Welcome to Agromart

ओखर(Walnut)

500.00

Price : Rs 500

ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ , यस रुखको आयु सरदर २०० बर्ष हुन्छ ।ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ , प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाईन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ , यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ । खेती प्रबिधी : नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर  सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई 7-7 मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।   लगाउने विधि : -२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने । -हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ । -स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने । ओखरका फाईदाहरु : -क्यान्सर रोगा सँग लड्ने क्षमताको बिकास हुन्छ । -मुटु स्व स्था राख्दछ । -शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ । -तौल घटाउन मद्दत गर्छ । -मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।   बजार : बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-७०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ । ओखर बिरुवाको लागि सम्पर्क गर्नुहोस् : याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.) काठमाडौं : चप्पल कारखाना चोक , महाराजगन्ज 01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

Quantity
In stock
  • Share :

Write your review

* Required fields

or

You may also like