
Q 1. बन्दा ढुवानी गर्दा के कस्ता विषयमा धयान पु¥याउनु जरुरी हुन्छ ?
बन्दा ढुवानी गर्दा काउली वा ब्रोकाउली ढुवानीमा जति सावधानी अपनाउनु पर्दैन तै पनि यसलाई चोट नलागोस भन्नका लागि काउलीका पात वा अन्य जंगली विरुवाहरुका पातहरु विच्छ्याई प्याकिङ्ग गरेको खण्डमा राम्रो हुन्छ ।
Q 2. बन्दा कस्तो अवस्थामा टिप्न उचित हुन्छ ?
बन्दा टिप्ने/काट्ने अवस्था यसका जातहरु अगौटे, मध्यम या पछौटे हुन् त्यसमा भर पर्दछ तर जुनसुकै जात भएता पनि बन्दाको हेड (डल्ला) कडा हुँदै र वाहिरी पातहरु सुक्न नथालीकन टिप्नु पर्दछ ।
Q 3. बन्दामा लाग्ने पुतली कसरी नियन्त्रण गर्न सकिन्छ ?
कहिले काही बन्दाको डल्ला (Head) लाग्ने अवस्थामा आएपछि पनि हेड नलागेको उदाहरण पाईन्छ । यसको मूख्य कारण सिजन अनुसार ढिलो रोप्नको कारणले नै हो डल्ला (Head) नलाग्नुमा वढी तापक्रम सुख्खा र मलजल नपुग्नु पनि कारक तत्वको रुपमा रहेको हुन्छ ।
Q 5. बन्दाको डल्ला (Head) फाट्नवाट (Splitting) कसरी जोगाउन सकिन्छ ?
बन्दाको डल्ला (Head) फाट्नुको मूख्य कारण हेड वनिसकेपछि वढी मात्रामा तलवाट प्रवाह हुने पानीको प्रवाह (प्रेसर) ले गर्दा हो । यस्तो अवस्थावाट पार पाउनको लागि बन्दाको वोटको आधा भागका जरा काटि दिने र वोट एकातर्फ ढल्काई दिने गर्नु पर्दछ । यस्तो अवस्थामा छिटो काट्ने टिप्ने गर्नु पर्दछ ।
Q 6. बन्दाको पातको डाँढ कालो हुने कारण के हो र यसको व्यवस्थापन कसरी गरिन्छ ?
बन्दाको पात अथवा हेडको माथिल्लो भाग डढे जस्तो देखिने मुख्य कारण वेलामा नटिपेर पनि हो । कहिले काही तापक्रम एक्कासी वृद्धि भएर कीराको प्रकोप वढी भएमा पनि यस्तो हुन्छ । अतः समयमा टिप्ने तथा वढ्ता गर्मी मौसममा पनि बन्दा सिधा घामबाट जोगाउनु पर्दछ ।
Q 8. काउली समूह भन्दा अलग तरीकाले बन्दामा मात्र लाग्ने कुनै रोगहरु छन् ?
काउली समूहमा लाग्ने रोगहरु नै बन्दामा पनि देखापर्दछन् । तुलनात्मक रुपले हेर्दा काउलीमा भन्दा बन्दामा कम रोग लोगेको पाइन्छ ।
Q 9. बन्दामा मात्र वढी असर पु¥याउने कीराहरु कुन कुन हुन् र यिनीहरु व्यवस्थापन कसरी गर्नु पर्दछ ?
बन्दा खेतीमा वढी देखा पर्ने कीराहरुमा बन्दाको पुतली र लाही कीरा नै हो । यिनीहरुको व्यवस्थापन सकेसम्म नीम, गहुँत, असुरो जस्ता सामाग्री मिसाई प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ तर वढी आक्रमण भएको खण्डमा इन्डोसल्फान र नुभान वा रोगर जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
Q 10. बन्दामा लाग्ने प्रमुख कीराहरु के के छन् ?
बन्दामा लाग्ने मुख्य कीराहरु बन्दाको पुतली, लाही, पतेरो, झुसिल कीरा आदि हुन् ।
Q 11. बन्दा खेतीमा सिचाई व्यवस्थापन कसरी गरिन्छ ?
गोडमेल पछि माटो सुख्खा हुने हुँदा वाली अवधि भरमा ५–६ पटक सम्म सिचाईको आवश्यकता पर्दछ । आजकाल थोपा सिंचाई प्रविधि प्रयोगमा आएको छ ।
Q 12. बन्दामा गोडमेलको व्यवस्था कसरी गरिन्छ ?
बन्दाको खेती गरिएको जग्गामा झारपात नआओस र माटो हलुका होस भन्ने हेतुले वाली अवधिमा ३–४ पटक गोडमेल गर्नु पर्दछ । गोडमेल गर्दा अन्य वालीमा जस्तो गहिरो खन्नु भने पर्दैन।
Q 13. उन्नत जात र वर्णशंकर जातमा प्रति इकाई जमीनमा वीउ दर कति कति लाग्दछ ?
Q 14. बन्दाको वेर्ना कसरी उत्पादन गरिन्छ ?
कोपनहेगन मार्केट जात नेपालको तराई, भित्रि मधेश तथा मध्य पहाडको लागि सिफारिस गरिएको जात हो र यो जात नेपालमा शुरु देखि नै खेती गरिएको जात हो ।
Q 16. के.के. क्रस जातको बन्दामा विशेष कस्ता गुणहरु विद्यमान छन् ?
के.के. क्रस जात ठूलो डल्ला (Head) हुने जात हो । यसको विशेषता भनेको वेमौसममा पनि राम्रो उत्पादन लिन सकिन्छ ।
Q 17. बन्दाका पछौटे जातहरु कुन–कुन हुन् ?
Q 18. नेपालमा पाइने बन्दाका अगौटे जातहरु कुन कुन हुन् ?
नेपालमा प्रचलित बन्दाका अगौटे जातहरुमा, गोल्डेन एकड, प्राईड अफ इन्डिया, कोपन हेगन मार्केट आदि हुन् ।
Q 19. बन्दा खेतीमा मलखाद व्यवस्थापन कसरी गरिन्छ ?
बन्दा पनि राम्रो खाद्य तत्वहरु समावेश भएको माटोमा मात्र राम्रो उत्पादन लिन सकिन्छ । प्रति रोपनी १००० के.जी. गोबर÷कम्पोष्ट मल, १२ के.जी. नाइट्रोजन, ९ के.जी. फस्फोरस तथा ४ के.जी. पोटास मल दिनु पर्दछ ।
Q 20. बन्दा खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
प्राङ्गारिक पदार्थको मात्रा प्रशस्तभएको जुनसुकै माटोमा यहाँको खेती गर्न सकिन्छ । माटोको पि.एच.मान ५.५ देखि ६–५ सम्म भएको दोमट, वलौटे र पाङ्गो सवभन्दा राम्रो हुन्छ ।
Q 21. बन्दा खेतीको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?
बन्दा हिउँदे तरकारी वाली हो । यसलाई ठण्डा हावापानीको जरुरत पर्दछ । यसको खेती १५–२० डि.से. तापक्रम राम्रो हुन्छ तर जापानीज हाईव्रीड जातहरु २५–३० डि.से. तापक्रम पनि राम्रो फष्टाउदछन् ।