
Q 1. फापरबालीमा लाग्ने फेद कुहिने रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
मेटाल्याक्सिल (८) + म्यान्कोजेब (६४) १ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ छरेको १५ दिनभित्र छरेमा यस रोगको व्यवस्थापन गर्न सकिन्छ ।
Q 2. फापरको उत्पादन सरदर कति होला ?
राम्रो ब्यवस्थापनमा मिठे फापर प्रति हेक्टर १४०० र तीते फापर १६५० किलो प्रति हेक्टर सम्म दाना उत्पादन हुन्छ ।
Q 3. फापर बालीको भण्डारण कसरी गर्ने ?
फापरको दानामा कीराले आक्रामण गर्न नसक्ने भएकोले, ३˗४ घाम सुकाइ चिस्यान प्रतिशतमा ल्याई, सख्खा ठाउँमा थन्क्याउनुपर्दछ ।
Q 4. फापर बाली कुन महिना र कति समय सम्मा पाक्दछ ?
कार्तिक देखि मंसिर सम्मा पाक्दछ । जात र लगाएको ठाउँ अनुसार बीउ छरेको ७५˗९० दिन सम्ममा पाक्दछ।
Q 5. फापर बालीमा झारपात कहिले नियन्त्रण गर्ने ?
फापरबाली चाडै बढ्ने भएकोले र पात चौडाहुने भएकोले, एकनासले उम्रमा यसमा झारको प्रकोप कमै हुन्छ । तर बीउ पातलो उम्रेमा २०˗२५ दिनपछि एक पटक गोडमेल गरी झारपात निकाल्नुपर्दछ ।
Q 6. फापर बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?
बारीमा बर्षे पानीको भरमा खेती गर्ने भएकोले यसलाई सिंचाई दिने चलन छैन।तर, पानी कम पर्ने र सिँचाईको ब्यवस्था छ भने उम्रेको २०˗२५ दिन पछि फल्ने बेलामा सिँचाई दिनु आवश्यक हुन्छ ।

Q 7. फापर खेतीमा मलखादको मात्रा प्रति रोपनी कति प्रयोग गर्नु पर्दछ ?
पहाडको बारीमा मकै-फापर बाली प्रणालीको लागि
के.जी प्रति रोपनीः
डि.ए.पी. |
युरिया |
पोटास |
गोबर मल |
२.१७ |
२.४ |
०.८ |
६०० |
तराईको खेतमा लगाइने धानै˗फापर˗मकै बाली प्रणालीको लागि
के.जी प्रति कठ्ठा
डि.ए.पी. |
युरिया |
पोटास |
गोबर मल |
२.८ |
१.७ |
१.१ |
४०० |
Q 8. फापर कसरी लगाउने ?
यसलाई छरुवा बिधि तथा लाईनमा लगाउन सकिन्छ । लाईनमा रोप्दा लाईन देखि लाईन २५ से.मि. र रोप्ने गहिराई ५˗७ से.मि. हुनुपर्दछ ।
Q 9. फापरको बीउ दर कति हो ?
छरुवा बिधिवाट लगाउँदा मीठे फापर ६०˗७० किलोग्राम र तीते फापर ४५˗५० किलोग्राम प्रति हेक्टर चाहिन्छ ।
Q 10. फापरको लगाउने उपयुक्त समय कहिले हो ?
उच्च पहाडमा बैशाख˗जेठ, मध्य पहाडमा श्रावण˗भाद्र र मध्य पौष मध्य फागुन तथा तराई र भित्री मधेशमा कार्तिक˗मंसिर पहिलो हप्तामा लगाइन्छ ।
Q 11. फापर खेतीको लागि जग्गा तयारी कसरी गर्ने ?
धान खेतमा लगाउने हो भने धान काट्ना साथ र बारीमा हो भने मकै भाच्ना साथ एक वा दुइपटक राम्ररी डल्ला फुट्ने गरी जमिन तयार पार्ने । जग्गामा पानीको राम्रो निकासको ब्यवस्था हुनुपर्दछ ।
Q 12. फापर कस्तो माटोमा उपयुक्त हुन्छ ?
हल्का बलौटे र बलौटे दोमट माटो राम्रो हुन्छ । यसले पानीको निकास नभएको चिम्ट्याइलो माटो तथा धेरै चुनको मात्रा भएको माटो सहन सक्दैन ।
Q 13. फापर कस्तो हावापानीमा हुन्छ ?
Q 14. फापरमा पोषण तत्व के कति हुन्छ ?
कार्बोहाइड्रेट ७०˗७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन एमिनो एसिड पनि बढी पाइन्छ।
Q 15. नेपालमा कति प्रकारका फापर खेती गरिन्छ ?
नेपालमा दुई प्रकारका मिठे र तिते फापरको खेती गरिन्छ ।