WELCOME TO AGROMART NEPAL !

जौ खेती गर्ने तरिका

Q 1. भण्डारण गर्दा कीराबाट बचाउने उपाय के हो ?

एलमुनियम फास्फाइडको (सेल्फस) एउटा चक्की करिब १० क्विन्टल बरावरको जौमा हावा नछिर्ने भाडोमा राख्नु पर्दछ। बीउ राखेको दुई महिनामा घाम लागेको दिनमा एक चोटी हेर्नुपर्दछ र पुनः एक चक्की सेल्फस राख्ने ।

Q 2. जौलाई थन्क्याउने उपयुक्त तरिका के हो ?

काटी सकेपछि राम्ररी सफा गर्ने र १–२ घाम सुकाई जौ सेलाएपछि भण्डारण गर्नु पर्दछ ।
Q 3. जौलाई काट्ने उपयुक्त समय कसरी थाहा पाउने ?

जौको बोट पहेंलिएर सुक्न थालेपछि साथै गेडा साह्रो भएपछि जौ काट्न थाले हुन्छ । दानालाई मुखले टोक्दा कुटुक्क आवाज आयो भने जौ काट्न थाल्ने।
Q 4. लाही कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

इमिडाक्लोप्रीड (कन्फीडोर २०० एम.एल.) ४०० मिलि लिटर, ५०० लिटर पानीमा मिसाई १ हेक्टर वा ३० कठ्ठा जमिनमा छर्कनुपर्छ।
Q 5. गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने। साथै ट्रायजोफस २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ।
Q 6. जौमा पहेंलो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

जौको अवरोधक जात बोनस लगाउने, समयमा रोप्ने। साथै जिनेब २.५ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइ १५/१५ दिनको अन्तरमा छर्ने ।
Q 7. जौमा कालो पोके रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

कार्बेन्डाजिम २ ग्राम प्रति के.जी. ले बीउ छर्नु अगावै उपचार गर्ने ।
Q 8. जौमा साँघुरो र चौडापात दुबै किसिमका झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?

तराइको हकमाः १५ ग्राम २,४-डी (८० डब्लु.पी) र ३५ ग्राम आइसोप्रोटुरान (७५ डब्ल.पी) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने।
पहाडको हकमाः २५ ग्राम २,४˗डी (८० डब्लु.पी) र ५० ग्राम आइसोप्रोटुरान (७५ डब्लु.पी) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने।
Q 9. जौमा चौडापात (जस्तैः बथुवा) मात्र भएको झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?
तराइको हकमाः ३५ ग्राम २,४-डी (०.८ सक्रिय बिष) १५ लिटर पानीमा मिसाइ १ कठ्ठा क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
पहाडको हकमाः ५० ग्राम २,४˗डी (०.८ सक्रिय बिष) २५ लिटर पानीमा मिसाइ १ रोपनी क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

Q 10. जौमा साघुरोपात मात्र भएको झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?

तराइको हकमाः ३५ ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) १५ लिटर पानीमा  मिसाइ एक कठ्ठा क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
पहाडको हकमाः ५० ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) २५ लिटर  पानीमा मिसाइ १ रोपनी क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
Q 11. जौ बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?

गाँज आउने बेलामा, बाला निस्कने समय र दाना भरिने समयमा सिंचाई गर्नुपर्दछ। जानकारीको लागि जौको खेतमा पानी जम्न दिनुहुदैन ।


Q 12. मलखाद कति प्रयोग गर्ने ?

के.जी प्रति रोपनीः

डि.ए.पी.

युरिया

पोटास

गोबर मल

3.2

3.6

2.5

500

Q 13. जौको बीउलाई कसरी लगाउने ?

छरुवा र लाइन दुबै तरिकाले लगाउन सकिन्छ । जौसँग आलस, तोरी र केही मात्रामा चना र मुसुरो मिसाई तराईमा छर्दा उपयुक्त हुन्छ ।
Q 14. जौको बीउ दर कति हो ?

समयमा लगाउन सिंचित क्षेत्रमाः २.५ के.जी. प्रति कठ्ठा (७० देखि ८० किलो ग्राम प्रति हेक्टर)
ढिलो गरी लगाउन सिंचित क्षेत्रमाः ३.३ के.जी प्रति कठ्ठा (१०० किलो ग्राम प्रति हेक्टर)
असिंचित क्षेत्रको लागिः ३.३ के.जी प्रति कठ्ठा (१०० किलो ग्राम प्रति हेक्टर)।

Q 15. जौको बीउ छर्ने उपयुक्त समय कहिले हो ?

तराई र भित्री मधेशः कार्तिक १५ देखि मंसिरको पहिला अन्त्य सम्म छरी सक्नुपर्दछ।

मध्य पहाडः कार्तिक १५ देखि  मंसिरको तेस्रो हप्ता सम्म छरी सक्नुपर्दछ।

मध्य उच्च पहाडः असोज पहिलो हप्ता सम्म छरी सक्नुपर्दछ।
Q 16. जौको बीउ उपचार के ले गर्ने ?

२ ग्राम कार्बेन्डाजिमले प्रति किलो ग्राम बीउ उपचार गर्ने ।
Q 17. काठमाण्डौ र समान हावापानी भएको क्षेत्रका लागि उपयुक्त जौका जातहरु कुन कुन हुन् ?

बोनस जात काठमाण्डौ र समान हावापानी भएको क्षेत्रका लागि उपयुक्त हुन्छ ।

Q 18. तराई तथा भित्री मधेशको लागि उपयुक्त सिफारिश जौका जातहरु कुन कुन हुन् ?

एच.बी.एल. ५६, सि.आइ.१०४४८, माल्ट, केच तराई तथा भित्री मधेशको लागि सिफारिश गरिएका जातहरु हुन्।
Q 19. जौ कस्तो माटोमा उपयुक्त हुन्छ ?

गहुँ खेती हुने हल्का दोमट माटोमा जौ खेती राम्रो हुन्छ । साथै क्षारियपन तथा नुनिलोपन भएको माटो सहन सक्दछ र पि.एच मान ६.५ देखि ७ सम्म राम्रो मानिन्छ ।
Q 20. जौ कस्तो हावा पानीमा हुन्छ ?

हिउँदमा बढी ठण्डा हुने ठाउँमा यसको वृद्धि राम्रो हुन्छ ।
Q 21. जौमा पोषण तत्व के कति हुन्छ ?

कार्बोहाइड्रेटः ७४ प्रतिशत, चिल्लो पदार्थ : १.३ प्रतिशत, प्रोटिन : ११ प्रतिशत, चिस्यान : १२.५ प्रतिशत, अल्वुमिन्वाइड्स : ११.५ प्रतिशत तथा रेशा : ३.९ प्रतिशत ।
Q 22. जौको नल के कसरी प्रयोग गर्न सकिन्छ ?

छाना लगाउन तथा जनावरहरुलाई खुवाउन जौको नल प्रयोग गरिन्छ।
Q 23. जौको दानाको प्रयोग के कसरी गर्न सकिन्छ ?

उत्तरी उच्च भेगमाः रोटी, ढिडो, सातु तथा जाँड

तराई तथा मध्य पहाडमाः सातु, जाँड तथा रक्सी

साथै जौ बाट माल्ट बनाइ त्यसबाट बियर, व्हिस्की आदि पेय पदार्थहरु बनाइन्छ।

Share:

Related Post