WELCOME TO AGROMART NEPAL !

कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन,कफीको बोटको कांटछांट ,तालिम र पुनर्योबनिकरण

कफीका गुणस्तरीय बीउ उत्पादन तथा नर्सरी व्यवस्थापन

बीउको छनौट
कफीका लागि बीउको छनौट गर्दा माउ बोट कम्तीमा ८ बर्षको हुनपर्छ ।
बोटका कफीका दानाहरु पुष्ट, स्वस्थ एवं मध्यम आकारको हुनुपर्छ।
कफीका दानाहरु परिपक्क साथै हेर्दा राम्रो देखिने खालको हुनुपर्छ ।
माउ बोटको मध्य भागका हागाहरुबाट र मध्य भागमा रहेका राम्रोसंग पाकेका  कफीका दानाहरु टिप्नु पर्दछ ।
कफीका दानाहरुलाई पानीले भरिएको बाल्टिनमा खन्याउने र बाल्टिनमा माथि उत्रेका दानाहरुलाई हटाउनु पर्दछ ।
बाल्टिनमा ढुवेका दानाहरुलाई जम्मा गनुपर्दछ ।
पानीमा डुबेका कफीका दानाहरुलाई हातले मिचेर वा पल्पर मेशिनको सहायताले बोक्रा  हटाउन सकिन्छ ।
बोक्रा  हटाइ सकेपछि फक्लेटा बनाउनु पर्दछ ।
उक्त फक्लेटाहरु मध्य कुहिएका, बिग्रिएका र मसिना फक्लेटाहरु हटाइदिनु पर्दछ ।
त्यसपछि ती फक्लेटाहरुलाई राम्रोसंग चालिएको खरानीको धुलो फक्लेटाको सतहमा पर्ने गरी मिलाउनु पर्दछ ।
यसरी खरानी दलेको  बीउलाई छहारीमा मान्द्रोमा राखी हावा खेल्न पाउने गरी सुकाउनु पर्दछ ।
छहारीमा सुकाउदा दिनको तीन पटकसम्म चलाउनु पर्छ जसले गर्दा बीउ एकनासले सुक्न पाउछ ।
सुकाएको पाँच दिन पछि बढी भएको खरानी हटाउनु पर्छ ।
त्यसपछि बीउलाई केही बाक्लो गरी फेरि छायाँमा सुकाउनु पर्छ ।
यसरी कफीको बीउ रोप्नको लागि तयार हुन्छ ।
तयारी बीउलाई एक महिनाभित्र रोप्नु पर्छ ।

नर्सरीको लागि जग्गाको छनौट
कफी नर्सरीको लागि राम्रो उर्वराशक्ति भएको दोमट माटो भएको बिरुवाको बृद्धि विकास राम्रोसंग हुन सक्ने स्थानको छनौट गर्नु
पर्दछ ।
छनौट गरिएको जग्गाबाट झारपात ढुंगा आदि हटाई जमिनलाई ३–४ पटक खनजोत गरी डल्ला फोरी माटोलाई मसिनो र बुर्बुराउँदो
बनाउनु पर्छ ।

व्याडको तयारी
जमिन तयार भई सकेपछि १ मीटर चौडाई, आवश्यकता अनुसार लम्बाई र उचाई १५ से.मी. का ब्याडहरुको वीचमा १.५ फिटका
बाटो राख्नु पर्छ ।
यसरी बनाइएको ब्याडमा ६ भाग जंगलको माटो, ४ भाग कम्पोष्ट वा गोबर मल र १ भग बालुवा मिसाई ब्याडको माथिबाट १ इनच
बाक्लो हुनेगरी राख्नु पर्छ ।
तयारी बीउलाई फागुन महिनामा रोप्नु उपयुक्त मानिन्छ ।

बीउ रोप्ने समय र तरिका
तयार पारिएको ब्याडमा लामो लठ ीको सहायताले २.५ से.मी. को फरकमा १.५ से.मि. गहिराइका सिधा लाइनहरु बनाई २.५ से.मी.को फरकमा बीउलाई घोप्टो पारी रोप्नु पर्छ ।
नर्सरी ब्याडमा बीउ रोपी सकेपछि खर वा परालले पातलो गरी ब्याडलाई ढाकी हजारीद्धारा पानी दिनु पर्छ ।
बीउ रोपेको ४५–६० दिन भित्रमा बीउ उम्रन्छ ।
बीउ उम्रन थालेपछि नर्सरी ब्याडमा राखेको छापो हटाउनु पर्छ र नर्सरी ब्याडमा छहारीको राम्रो व्यवस्था गर्नुपर्छ ।

दोश्रो नर्सरीमा बिरुवा स्थानान्तर
कफीको बीउ ब्याडमा उम्रन शुरु गरेपछि जब बिरुवा टोपी अवस्थामा जान्छ त्यसपछि दोश्रो नर्सरीमा स्थानान्तरण गनुपर्छ ।
बिरुवा स्थानान्तरण २ तरिकाले गर्न सकिन्छ ।

पाेलिथिन ब्यागमा बिरुवा सार्ने तरिका 
जंगलका माटो ६ भाग, कम्पोष्ट वा गोबर मल २ भाग र बालुवा १ भाग मिसाई यस मिश्रणलाई मसिनो बनाउनु पर्छ ।
यसरी मिश्रण तयार गरी सकेपछि ९ह्६ इन्चको पाेलिथिन ब्यागमा उक्त मिश्रणले ब्याग नखुम्चने गरी भुर्न पर्छ ।
पाेलिथिन ब्याग भरी सकेपछि ब्यागको बीच भागमा बिरुवा रोप्नु पर्छ ।
बिरुवा रोपेको ब्यागलाई बासको कप्टेराले बनाएको १ मिटर चौडाई र आवश्यकता अनुसारको लम्बाई भएको चाैकोस भित्र ५–६ फिट
अग्लो छाप्रोको व्यवस्था भएको स्थानमा मिलाएर राख्नु पर्छ रहजारीद्धारा पानी दिनुपर्छ ।

जमिनमा  तयारी ब्याडमा बिरुवा सार्ने तरिका
पहिला  बीउ जमाउन बनाएको जस्तै ब्याड तयार गरी बिरुवाको टोपी अवस्थामा दोश्रो नर्सरीमा एक बिरुवादेखि अर्को बिरुवाको दूरी
३० से.मि. कायम गरी रोप्नु पर्छ ।
बिरुवालाई रोपी सकेपछि हजारीद्धारा पानी दिनु पर्छ ।
यसरी स्थानान्तरण गरेका बिरुवालाई चर्को घाम, पानी र असिनाबाट बचाउन छाप्राको व्यवस्था गनुपर्छ ।

कफीका जातहरु र यसको पहिचान
१. टिपिका :
इथोपियाबाट यसको शुरु भई (अरबिया)यमनमा खेतीको रुप लिएको  बोट ३—४ मीटर अग्लो हुन्छ ।
हंगा बलिया र प्रतिकूल अवस्था सहन सक्ने क्षमता हुन्छ ।
फेदका हांगा लामा र टुप्पो तफर्का हांगा छोटा हुन्छन्।
पात फिका हरिया रंगका हुन्छन्।
छाहारीको बढी आवश्यकता पर्छ ।
यो जात १२००—१६०० मीटरको उचाइमा राम्रो हुन्छ ।

२. बोर्बन :
श्ुारुमा बोर्बन फ्रान्सको बोर्बन टापुमा खेती गरेको पाईयो ।
बोर्बनको काण्ड र मुख्य हाँगाको कोण ४५ भन्दा कम हुन्छ ।
बोट ३ मीटरको अग्लो हुन्छ ।े
यसका पातहरु चौडा र किनारा खुज–मुजिएको हुन्छन् ।
फल साना हुन्छन, बाक्लो गरी लाग्छन्र छिट्टै पाक्छन् ।
फल उत्पादन टिपिकाको तुलनामा २०–३० बढी हुन्छ ।
धेरै सहायक हांगाहरु निस्कन्छन् र आख्ला बीचको तरी लामो हुन्छ ।
यो जात ९००–१५०० मीटरको उचाइमा राम्रो हुन्छ ।

३. पाकास :
यो एल.साल्भाडोरमा बर्वोनबाट विकास भएको जात हो ।
यसको बोट हाचो र हांगा मझाैला हुन्छन्।
पात ठूलो एवं गाढा हरियो रंगको हुन्छ ।
यसको हांगाको आख्ला बीचको दूरी छोटो हुन्छ ।
समुद्र सतहबाट ४०० मी. देखि १००० मीटरको उचाइमा लगाउन सकिने ।
नेपालमा अध्ययन भैरहेको ।
मुख्य हांगासंग अन्य सहायक हांगाले ९० को कोण बनाउछन् ।
फल धेरै लाग्छ तर फलको साइज मझाैला हुन्छ ।

४. पाकाभारा :
एल–साल्भाडोरमा विकास गरिएको जात हो ।
बोट मध्यम अग्लो हुने, हांगा बाक्लो लाग्ने आख्ला बीचको दूरी कम हुने र जरा गहिरो जाने हुन्छ ।
पात ठूला र तल लत्रिएका एवं किनारा खुम्चिएका हुन्छन् ।
टुप्पाको मुना खैरो तामा रङको हुन्छ ।
फल निकै ठूला र लाम्चा हुन्छन् ।
यसको खेती समुद्र सतहको ११०० देखि १६०० मीटर सम्मको उचाइमा गरिएको छ ।

५. टेकिसिक :
यो जात बोर्बनबाट एल–साल्भाडोरमा छनोट गरिएको हो ।
यसको बोट मध्यम अग्लो सोली आकारको हुन्छ ।
हंगाहरु ठूला र अन्तर –आख्लाको दूरी मध्यम लामो हुन्छ ।
यसका सहायक हांगाहरु धेरै निस्कने र राम्रो बृद्धि हुने गर्छन ।
यसका पात साना देखि मध्यम साइजका हुन्छन्र टुप्पाको मूना हरियो हुन्छ ।
यसलाई ८००–१३०० मी. को उचाइमा लगाउन सकिन्छ ।

६. क्याटिसिक :
यो जात क्याटिमोर जातको कफीबाट एल–साल्भाडोरमा छनोट गरिएको हो ।
यसको बोट पाकास जस्तै सानो सुलुल परेको हुन्छ तर हांगा केही ठूला हुन्छन् र फल ठूलो लाग्छ ।
रोगसंग लड्ने क्षमता हुन्छ ।
म्ूाना हरियो रंगको हुन्छ ।
यो जात ६०० देखि १००० मीटरको उचाइमा राम्रो भएको पाइएको छ ।

७. क्याटुरा :
ब्राजिलमा बोर्बन जातको कफीको बोटमा प्राकृतिक परिवर्तन (Mutation) आई उत्पती भएको जात हो ।
बिरुवाको आकार र रुप करिब पाकासको जस्तै हुन्छ तर फल ठूला हुन्छन् ।
बोट सोली आकारको हुन्छ ।
पात ठूला र किनारा खुम्चिएको हुन्छन् ।
अन्तर आख्लाको दूरी कम हुन्छ ।
यसको टुप्पाको मुना खैरा राता रङको हुन्छन् ।
फलको रङ रातो र पहेंलो दुबै हुन्छ ।
५०० देखि १२०० मीटरको उचाइमा राम्रो हुन्छ ।

८. सेलेक्सन :
यो जात भारतमा विकास गरिएको जात हो ।
बोटको उचाई मध्य र हांगा बाक्ला हुन्छन्।
फलको आकार ठूलो हुन्छ ।
उत्पादन क्षमता बढी छ ।
यो जात नेपालमा राम्रो पाइएको छ
५००–१२०० मीटरको उचाइमा यसको खेती राम्रो पाइएको छ ।

९. काबेरीः
पोर्चुगलबाट प्राप्त क्याटिमोर जात भारतमा लगाई त्यसबाट छनौट गरी विकसित गरिएको जात हो ।
यसको उचाइ मध्यम खालको हुन्छ ।
आंख्ला अन्तरको दुरी कम भएको, फल लागेका हांगा नुग्ने, झाेलिने र प्रशस्त फल लाग्दछ ।
लगाएको २वर्षमै फल लाग्न शुरु ह्ुने , चांडै फुल्ने अगौटे जात हो ।

१०. क्याटुआई :
ब्राजिलमा विकास भएको जात हो ।
यसको बोट मध्यम हाेचो,हांगा ठुला, आंख्ला बीचको दुरी कम हुन्छ ।
यसको सहायक हांगाहरुको मुख्य हांगासंगको कोण कम हुन्छ ।
फल  रातो र पहेंलो दुवै रंगको हुन्छ ।

११ . क्याटिमोर :
ब्राजिलमा विकास गरिएको जात
बोट सानो सोली आकारकाे हुन्छ ।
जराको माथिल्लो भागमा हुने ह‘ुदा यसलाई बढी चिस्यान र मलिलो माटो आवश्यकता पर्छ ।
फल चांडो पाक्छ ।
यसलाई ६०० देखि १००० मीटरको उचाइर् मा लगाउन सकिन्छ ।

कफीको बोटको कांटछांट ,तालिम र पुनर्योबनिकरण  
कफीको बोटलाई उपयुक्त आकारको बनाउन र कफीको बोटबाट बढी भन्दा बढी उत्पादना लिनको लागि कांटछांट र तालिम गर्ने
कार्य महत्वपूर्ण कार्य हो।
यो एक जटिल प्रक्रिया हो जुन कार्य कफीको जात र लगाइएको स्थान अनुसार फरक — फरक तरिकालेगर्ने गरिन्छ ।
तालिम
कफीको बोटकोउत्पादनशील हांगाहरुको बृद्धि एवं विकास गराउन बोटकोआकार बनाउनेकार्यलाई बोटको तालिम गर्ने भनिन्छ ।

कफीको बोटको तालिमले बोटको राम्रो आकार हुनुको साथै बोटको उचाई हामीले चाहे अनुसारको बनाउन सकिन्छ
यस कार्यले बोट दह्रो हुन्छ र उत्पादनशील हांगाहरुको बृद्धि एवं विकास हुन्छ । साधारणतया कफीको बोटको तालिम २ तरिकाले
गरिन्छ ।
एककाण्ड प्रणाली
कफीमा सेतो गंवारो कीराको आक्रमण बढी हुने र छाहारीभित्र लगाइएका कफीका बोटहरुलाई एक काण्ड प्रणाली अनुसार तालिम
गरिन्छ यस तरिकाबाट बोटलाई तालिम गर्दा कफीको बिरुवा लगाएको ६—१२ महिना अर्थात जब बिरुवा ३ फिट अग्लो हुन्छ यस अवस्थामा बोटको मूल काण्डको टुप्पो आधा फिट काटी बोटको उचाइृ अढाई फिट कायम गरिन्छ ।
यसरी टुप्पो काट्ने कार्यलाई टपिङ्ग भनिन्छ ,टपिङ्ग गर्नाले बोटको उचाई बृद्धि हुने कार्य राकिन गई मूलकाण्ड दह्रो हुनुको साथै सहायक हांगाहरु फिजारिएर फैलिन गई फल लाग्ने हांगाहरुको संख्या बढ्न जान्छ ।
टपिङ्ग गरेको १—२ वर्षसम्म टपिङ्ग गरेको ठाउंको तलको आंख्लाबाट निस्केका ठाडा मुनाहरु हटाई रहनु पर्छ।

फल लाग्ने मुख्य र सहायक हांगाहरु बलियो र मजबुत भइसके पछि टपिङ्ग गरेको ठाउंको तलबाट पलाएका मूनाहरु मध्ये एक स्वस्थ्य
मूनालाई बढन दिने र अरु मूनाहरुलाई हटाइ दिनु पर्छउक्त बढ्न दिइएको मूनालाई ५ फिट भन्दा बढी उचार्इृको पुगे पछि टपिङ्ग गर्नु पर्छ र बोटको उचाई ५ फिट कायम गर्नु पर्छ ।

टपिङ्ग गर्नको लागि बोटको उचाई जात अनुसार फरक—फरक हुन्छजुन निम्न अनुसार छ ।
१. अग्लो अराबिका — दुई तहको टपिङ्ग—पहिलो तह—२.५ फिट
दोस्रो तह — ५फिट

२. अराबिका हाेचो — सिङ्गल टपिङ्ग ३—५ फिट
३. रोबस्टा — सिङ्गल टपिङ्ग ३.५ — ५ फिट
बहुकाण्ड प्रणाली :
कफीमा सेता े गंवारो कीराका प्रकोप कम हुन र छाहारीको व्यवस्था नभएका ठाउंमा बहुकाण्ड प्रणाली अनुसार बोट को तालिम गरिन्छ ।यो तरिकाबाट दक्षिण अमेरिका, केन्या, तान्जानिया आदि देशहरुमा तालिम गर्ने  गरिन्छ ।
यस विधिबाट कफीको बोट को तालिम गर्दा बाेटकोशुरु अवस्था देखि नै २ वा ३ वटा मूनाहरुलाइ बढ्न दिई आफुले चाहेका
उचार्इमा टपिङ्ग गरिन्छ, अमेरिकामा कफीको बोट लाई शुरुमा ४—५ फिटको उचाई सम्म बढ्न दिइ केही समय फल लिएर कफीको बोटको मूलहांगालई भुर्इमा नुगाई ३—४ वटा मूनाहरुलाई राखी अन्य हांगाहरुलाई हटाएर बोटको तालिम गरिन्छ ।

कांटछांट

कफीको बोटले एक वर्ष पुराने हांगाबाट मात्र फल दिने हुंदा प्रत्येक वर्ष लगातार कांटछांटको आवश्यकता पर्दछ । कफीको
बोटको वानस्पतिक बृद्धि र उत्पादन गर्ने भागको संतुलन कायम गर्न कांटछांट अति नै आवश्यक र महत्वपूर्ण कार्य हो ।

कांटछांट गर्दा रोग र कीरा लागेका, जमिनमा लत्रेका, सिधा माथी बढेका, सुकेका, एक अर्कामा खप्टिएका र मूल हांगातर्फ फर्केका
हांगाहरु हटाइन्छ ।
कांटछांट गर्ने कार्य फल टिपी सके पछि फाल्गुण—चैत्र महिनामा गरिन्छ ।

पुराना बोटहरुमा हरेक ४ वर्ष पछि अलि बढी मात्रामा हांगाहरु कांटछांट गर्नु आवश्यक हुन्छ ।

कांटछांट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो संचार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।

कफीको बोटले एक वर्ष पुराने हांगाबाट मात्र फल दिने हुंदा प्रत्येक वर्ष लगातार कांटछांटको आवश्यकता पर्दछ ।
कफीको बोटको वानस्पतिक बृद्धि र उत्पादन गर्ने भागको संतुलन कायम गर्न कांटछांट अति नै आवश्यक र महत्वपूर्ण कार्य हो ।
कांटछांट गर्दा रोग र कीरा लागेका, जमिनमा लत्रेका, सिधा माथी बढेका, सुकेका, एक अर्कामा खप्टिएका र मूल हांगातर्फ फर्केका
हांगाहरु हटाइन्छ ।

कांटछांट गर्ने कार्य फल टिपी सके पछि फाल्गुण—चैत्र महिनामा गरिन्छ । पुराना बोटहरुमा हरेक ४ वर्ष पछि अलि बढी मात्रामा
हांगाहरु कांटछांट गर्नु आवश्यक हुन्छ ।
कांटछांट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो संचार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।
कांटछांट गरेका बोटहरुमा प्रसस्त उत्पादनशील हांगाहरु निस्कन्छन, हरेक वर्ष सन्तुलित किसिमले फल लाग्छ, फल पुष्ट
हुन्छन, छिटो पाक्छन् र फल गुणस्तरी हुन्छ

कफीमा कांटछांट गर्दा गरिने महत्वपुर्ण कार्यहरु निम्न छन् :

 क. ह्याण्डलिङ :
कफीको बोटको मूख्य हांगाबाट बाक्लोसंग पलाएका नयां सहायक
हांगाहरुलाई हातले हटाउने कार्यलाई ह्याण्डलिङ गर्ने भनिन्छ ।
यो कार्य गर्दा मुख्य हांगाको आंख्लाबाट दुवैतर्फ पलाएका सहायक हांगाहारु मध्ये एकातिर एकभन्दा बढी नयां हांगाहरुलाई हटाउनु
पर्छ ।
यो कार्य जेठ—आषाढ र भदाै—असोज महिनामा गर्नु उपयुक्त हुन्छ।

ख. सेन्टरिङ :
कफीको बोटको मूल हांगाबाट ६ इन्च वरिपरि नयां पलाएका हांगाहरु हटाउने कार्यलाई सेन्टरिङ भनिन्छ ।
यसको मुख्य उद्देश्य मूल हांगाको वरिपरिको भाग खुल्ला राख्नु हो ।
यो कार्यबाट बोटमा हावा र प्रकाशको राम्रो संचार हुन पाउंछ ।
यो कार्य आषढ—श्रावण महिनामा गरिन्छ ।

ग. डिसकरिङ :
कफीको बोटको मूलहांगाबाट पलाएका ठाडा मूनाहरुलाई चोर हांगा भनिन्छ ।
यी चोर हांगाहरु अनुत्पादक हुनुको सार्थ बोटलाई प्रदान गरेको खाध्य तत्व लिन्छन् ।
त्यसैले मूल हांगाबाट पलाएका ठाडा मूनाहरु हटाउनु पर्छ । यी ठाडा मूनाहरुलाई हटाउने कार्यलाई डिसकरिङ भनिनछ ।

यो कार्य आषाढ—श्रावण महिना र कात्र्तिक—मङिसर महिनामा गरिन्छ ।

भांचिएर,कीराले खाएर,हावाहुरी वा
छाहारीदार बिरुवा कांटछांट गर्दा सहायक एवं मूल हांगा भाचिए पुनर्योबनिकरण 

राम्रोसंग फल दिइरहेको कफीको बोटको काण्ड वा मुख्य हांगाहरु कुनै कारणवश भांचिएर,कीराले खाएर,हावाहुरी वा
छाहारीदार बिरुवा कांटछांट गर्दा सहायक एवं मूल हांगा भाचिएमा बोट अनुत्पादक बन्छ
यस्तो अवस्थामा बोटको काण्डलाई जमिनबाट ३० से.मी.माथि ४५ डिग्रीको कोणमा छड्के कटाइ गरिन्छ ।
यस कार्यलाई फेद कटाई (Collar Pruning ) भनिन्छ ।

यो कार्य फागुन — चैत्र महिनामा गर्नु पर्छ । बोटलाई काटी सकेपछि बोर्डोपेष्ट लगाउनु पर्छ । काटेको
भागको केहि तलबाट धेरै मुनाहरु निस्कन्छन । यी मुनाहरु मध्येएक स्वस्थ मुनालाई राखी अन्य मुनाहरु हटाउनु पर्छ र उक्त
मुनालाई एकल काण्ड प्रणाली अनुसार तालिम गर्नु पर्छ ।
यसरी विकसित भएको बोटलाई अन्य कफीको बोटलाई गरिने कार्यहरु मलजल, गोडमेल कांटछांट जस्ता कार्यहरु
नियमितरुपले गरी उत्पादन लिन सकिन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post