Welcome to Agromart

स्याउ (Apple)

500.00

Price : Rs 500 , 1500

परिचय तथा स्याउ खेतिको महत्व :   स्याउ एक महत्वपूर्ण फलफुल हो । स्याउको पौस्टिक महत्व, आर्थीक महत्व, तथा वातावरणिय महत्व रहेको छ ।
मुख्य सिफारिस जातहरु :  बढी चिसो आवश्यक पर्ने जातहरु (२०००-३००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेण्टस, जोनाथन, फुजी आदी । मध्यम चिसो आवस्यक पर्ने जातहरु (१५००-२००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै कृस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन आदी । कम चिसो आवश्यक पर्ने जातहरु (१२००-१५०० मिटर सम्म उपयुक्त) जस्तै अन्ना भोरिड, ट्रपिकल ब्युटी आदी ।
 
सुहाँउदो हावापानी :   तापक्रम र चिस्यान: १०००-१५०० घन्टा सम्म ७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम । जहाँ असिना र फुल फुल्ने तुसारो नपर्ने र वार्षिक वर्षा: २००-२५० मिलिमिटर उपयुक्त हुन्छ । सुहाउँदो माटो :   स्याउ खेतिका लागी मलिलो, पानीको राम्रो निकास भएको र माटोमा हावाको सन्चार राम्रो भएको दोमट वा बलौटे माटो पि एच मान ५.५- ६.५ उपयुक्त हुन्छ । स्याउको बिरुवा प्रसारण :   स्याउको बेर्ना उत्पादन गर्नका लागी बेन्च ग्राफ्टिङ, ईन्सितु ग्राफ्टिङ विधी अपनाउने गरिन्छ । स्याउको बेर्ना उत्पादनका लागी अपनाईएको सबैभन्दा प्रचलित र सफल विधी टङ ग्राफ्टिङ हो । तयार भएको विउ विरुवामा टङ ग्राफ्टिङ विधिद्वारा माघ फागुन महिनामा कलमी गर्ने प्रचलन छ । स्याउ बगैँचा स्थापना : जग्गाको छनौट :   स्याउ खेतिका लागि सकेसम्म दक्षिण मोहडा भएको पारिलो जग्गा उपयुक्त मानिन्छ । जग्गाको तयारी र बगैचाको रेखांकन :   बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान आदि भएमा हटाउनु पर्दछ । बिरुवा रोप्ने दुरि :   स्याउको बिरुवा सामान्यतया ६ मिटरको दुरिमा रोप्ने गरिन्छ । खाडल खन्ने र पुर्ने :   स्याउको बिरुवा रोप्नको लागि बिरुवा रोप्नुभन्दा एक दुई महिना अगाडि अर्थात् अश्विन कार्तिक महिनामा खाडल खन्नु पर्दछ । १ वर्ग मिटरको खाडल खन्नु पर्छ । खाडल खन्ने र पुर्ने कार्य तल चित्रमा देखाए बमोजिम गर्नु पर्दछ । बिरुवा रोप्ने समय र तरिका :   बगैचामा विरुवा रोप्न पौष महिनाको सुरुदेखी माघ महिनाको अन्त्यसम्मको समय सबैभन्दा उपयुुक्त मानिन्छ । कलमी बिरुवाको उमेर करिब दुई बर्ष र उचाई २-२.५ फिट सम्मको उपयुक्त हुन्छ । एकीकृत बगैंचा ब्यबस्थापन :   बगैँचा ब्यबस्थापनमा देहायका विषयहरुमा ध्यान पुर्याउन जरुरी छ। एकीकृत सिंचाइ ब्यबस्थापन :   स्याउको बिरुवामा विशेष गरि पालुवा आउने, फुल फुल्ने तथा फल लाग्ने समयमा बोट बिरुवालाई सिंचाइको आवश्यकता पर्दछ । बगैचामा एकीकृत माटो ब्यबस्थापन : स्याउ बगैंचामा माटोको ब्यबस्थापनका लागि विभिन्न तरिकाहरु, जस्तै घाँस रहित बगैंचा, घाँससहित बगैंचा, हरियो मल, अन्तरवाली, मल्चिङ आदि प्रयोग गर्ने गरिन्छ ।  

एकीकृत मलखाद ब्यब्स्थापन :

– बोटको उमेर १-४ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०-४० केजि/ बोट ), (नाइट्रोजन १००-२०० ग्राम/बोट ), (फस्फोरस ५०-१०० ग्राम/बोट ) र  (पोटास २०-४० ग्राम/बोट )

– बोटको उमेर ५-९ बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल ४०-९० केजि/ बोट ), (नाइट्रोजन २००-४०० ग्राम/बोट ), (फस्फोरस १००-२००  ग्राम/बोट ) र (पोटास ४०-८० ग्राम/बोट ) – बोटको उमेर १० र सो भन्दा बढि बर्ष हुदा ( गोबर वा कम्पोस्ट मल १०० केजि/ बोट ), (नाइट्रोजन ४०० ग्राम/बोट ), (फस्फोरस २००  ग्राम/बोट ) र (पोटास ८० ग्राम/बोट )

बोटको तालिम तथा काँटछाँट :   स्याउको बोटलाई केन्द्रीय नेता प्रणाली, सुधारिएको केन्द्रीय नेता प्रणाली र खुल्ला केन्द्र प्रणाली मार्फत्  तालिम दिन सकिन्छ तर ब्यबहारिक रुपमा नेपालमा हाल दुई प्रकारले तालिम गर्ने गर्व्को पाईन्छ । फल छाँट्ने :   स्याउ बोटमा फुलबाट चिचिला लागेको ७-१० दिन पछाडि एन.ए.ए. १० देखि १५ पि.पि.एम. छरेमा फल छाँट्ने काममा प्रभावकारी भएको पाईएको छ । एकिकृत रोग तथा किराको ब्यबस्थापन: मुख्य किराहरु र तीनको ब्यबस्थापन सेतो भुवादार लाही किरा ब्यबस्थापन : – बेर्ना उत्पादना गर्दा Maling Metrron (MM) series वा Malus prunifolia जातका किरा अवरोधक रुटस्टक हरु प्रयोग गर्नुपर्दछ । – यस किराको प्राकृतिक शत्रु Aphinus mali नामक पर जिवी छाडी दिँदा लाही किरालाई खाई दिन्छ । – रोगर वा मालाथियन जस्ता विषादी १ देखी १.५ मिली प्रती लिटर पानीमा मिसाइ सबै ठाँउमा पर्ने गरी फल्गुण- चैत्र महिना तिर १५-१५ दिनको फरकमा २-३ पटक छर्कदा यस किराको नियन्त्रण हुन्छ । स्याउमा लाग्ने कत्ले किरा : रोकथाम /ब्यबस्थापन  – किरा लागेका र सुकेका हाँगाहरु हटाउनु पर्दछ र किराको प्रकोप भएका ठाउँका बिरुवाहरु अन्यत्र नयाँ ठाउँमा नलैजाने । – यश किराको ब्यब्स्थापन गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै ATSO Machine Oil, Mineral Oils वा Servo Oil १५ देखि २० मि.लि. प्रती लिटर पानीमा वा किनावर गोल्ड खनिज तेल २० देखि ३० मि.लि. प्रती लिटर पानीमा मिसाएर बोटको सबै भागमा भिज्ने गरेर पौष-माघ महिना तिर १५-१५ दिनको फरकमा २ पटक छर्नु पर्दछ । मुख्य रोगहरु र ब्यब्स्थापन क. सेतो धुले ढुसी रोग : ब्यब्स्थापन – हिउँदमा काटछाँट गरेका हाँगा र झरेका पातहरु संकलन गरि डढाउनु पर्दछ र नर्सरिका बिरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने गर्नु पर्दछ । – फुलफुलेपछी रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २-३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ । ख. बोका खुईलिने रोग : ब्यब्स्थापन – रोगले बढी असर पारेका हाँगाहरु काटेर हटाई जलाउनु  पर्दछ र रोग लागेको ठाउँमा चक्कुले हल्का सँग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ । – बगैंचामा काटछाँट गरेपछी १ प्रतिशत बोर्डोमिश्रण छर्नुपर्दछ । उत्पादन: राम्रो व्यवस्थापन गरेमा एक बोटबाट ३० देखि ९० के.जि. सम्म फल उत्पादन लिन सकिन्छ ।

पोष्ट-हार्भेष्ट ब्यब्स्थापन :   बजारमुखी उत्पादनका लागि पोष्ट-हार्भेष्ट ब्यब्स्थापन बढी महत्वपुर्ण हुन्छ । पोष्ट-हार्भेष्ट क्षतिका विभिन्न कारक तत्वहरुलाई मध्यनजर गरेर स्याउ टिपेदेखी बजार पुर्याउन्जेलका क्रियाकलापहरु जस्तै फल टिप्ने, चिसो पार्ने, सफा गर्ने, छाँट्ने, ग्रेडिङ गर्ने, प्याकिङ गर्ने , ओसारपसार गर्ने , ढुवानी गर्ने र भणडारण गर्ने कार्यहरू सावधानिक पुर्वक गर्नु पर्दछ । ग्रेडिङ : फलफुललाई साईज, आकार, रङ्ग र तौलका आधारमा छुट्याएर राख्नु वा वर्गिकरण गर्नुलाई नै ग्रेडिङ भन्निछ । फलफूल बिकास निर्देशनालय, किर्तिपुर, काठमान्डौले स्याउको लागि गरेको साईज वर्गीकरण मापदन्ड निम्नानुसार उल्लेख गरिएको छ :- ग्रेड                   फलको नाप ब्यास (मि.मि.) ‘ए’ ग्रेड               ७५ वा सो भन्दा बढी ‘बि’ ग्रेड              ६५-७४ ‘सि’ ग्रेड              ६०-६४ ‘डि’ ग्रेड               ५९ भन्दा सानो

लागत लाभ विश्लेषण :   फल्ने अबस्थाका स्याउका बोटहरुको पाँच देखि दस बर्ष सम्मको साधारणतया प्रती रोपनी खर्च, उत्पादन र आम्दानीको गणना गरे अनुसार पाँछ देखि दस बर्षसम्म प्रती रोपनी १५ बोट लगाईएका स्याउ बगैचाबाट खुद नाफा क्रमश: रु.५३५६, रु. ९६६७, रु. १७००४, रु. २७९७८, रु. ३९८७४ र रु. ५४७०२ हुन सक्ने देखिन्छ ।

स्याउ बगैंचा ब्यबस्थापनको मासिक कार्य विवरण

श्रावण :

– स्याउमा लाग्ने गुलावी रोगको ब्यबस्थापन गर्न १% को बोर्डो मिश्रण तयार गरि स्प्रे गर्ने र बोटको फेदमा बोर्डो पेष्ट/चौबटिया पेन्ट दल्ने र बोक्रा खुईलिने रोग बोट /हाँगामा देखियो भने तुरुन्त बोर्डो पेष्ट वा चौबटिया पेन्ट बनाई रोग लागेको भागमा लगाउने । – धुले ढुसी/खराने रोग देखा परेमा केराथेन १-२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।

भाद्र : – बगैचा सरसफाइ गर्ने, स्याउको गुलाबी रोगको रोकथामको लागि बोटको फेदमा बोर्डो पेन्ट / चौबटिया पेन्ट दल्ने । – स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १% को बोर्डो मिश्रण वा ब्लाईटक्स – ५० बिषादी २-३ ग्राम प्रती लिटर  पानीमा मिसाएर स्प्रे गर्ने ।

आश्विन : – स्याउको फेद कुहिने रोगबाट ग्रसित भागलाई सफा चक्कुले हटाई बोर्डो पेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १% को बोर्डो मिश्रण तयार गरि फेद नजिक माटो भित्र पस्ने गरि खन्याउने ।

– रोग ग्रस्थ स्याउको हाँगा, पात, बोक्रा आदी बटुलेर जलाई दिने ।

कार्तिक :  – बगैचा सरसफाई गर्ने र हल्का खानजोत गर्ने । – बोट बिरुवालाई मल्चिङ गर्ने र नयाँ बगैंचा स्थापनाको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने । मंसिर: – झरेका पातहरुलाई बटुली जलाईदिने वा मल बनाउन खाडल मा हाल्ने । – माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने र कम्पोष्ट तथा रासायानिक मलको ब्यब्स्था मिलाउने । – नयाँ बगैंचा स्थापनको लागी रेखाङ्कन गर्ने, खाडल खन्ने र पुर्ने । पौष : – नयाँ बगैंचा स्थापनाको लागी खाडल पुर्ने र बिरुवा रोप्न शुरु गर्ने । – पुरानो बिरुवा मरेको ठाउँमा नयाँ बिरुवा लगाउने र बोट बिरुवको काटछाँट शुरु गर्ने । – काटछाँट गर्ने समयमै बोर्डो पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने र बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलका साथै सिफारिस गरिएका रासायानिक मलको २/३ भाग प्र योग गरी हल्का सिंचाई गर्ने । माघ : – पौष महिनामा गर्नु पर्ने अन्य कृयाकलापहरु नगरेको भए यस महिनामा पुरा गर्ने । – स्याउको कत्ले किरा नियन्त्रण गर्न Servo Oil वा ATSO Oil २० एम एल र मेटासिस्टक्स १ एम एल प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने । फाल्गुण : – बगैंचामा सिंचाईको प्रबन्ध मिलाउने र सिंचाई गर्ने ।

चैत्र : – बोट बिरुवामा आएका सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने । – बगैंचामा सिंचाईको ब्यब्स्था मिलाउने र सिन्चाईको ब्यब्स्था हुन नसक्ने ठाउँमा मल्चिङ गर्ने । – नयाँ पालुवा आउन साथ पाल बनाउने किरा रोकथाम गर्ने थायोडान झोल विषादी १ एम.एल. प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

बैशाख : – सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने । – बगैंचा सरसफाई गर्ने र स्याउको पहिलो बर्षको बिरुवालाई तालिम दिने ।

जेष्ठ : – रातो सुलसुले किरा नियन्त्रण गर्न मालाथियन १-२ एम.एल. प्रती लिटर पानी हाली छर्ने । – बोर्डो मिश्रणको घोल बनाएर प्रत्यक स्याउको बोटको फेदमा प्रती बोटको साईज हेरेर ५ देखी १५ लिटर मिश्रणले भिज्ने गरी हाल्ने ।

अषाढ : – बगैंचा सरसफाई गर्ने र कम्पोष्ट मलको लागी खाडल ख न्ने । – स्याउमा गुलाबी रोग रोकथाम गर्न १०% को बोर्डो पेष्ट/बोर्डो पेन्ट/चौबटिया पेन्ट मध्य एक प्रयोग गर्ने ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् : याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.) काठमाडौं : चप्पल कारखाना चोक , महाराजगन्ज 01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981 याग्रो मार्ट प्रा. लि.,पोखरा बसन्त नर्सरी प्रा लि (सहकार्यमा ) न्यू रोड , पोखरा फोन : 61-538626,9856026942,9802826942

Quantity
In stock
  • Share :

Write your review

* Required fields

or

You may also like