि ३५% प्रोटिन भएको दाना दिनु पर्दछ ।

माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ ।

भुरा अवस्थामा ५० प्रतिशत प्रोटिन आवश्यक पर्दछ भने हुर्कौला (फिङ्गरलिङ्ग) को लागि ४७  प्रतिशत र ठूलो माछाको लागि ४०-४५ प्रतिशत प्रोटिन आवश्यक पर्दछ ।
Q 66. ट्राउटमाछाको उत्पादकत्व कती छ ?

नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के.जी. रेन्बोट्राउट माछा उत्पादन भईरहेको छ ।

दक्ष ट्राउट पालकले प्रति मिनेट १ मे. टन पानी बग्ने पोखरीबाट १५०-२०० मे. टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन् ।
Q 67. के ट्राउट माछाको ग्रेडिङ्ग गर्नु पर्छ ?

ठूलो र सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ ।

रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने र मुखको साइज मिलेमा खाईदिने समेत गर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ ।

यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ।

ठूलो र सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।
Q 68. ट्राउट माछालाई दाना दिने तरिका के हो ?

दाना प्राय हातैले दिईन्छ ।

दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ ।

दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खान पाउंछन् र सबैको एकनासले वृद्धि बिकास हुन्छ ।

भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ ।

माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ ।

माछाको मुखको र्साईजलाई दृष्टिगत गरी मिल्दो र्साईजको दाना ख्वाउनु पर्दछ ।
Q 69. नेपालमा पालनको लागि संभाव्यता भएका स्थानिय माछाको जातहरु के-के हुन् ?

सहर, कत्ले, असला, गर्दी, हाडे, मांगुर, सिघी आदि जातका स्थानीय माछाहरु पालनको लागि सम्भाव्यता छ ।
Q 70. के माछापालनको बिमा हुन्छ ?

हुन्छ, माछा बिमा गर्दा बिमा कम्पनिलाई तिनुपर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधैँ कृषकले अनुदान पाउँदछन।

Share:

Related Post