WELCOME TO AGROMART NEPAL !

कृषि यान्त्रीकरण प्रबिधी

Q 1. कृषि यान्त्रीकरण भनेको के हो?

कृषि कार्यलाई छिटो, छरितो, सहज एवंम् गुणस्तरिय रुपमा सम्पन्न गर्न मेसिन औजारको प्रयोग गर्नु र गराउनु नै कृषि यान्त्रीकरण हो ।
Q 2. कस्तो कस्तो कृषि कार्यमा मेसिन औजारको प्रयोग गर्न सकिन्छ?

धेरै श्रम र समय लाग्ने कार्यको साथै स-साना कार्यहरुमा पनि कृषि औजारको प्रयोग गर्न सकिन्छ ।
Q 3. कृषि औजार प्रयोग गरिने कार्यहरु के के हुन?

मुख्य मुख्य कृषि कार्यहरु जस्तै :- जग्गा तयारी, बिउ रोप्ने, झारपात नियन्त्रण तथा गोडमेल गर्ने, बाली काट्ने, चुट्ने, ढुवानी गर्ने, कुटानी पिसानी तथा तेल पेल्ने, मकै छोडाउने, पशु आहारको लागी घांस र परालको टुक्रा टुक्रा काट्ने (कुटी काट्ने), दुध दुहने, सिंचाई पानी तान्ने, बालीमा रोग किरा नियन्त्रण गर्न बिषादी छर्ने जस्ता कार्यहरुमा कृषि औजारको प्रयोग गर्न सकिन्छ ।
Q 4. कृषि औजार तथा मेसिन सम्बन्धी जानकारी कहांबाट पाउन सकिन्छ?

देहायका निकायहरुबाट जानकारी प्राप्त गर्न सकिन्छ,

क. कृषि इन्जिनियरिङ्ग निर्देशनालय, हरिहरभवन, ललितपुर ।

ख. क्षेत्रीय कृषि निर्देशनालयहरु, ५ वटै बिकास क्षेत्रहरुमा ।

ग. जिल्ला कृषि बिकास कार्यालयहरु, ७५ वटै जिल्लाहरुमा ।

घ. कृषि इन्जिनियरिङ्ग महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार ।

ङ. मातहतका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र।

च. कृषि औजार अनुसन्धान केन्द्र, रानीघाट, बिरगन्ज साथै

छ. कृषि औजार सम्बन्धी काम गर्ने बिभिन्न गैरसरकारी संस्था, उत्पादक र ब्यवसायीहरु ।
Q 5. कृषि औजार सम्बन्धी काम गर्ने गैरसरकारी संस्था, वारे जानकारी कहांबाट प्राप्त गर्ने?

कृषि औजार सम्बन्धी काम गर्ने गैर सरकारी संस्था वारे कृषि इन्जिनियरिङ्ग र्निेशनालय, हरिहरभवन, ललितपुरबाट जानकारी प्राप्त गर्न सकिन्छ ।
Q 6. कृषि औजार सम्बन्धी काम गर्ने उत्पादक र ब्यवसायीहरु वारे जानकारी कहाँबाट प्राप्त गर्ने?

कृषि औजार सम्बन्धी काम गर्ने उत्पादक र ब्यवसायीहरु वारे जानकारी, कृषि औजार ब्यवसायी महासंघबाट प्राप्त गर्न सकिन्छ ।
Q 7. कृषि औजार तथा मेसिन उपलब्ध गर्न नेपाल सरकारबाट के कस्तो सुबिधा पाइन्छ?

कृषि औजार तथा मेसिनको प्रबर्धन एवं प्रगोग बढाउन नेपाल सरकारले बिभिन्न किसिमका अनुदानका कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।
Q 8. हाम्रो देशमा कृषि औजार प्रयोग प्रबर्धन गर्न कुनै नीति छ?

नेपाल सरकारले कृषि औजारको प्रयोग, निर्माण तथा बितरण सम्बन्धी नीति २०७२ पारित गरि लागु गरि सकेको छ ।

 

tractor plowing the fields

Q 9. कृषि औजार प्रयोग प्रबर्धन गर्न कस्तो कार्यक्रम संचालनमा रहेको छ?

नेपाल सरकारले कृषि औजारको प्रयोग तथा प्रबर्धन गर्न तालिम, प्रदर्शनी तथा कृषि औजार ब्यापार मेलाको आयोजना जस्ता कार्यक्रमहरु संचालन गर्ने गरिएको छ ।
Q 10. कृषि औजार संचालन वारे तालिम कहाँबाट प्राप्त गर्ने?

कृषि इन्जिनियरिङ्ग र्निेशनालय, हरिहरभवन, ललितपुर र नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार अन्तर्गत कृषि इन्जिनियरिंग महाशाखाले समय समयमा कृषि औजार संचालन वारे तालिमको आयोजना गर्ने गर्छ सो वारे थप जानकारीको लागी ती निकायहरुमा सिधै वा आ आफनो जिल्लाको जिल्ला कृषि बिकास कार्यालयमा सम्पर्क गर्ने ।
Q 11. कम खर्चमा छिटो जग्गाको तैयारी कसरी गर्ने?

ट्रेक्टर वा पावर टिलरबाट संचालन गर्न सकिने आधुनिक कृषि उपकरण जस्तै कल्टीभेटर, हैरो, डिस्क प्लाव, मोल्डबोर्ड प्लाव आदीको प्रयोगबाट कम खर्चमा छिटो जग्गाको तैयारी गर्न सकिन्छ ।
Q 12. कति गहीराईसम्म जग्गा जोताई गर्नु उपयुत्तक्त हुन्छ?

सामान्यतया ५ देखि ७ सेन्टीमिटर अथवा २ देखि ३ इन्चसम्मको गहीराई हुने गरि जग्गाको जोताई गर्ने पर्छ तर लगाउने बाली अनुसार सो गहीराई बढाउनु पर्ने पनि हुन सक्छ ।
Q 13. पहाडको गह्रा कन्लामा चार चक्के ट्रेक्टरको प्रयोग गर्न सकिदैन, त्यसको बिकल्पमा के होला?

पहाडी क्षेत्रको गह्र कान्लाको लागी दुई पांग्रे पावर टिलरको प्रयोग उपयुक्त हुन्छ |
Q 14. धान बाहेक अरु बालीहरु जस्तै गहुं, मकै, आलु, उखु रोप्ने मेसिनहरु पनि पाइन्छ?

ट्रेक्टर अथवा पावर टिलरबाट चलाउन सकिने उल्लेखित सबै बालीहरु रोप्ने मेसिनहरु बिकसित भई सकेका छन् । हाल श्रोत संरक्षण प्रबिधी अन्तर्गत जग्गा तैयारी संग संगै गहुं रोप्ने प्रबिधी प्रयोगको ब्यापक्ता बढदै गई रहेको छ ।
Q 15. श्रोत संरक्षण प्रबिधी भनेको के हो?

गहुं अथवा मकै जस्तो बाली रोप्न जग्गाको पूर्ब तैयारी गर्नु पर्दैन । ट्रेक्टर अथवा पावर टिलरले चलाउने जग्गाको तयारी, लाईनमा बिउ रोप्ने, मल छर्ने तथा पाटा लगाउने आदी सम्पूर्ण कार्य एउटै मेसिनबाट एकै पटक सम्पन्न गरिने प्रबिधी हो । यो प्रबिधी अपनाउदा जग्गाको पूर्ब तयारी गर्न लाग्ने खर्चको बचत भई एकनासले बिउ रोपिने, छरिएको मलको पूर्ण उपयोग हुने साथै सिंचाई पानी पनि खेर नजाने भएकोले नै यसलाई श्रोत संरक्षण प्रबिधी भनिएको हो ।
Q 16. श्रोत संरक्षण प्रविधिवाट के के फाइदा हुन्छ?

नामले नै श्रोत्त संरक्षण प्रविधि भनिएको हुनाले खेतिको लागी आवश्यक सिमित एवम महंगा श्रोतहरु जस्तै पूँजि, समय, सिचाँइ, पानी, श्रम आदी सवैको खपत कम हुने र उत्पादन अझ बढ्ने हुँदा यसलाई श्रोत्त संरक्षण प्रविधि भनिएको हो ।


Q 17. श्रोत्त संरक्षण प्रविधि अन्तरगत जग्गाको पूर्व तयारी विना नै एकै पटकमा जोताइ गर्ने, वीउ छर्ने र पाटा लगाउने हुदा पछि आउने झारपात कसरी नियन्त्रण गर्ने?

वीउ छर्नु भन्दा पहिले जग्गामा झारपात नियन्त्रण गर्ने रसायन जस्तै २-४ डी छर्के पछि झारपात आउँदैन।
Q 18. धानवालीमा झारपात नियन्त्रण एवं गोडमेल गर्ने औजार पाउँछ कि पाउँदैन?

धान अथवा मकै वा त्यस्तै अन्य बालीहरुमा मेसिन औजारवाट झारपात नियन्त्रण एवं गोडमेल गर्न वीडर (Weeder) र इन्टरकल्चर (Interculture) उपकरणको प्रयोग गर्न सकिन्छ । यी उपकरणहरु हातले चलाउने, गोरुले चलाउने वा पावर टिलरले चलाउने हुन्छन् । तर मेसिन औजारवाट गोडमेल गर्न वाली बरावर दुरीको लाइनमा रोपेको हुनुपर्छ ।
Q 19. वालीमा रोग किरा नियन्त्रण गर्न के के औजारहरु पाइन्छ?

रोग किराको प्रकार एवं गाम्भीर्यता हेरी विभिन्न विषादीहरु प्रयोग गर्नु पर्ने हुन्छ । विषादी पाउडर छ भने डस्टर (Duster) र झोल छ भन्ने स्प्रेयर Sprayer) को सहायताले छर्नु पर्छ । यी उपकरणहरु वालीको क्षेत्रफल सानो अर्थात १–२ विगहा (१०-३० रोपनी) साम्म भए हातले चलाउने पाउँछ तर ठुलो क्षेत्रफलको लागी इन्जनले संचालन हुने पावर डस्टर वा पावर स्प्रेयरको प्रयोग गर्नु पर्ने हुन्छ ।
Q 20. स्प्रेयर तथा डस्टरहरु कहाँ पाइन्छ?

स्प्रेयर तथा डस्टरहरु लगायत विभिन्न सा-साना कृषि उपकणरहरु शहर बजारको एग्रोभेट (Agrovet) पसलहरुमा सहजै खरिद गर्न पाइन्छ ।
Q 21. धाट काट्ने मेसिन नेपालमा आएको छ कि छैन?

धान काट्ने ट्रेक्टर अथवा पावर टिलरले संचालन हुने मेसिन रिपर (Reaper) नेपालमा उपलब्द छ तर त्यसको प्रयोगमा व्यापकता आउन सकेको छैन ।
Q 22. कम्वाइन हार्बेष्टर के हो?

हाल नेपालको मध्य तराई क्षेत्रमा विशेष गरी गहूँ वालीको लागी कम्बाइन हार्बेष्टर (Combine harvester) को प्रयोग बढ्दै गएको छ । यसले गहूँ काट्ने, चुट्ने र वोरामा प्याकिङ्ग गर्ने कार्य संग संगै एकै पटकमा गर्छ । यो ट्रेक्टर र पावर टिलरले संचालन हुने ठूलो तथा सानो आकार र क्षमतामा उपलब्ध छ । यसको प्रयोग वाट समय, श्रम र लागतमा निकै कमी आएको छ ।
Q 23. पहाडी क्षेत्रको लागी पनि यस्तो कम्वाइन उपलब्ध छ?

पावर टिलर अथवा मिनि टिलरले संचालन हुने सानो आकार एवं सानो क्षमताको कम्वाइन हारबेस्टर वजारमा उपलब्द छन् ।
Q 24. मकैको दाना छोडाउने मेसिन कहाँ पाइन्छ?

मकैको दाना छोडाउन हातले र इन्जीनले चलाउने दुई प्रकारको मेसिन एग्रोभेट (Agrovet) पसलहरुमा उपलब्ध छन् ।
Q 25. एउटै मेसिनले धान र गहूँ चुटन मिल्छ कि मिल्दैन?

आजकाल धान र गहूँ चुटन एउटै मेसिनको विकास भई प्रयोगमा आई सकेको छ । त्यसमा धान र गहूँको लागी गति (Speed) मिलाउन पर्ने हुन्छ ।
Q 26. गहूँमा सिचाई गर्ने राम्रो तरिका के हो?

गहूँमा सिचाई गर्ने उत्तम तरिका वोर्डर सिचाई तरिका (Border Irrigation) भए तापनि स्प्रीङ्गकल (फोहरा) तरिका पनि राम्रो मानिन्छ ।
Q 27. थोपा सिचाई प्रविधि कुन कुन वालिको लागी राम्रो हुन्छ?

थोपा सिचाई प्रविधि प्रायः फल फूल जस्तै केरा, आँप, लिचि, अनार, स्याउ एवं तरकारी वाली जस्तै खुर्सानी, भान्टा, रयो, टमाटर, करेला आदी वरावर दुरीमा र लाइनमा रोपिएका बालीहरुको लागी उत्तम प्रविधि हो ।
Q 28. प्लास्टीकको घरमा तरकारी खेती गर्दा कतिको फाइदा हुन्छ?

प्लास्टीकको घरमा प्राय बेमौसमी तरकारी खेती गरिन्छ । त्यस समयमा बजारमा बेमौसमी तरकारीको मुल्य उच्च रहने हुनाले फाइदा अत्यधिक पाउन सकिन्छ ।
Q 29. मसगँ ५ विगाहा जग्गा छ, त्यसमा धान, गहुँ र तरकारी खेती गर्छु । मैले कति हर्ष पावरको ट्रेक्टर किन्दा उपयुक्त होला?

कृषि कार्य जस्तै जग्गा तयारी, अन्न ढुवानि, कम्वाइन हार्बेष्टर संचालन गर्नको लागी २५-३५ हर्ष पावरको ट्रेक्टर उपयुक्त हुन्छ । अझ त्यसवाट बढी फाइदा लिन आफनो काम नभएको समयमा भाडामा चलाउनु पर्छ ।
Q 30. कुन व्राण्ड वा कम्पनीको ट्रेक्टर राम्रो हो?

बजारमा पाइने विभिन्न कम्पनीको ट्रेक्टर वारेमा अध्ययन गर्ने र जुन कम्पनीले ट्रेक्टर खरिद पश्चात मर्मत सम्भार सेवा एवं वारेनटी लामो समय सम्म दिन्छ, अतिरिक्त पार्टपुर्जा (Spare Parts) सजिलै एवं सहज पाइने तथा तेल (डिजेल) खपत कम हुने ब्राण्ड एवं कम्पनीको ट्रेक्टर खरिद गर्नु पर्छ ।
Q 31. पावर टिलर खरिद गर्दा के के कुरामा विचार पुर्याउनु पर्छ?

ट्रेक्टरको जस्तै पावर टिलर खरिद गर्दा कम्पनीले खरिद पश्चातको सेवा, पार्टस पुर्जाहरु सजिलै उपलब्द हुने नहुने कम मूल्य पर्ने तेलको खपत कम हुने किसिमको पावर टिलर छान्नु पर्छ ।
Q 32. सिचाईको लागी वोरिङ्ग जडान गर्न कहाँ सम्पर्क गर्ने?

सिचाइ मन्त्रालय अन्तरगत आफुलाई पायक पर्ने भुमिगत जल श्रोत सिचाई आयोजना वा कृषि विकास मन्त्रालय अन्तरगत कृषि विकास योजना जनकपुर नकटाझिजमा सम्पर्क गर्न सकिन्छ ।
Q 33. कृषि कार्यको लागी हावाले चिसो हुने (Air cooled) अथवा पानीले चिसो हुने (Water cooled) कुन इन्जन राम्रो हुन्छ?

कृषि कार्य प्राय धुलो माटोमा हुने भएकाले पानीले चिसो हुने (Water cooled) इन्जन प्रयोग गर्नु राम्रो हुन्छ ।
Q 34. सिंचाईको लागी पम्पीङ्ग सेट खरीद गर्दा के के कुरामा विचार पुर्याउनु पर्छ?

पम्पीङ्ग सेटको क्षमता (प्रति मिनेट कति लिटर पानि फाल्छ) चाहिने पानी पुग्छ कि पुग्दैन, इन्जीन पानीले चिसो हुने कि नहुने, पानी तान्ने गहिराईमा काम गर्छ कि गदैन र तेल कम खपत वारे विचार पुर्याउनु पर्छ ।
Q 35. ट्रेक्टर अथवा पावर टिलर सूरुमा स्टार्ट गर्नु भन्दा पहिले के के हेर्नु पर्छ?

टंकीमा तेल, रेडिएटरमा पानी, आयल गेजवाट मविल र सो को अवस्था, टायरमा हावा तथा वत्तीहरु हेर्नु पर्छ ।
Q 36. लेजर लेभेलर के हो?

ट्रेक्टरवाट संचालन हुने जमिनको सतहलाई के कतिको स्लोप (Slope) मा मिलाउने हो सो Slope अथवा Level मिलाउने मेसिन हो ।
Q 37. Slope वा Level मिलाउन किन आवश्यक पर्छ?

खेतमा सिंचाई पानी एकनासले सवै ठाउँमा पुर्याउन जमिनको सतह ठिक सगँ आवश्यक Level मा मिलाउनु पर्छ । जसले गर्दा सिंचाई पानी खेर जादैन र प्रत्येक विरुवाले चाहीने मात्रामा पानी पाउँछ ।

Q 38. पावर टिलरवाट के के काम गर्न सकिन्छ?

खेत जोताई गर्न, वीउ रोप्न र छर्न, थ्रेसर मेसिन चलाउन, सिंचाई पम्प चलाउन, शेलर मिल चलाउन, वत्तीको जेनेरेटर चलाउन तथा ढुवानी गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ ।
Q 39. आरन भनेको के हो?

परम्परागत देखि नै गाउँ घरमा सा-साना कृषि औजार बनाउने, मर्मत सम्भार गर्न, फलाम तताउन, पिटन, काट्ने र चाहे अनुसार औजार बनाउने एउटा सानो वर्कशप हो । यहाँ गोरुले तान्ने हलो, हसिँया, खुर्पा कोदालो बनाउनुको साथै सामान्य मर्मत समेत गरिन्छ ।
Q 40. सा-साना कृषि औजारहरु आरनमा बनाउन तथा मर्मत गर्न सिक्ने तालीम कहाँ वाट पाइन्छ?

कृषि विकास मन्त्रालय अन्तरगत हरिहरभवन ललितपुरमा रहोको कृषि इन्जिनियरिङ्ग निर्देशनालयवाट समय समयमा आरन संचालन सम्वन्धी तालीमको आयोजन गदै आइरको हुदाँ त्यहाँ नै सम्पर्क गर्नु पर्छ ।
Q 41. कृषि कार्यको लागी वैकल्पीक उर्जाहरु के के छन्?

कृषि कार्यमा प्रयोग हुन वैकल्पीक उर्जाहरुमा (क) सौर्य उर्जा (ख) वायु उर्जा (ग) वायोग्यास नै प्रमुख वैकल्पीक उर्जाहरु हुन ।
Q 42. सौर्य उर्जा के कस्ता कृषि कार्यमा प्रयोग गर्न मिल्छ?

नेपालमा प्राय बर्षै भरि निःशुल्क रुपमा उपलब्ध हुने सौर्य उर्जा हुन, कृषिमा यसको उन्नत प्रयोगमा व्यपकता आउन सकेको छैन । तर पनि अन्न तथा गेडागुडीहरु सुकाउन करिब शतप्रतिशत नै नेपालमा सौर्य उर्जाको प्रयोग गरिन्छ । किराहरु नियन्त्रण गर्नको लागी, खेतमा वत्ती वाल्न, विजुलिमा रुपान्तर गरि सिंचाई मोटर चलाउने जस्ता कार्यमा यसको प्रयोगमा व्यापकता ल्याउन सकिन्छ ।
Q 43. सिंचाईको लागी टयूववेलमा पानी धरै तल भएको अवश्थामा कस्तो पम्प हाल्नु पर्छ?

सिंचाईको लागी पम्पको छनोट पानी तान्ने गहिराईमा मुख्य रुपले भर पर्छ । धेरै तल अर्थात २५ फिट भन्दा तलको पानीको लागी समरसिवल पम्प छान्नु पर्छ ।

Share:

Related Post