
Q 1. गाजरमा के पाईन्छ ?
गाजरमा अल्फा र विटा क्यारोटिन (Alpha and Beta Carotene) भिटामिन “ए” बन्ने कच्चा पदार्थ प्रचुर मात्रामा पाईन्छ ।
Q 2. कस्तो हावापानीमा गाजर खेती राम्रो हुन्छ ?
पूर्बिय जात (जापानिज, कोरियन) तराईमा राम्रो हुन्छ भने पश्चिमी जातहरु पहाडी तथा उच्च पहाडी भागमा राम्रो हुन्छ ।
Q 3. गाजरलाई कस्तो माटो चाहिन्छ ?
गाजरलाई गहिरो, खुकुलो र दोमट माटो राम्रो हुन्छ ।
Q 4. गाजर रोपिने समय कुन हो ?
गाजर तराई तथा मध्य पहाडमा भदौ महिना देखि पुष महिना सम्म र पहाड तथा उच्च पहाडमा युरोपियन जातहरु फागुनको तेश्रो हप्ता देखि साउनको पहिलो पक्ष सम्म रोपिन्छ ।
Q 5. गाजरलाई कसरी सिंचाई गर्ने ?
गाजरलाई छर्ने वित्तिकै सिंचाई गर्नु राम्रो हुन्छ र त्यसपछि हरेक ६ दिनमा सिंचाई गर्नुपर्दछ तर फोहरा तरिकावाट सिंचाई गर्नु राम्रो हुन्छ ।
Q 6. गाजरका जातहरु कुन- कुन हुन ?
नेपालमा उपल्बध गाजरका जातहरु :-
- न्यूकुरोडा
- नान्टिस फोर्टो
- कुरोदा मार्क
- नेपा ड्रिम
- सिग्मा
- न्यू करोदा
Q 7. गाजर कहिले उखेल्नु पर्छ?
छिटो तयार हुने जातको गाजरलाई पूरा विकास भै नसक्दा नै पहिले उखेल्नु पर्छ ।
Q 8. गाजरमा लाग्ने रोगहरु?
गाजरमा निम्न रोगहरु लाग्न सक्छ :-
.डढुवा वा अल्टरनेरिया डडुवा
.सरकसपोरा डढुवा
.पाउडरी भिल्डयु
.भाईरस रोग
Q 9. गाजरको प्रयोग कसरी गरिन्छ ?
गाजर सलादको रुपमा काँचै खान सकिन्छ । र अरु तरकारीका रुपमा, अचारको रुपमा, गाजरको हलुवा, जुस आदि बनाएर खान सकिन्छ ।