नेपालमा उत्पादनको लागि राम्रो संभावना बोकेको छ आल्मोन्डले। कसैले यसलाई हाडे बदाम त कसैले भारतीय बदामका रुपमा पनि चिन्ने गर्दछन्।
उत्पादनको संभावना हुँदाहुँदै पनि ठूलो परिमाणमा आल्मोन्डको आयात हुने गरेको छ। आर्थिक वर्ष २०७४ को पहिलो सात महिनाको अवधिमा २२ करोड २० लाख रुपैयाँको आल्मोन्ड आयात भएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा विभिन्न देशबाट २ लाख ९४ हजार ८ सय केजी आल्मोन्ड नेपाल भित्रिएको छ। तथ्याङ्क अनुसार नेपालमा विषेशत भारत, युएई, अमेरिका र चीनबाट आल्मोन्ड आयात हुने गर्दछ।
नेपालमा आल्मोन्डको खेतीबारे स्टडी ग्रुपले २०७० सालमा प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गरेको थियो। विभिन्न जिल्लाको भू–बनावट र हावापानी अनुसार उच्च पहाडको १ हजार २ सय मिटरदेखि ३ हजार २ सय मिटरसम्म आल्मोन्ड खेती गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ।
तीन वर्षअगाडि कास्कीको ल्वाङ घले गाविसमा लगाएको आल्मोन्ड अहिले लटरम्म फलेको स्टडी ग्रुपका संयोजक कुशुम केशव पराजुलीले जानकारी दिए। नेपालको भौगोलिक बनावट र हावापानीलाई हेर्दा यो खेतीको सम्भावना प्रचूर मात्रामा देखिए पनि यस सम्बन्धी तालिमको अभाव, महँगो बिरुवा र सरकारी अनुदान समेत नभएका कारण यसको विस्तार नभएको संयोजक पराजुलीले बताए।
आल्मोन्ड खेतीसँगै माहुरी पालन र जैविक अन्तर बालीको खेति गर्न सकिन्छ। आल्मोन्ड खेति गर्दा कृषकको खेर गइरहेको अनुत्पादक जग्गाबाटै लाभ प्राप्त गर्नेछन्। नेपालमा बाहिरबाट आयात हुने मात्रै होइन, विदेशमा समेत यसको माग अत्याधिक छ। त्यसैले यसलाई सजिलै विदेशमा निर्यात गर्न सकिने पराजुली बताउँछन्।
आल्मोन्ड खेती गर्दा अप्रत्यक्ष रुपमा भूक्षयीकरण, बाढी–पहिरो समेतको रोकथाम हुने बताइएको छ।
आलमोन्डमा भिटामिन ई, प्रोटिन, क्याल्सियम, आइरन, फस्फोरस लगायतका तत्वहरु पाइन्छ। सौन्दर्य तेल, क्यान्सर विरुद्वको औषधि तथा आँखाको सुरक्षाका लागि यसको प्रयोग हुने ‘आलमोन्ड स्टडी ग्रप’ का संयोजक पराजुलीले बताए।
यदी आल्मोन्डको खेति विस्तार गर्न सक्ने हो भने आयात निरुत्साहित हुने र निर्यातको पनि राम्रो सम्भावना भएकाले देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने उनको भनाई छ।
हेरौँ भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो सात महिनामा नेपालमा कहाँबाट कति आल्मोन्ड आयात भयो?
देश |
परिमाण (केजी) |
भारत |
२,८९३ |
अमेरिका |
२,६२,८८३ |
चीन |
९,०७२ |
युएई |
१९,९५३ |
Source : Setopati
बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981