Tag: pig farming nepal

Q 1. बंगुरको हैजा (Swine Fever) को उपचार के हुन्छ ?

बंगुरको हैजा रोकथान गर्न वर्षमा २ पल्ट भ्याक्सिन लगाउनु पर्छ । जिल्ला पशु सेवा कार्यालयबाट भ्याक्सिन निःशुल्क उपलव्ध हुन्छ ।
Q 2. खोरेत रोगको उपचार रोकथाम के हुन्छ ?

खुट्टाको घाउं १ प्रतिशत फिनाइला वा डिटोलको झोलले सफा गर्ने, मुखमा १ प्रतिशत फिटगिरी वा पोटास पानीले सफा गर्ने ।
५ दिन सम्म एण्टिवायोटिक सुई लगाउने ।
रोकथाम गर्न वर्षमा दूई पल्ट खोरेत विरुद्ध खोप (Vaccine) लगाउनु पर्छ ।

Q 3. के बंगुरलाई खोरेत रोग पनि लाग्छ ? लक्षण के हुन्छ ?

लाग्दछ । बथान गोठ भरी फैलिन सक्छ । बंगुरमा खोरत रोग लागेमा मुख, जिब्रो, गिजा, खुरको वीचमा घाउं आउने र मुखबाट र्यासल बगाउने, खान नसक्ने हुन्छ ।
Q 4. भ्यागुते रोगको उपचार कसरी गर्न सकिन्छ ?
भ्यागुते रोग कडा रोग भएकोले लक्षण देखिना साथ एण्टिवायोटिक औषधी जस्तै पेनिसिलिन, स्ट्रेप्यटोइसिन, टेट्रासाईक्लिन को सुई ५ दिन सम्म दिनु पर्छ ।
Q 5. बंगुरलाई भ्यागुते रोग लाग्दा कस्तो लक्षण देखाउंछ ?

भ्यागुते रोग लाग्दा १०४-१०६ डि.फ. ज्वोरो आउंछ, श्वास-प्रश्वास छिटोछिटो हुन्छ, घाँटी र जिब्रो सुनिन्छ, दाना पानी खान सक्दैन र उपचार नपाए १-२ दिनमा मर्न सक्छ ।
Q 6. बंगुर विरामी भएमा कस्तो लक्षण देखाउंछ ?

विरामी बंगुरले कम खाने, झोक्राउने, हिडडुल नगर्ने, कान समाउदा ज्वोरो आएको तातो महशुस हुने र श्वास-प्रश्वासमा असजिलो भएकोबाट प्रष्टै थाहा हुन्छ ।
Q 7. होटलको बासी फालिएका खानेकुराहरु पनि दानाको रुपमा प्रयोग हुन सक्छ ?

होटल, छात्रवास, व्यारेक जस्ता ठाउंबाट निस्कने रहलपहल बासी खाद्यान्नहरुलाई राम्रोसंग उमालेर केही मिनरल भिटामिन थपेर दिन सकिन्छ ।
Q 8. बंगुरको आहारामा हरियो घांस पनि समावेश हुन सक्छ ?

सकिन्छ,  १५-२० प्रतिशत दानाको मागलाई हरियो नरम घांसपातहरु जस्तैः जै, बर्सिम, क्लोभर, लुर्सुन आदि मौसम अनुसारका हरियो सागसव्जी मिलाएर दिन सकिन्छ ।
Q 9. एउटा बयस्क पोथी बंगुरलाई कम्तिमा कति सन्तुलित दाना आवश्यक पर्छ ?

प्रजननको लागि पालिएको पोथी बंगुरलाई दैनिक २.५-३ के.जी. दाना आवश्यक पर्छ ।
Q 10. बंगुरको लागि आवश्यक सुन्तलित दाना फार्ममा नै तयार गर्न सकिन्छ ?

अवश्य सकिन्छ । दानाको लागि आवश्यक कच्चा पदार्थहरु मकैको च्याख्ला, गहुंको पिठो, चोकर, धानको ढुटो, भटमासको पिठो, माछाको सिद्रा, हाडको धूलो, नून, खनिजतत्व, भिटामिण सबै मात्रा अनुसार मिलाएर आफ्नो फार्ममा तयार गर्न सकिन्छ र लाभप्रद पनि हुन्छ ।
Q 11. कोरेली पोथी बंगुरलाई कुन उमेरबाट प्रजनन योग्य मानिन्छ ?

८-९ महिना उमेर पुगेको एवं ७०-८० के.जी. शारिरीक तौल भएकोलाई प्रजननयोग्य मानिन्छ ।
Q 12. प्रजननको लागि छानिने पोथी बंगुरमा कस्तो गुण हुनु पर्छ ?

निरोगी, वंशानुगत विकृति नभएको, कमसेकम ७ जोर नभएर ६ जोर थुन भएको र बढी पाठा / पाठी हुर्काउने माउको सन्तान हुनु पर्छ ।
Q 13. प्रजननको लागि भाले बंगुर कस्तो हुनु पर्छ ?

दुवै अण्डकोष पूर्ण विकसित भएको, बथानमा पोथीसंग हाडनाता नपर्ने र कम्तिमा १० स्वास्थ्य पाठा / पाठी जन्माउने माउको सन्तान हुनु पर्छ ।
Q 14. पाख्रिवास कालो बंगुर स्थानीय च्वाचे हुर्रा भन्दा के मा राम्रो छ ?

पाख्रिवास कालो जातको बंगुरले स्थानीय भन्दा बढी प्रति वेत पाठा/पाठी जन्माउने, शारिरीक तौल धेरै बढी हुने । छिटो बढ्ने र कृषकले राम्रो नाफा लिन सक्ने हुन्छ ।

Q 15. धराने कालो बंगुर भनेको कुन जातिको बंगुर हो ?

पाख्रिवास कालो बंगुरलाई नै धराने कालो बंगुर नामले चिनिएको छ ।
Q 16. बंगुरमा कृत्रिम गर्भाधान गर्दा व्याड खोजेको कुन समयमा गराउने ?

सफल कृत्रिम गर्भाधानको लागि व्याड खोजेको १८-२४ घण्टा भित्र दुई पल्ट कृत्रिम गर्भाधान गराउनु पर्छ ।
Q 17. के बंगुरमा कृत्रिम गर्भाधान गरिन्छ ?

हो,  बंगुरमा कृत्रिम गर्भाधान पशु विकास फार्म तथा केही व्यवसायिक फार्महरुमा गरिदै आएको छ ।


Q 18. वीर व्याड खोजेको माउलाई वीर लगाउने उत्तम समय कुन हो ?

ऋतुकालको लक्षण/व्याड खोजेको लक्षण देखाएमा १२-२४ घण्टा भित्र वीर लगाउनु पर्दछ ।
Q 19. बंगुरको माउ/भुनी, कोरेली पोथीले वीर व्याड खोजेको वा ऋतुकालमा आएको बेलाको लक्षण कस्तो हुन्छ ?

पोथी माउ चुलबुले हुने योनी रातो र सुन्निने, सेतो चिप्लो तरल पदार्थ (Mucous) योनीबाट बग्ने, वीरसंगै भए माथी चढ्न दिने तथा मानिसको हातले त्यस्ता पोथी बंगुरको ढाडमा विस्तारै थिचि दिदा शान्त भई टक्क अडिने गर्दछ ।
Q 20. बंगुरको माउलाई थुनेलो रोग (Mastitis) पनि लाग्छ ?

सुत्केरी माउलाई थुनेलो लाग्न सक्छ।थुनबाट दूध आइरहेको छैन भनि हेरचाह गर्ने मानिसले राम्रो विचार गरेर सबै थुनबाट दूध दुहुने र समस्या भए उपचार गराउनु पर्छ ।
Q 21. बंगुरलाई पिउने पानी कस्तो समयमा कति आवश्यक हुन्छ ?

पाठा/पाठी भएका माउ बंगुरलाई प्रशस्त पानी चाहिन्छ । अतः सफा स्वच्छ पानी सधै उपलव्ध गराई दिनु पर्छ ।
Q 22. दिनमा कति पल्ट दाना दिनु राम्रो हुन्छ ?

दिनमा कम्तीमा २ पल्ट, बिहान बेलुका मिलाएर दाना दिनु राम्रो हुन्छ ।
गर्मी ठाउंमा शीतल समय मिलाएर दाना दिनु पर्छ ।

Q 23. व्याएको माउ बंगुरलाई आहारा दाना के हिसाबले दिनु पर्छ ?

सुत्केरी माउ बंगुरलाई बच्चाहरुको संख्या विचार गरी ४-६ के.जी. उम खाले दाना दिनु पर्छ ।
Q 24. पाठा/पाठीलाई माउबाट कती हप्ता भएपछि छुट्टै राख्दा हुन्छ ?

करीव ६-७ हप्ताको पाठा/पाठीलाई माउबाट अलग राख्न सकिन्छ ।
Q 25. पाठा/पाठीलाई माउको दूध साथै दाना पदार्थ कहिलेबाट दिनु पर्छ ?

२ हप्ता पुगेको पाठा/पाठीलाई आमाको दूध साथै ठोस आहार दिनु पर्छ ।
पाठा/पाठीको लागि तयार गरेको क्रिप दाना दिएर दाना खाने बानी पार्नु पर्छ ।

Q 26. कुन उमेरको भाले पाठोलाई खसी पार्न राम्रो हुन्छ ?

पाठो जन्मेको २-३ हप्ता भित्र खसी पार्नु राम्रो हुन्छ ।
Q 27. के बंगुरको पाठा/पाठीको पुच्छर पनि काट्नु पर्छ ?

पाठा/पाठीमा पुच्छर टोक्ने खराब बानी नहोस भनि काट्न सकिन्छ  ।
जन्मेको दिनमा आधा जति टुप्पो तर्फ सफा कैची वा ब्लेडले काटेर टिन्चर आयोडिनमा डुबाउनु राम्रो हुन्छ । ठूला व्यवसायिक फार्ममा यो विधि अपनाईन्छ ।

Q 28. बंगुरको पाठा/पाठीहरुलाई पहिचानको लागि नम्बर कसरी लगाउन सकिन्छ ?

व्यवसायिक फार्महरुमा मुख्य तीन तरिकाबाट नम्बरिङ वा रेकर्डहरु राखिन्छ।
i. इएर नोचिङ्ग (Ear Notching): कान काटेर
ii. ट्याटोइङ्ग (Tattooing): छालामा नम्बर खोपेर
iii. ट्यांगिङ्ग (Tagging): कानमा नम्बर झुण्ड्याएर

Q 29. पाठा / पाठीलाई रक्त अल्पताको रोगबाट कसरी बचाउने ?

सामान्यतया बंगुरको पाठा/पाठी जन्मेको तेश्रो वा चौथो दिनमा आइरन सुई लगाउनु राम्रो हुन्छ ।
हेमोफर सुई (100 -200 M. Iron) १-२ मि.लि. प्रत्येक बच्चाहरुलाई मासुमा सुई दिनु पर्छ ।

Q 30. बंगुरको पाठा / पाठीको दांत काट्नु पर्छ भनिन्छ के हो ?

बंगुरको पाठाको तिखा कुकुर दांत तल माथि गरी ४ वटा हुन्छन्, तीनलाई पाठा/पाठी जन्मेकै दिनमा आधा जति काटेर फालिन्छ, त्यसको लागि काट्ने औजार (Teeth Cutter) वा प्लायर (Pliers) प्रयोग गरिन्छ ।
Q 31. बंगुरको पाठा/पाठीको नाईटो काट्ने भनेको के हो ?

भर्खर जन्मेको पाठा/पाठीको नाईटोमा लामो त्यान्द्रो (Umblical Cord) जोडिएको हुन्छ । सफा धागोले नाईटोबाट करिव ६-७ से.मि. छाडेर बाँधी किटाणु रहित कैचीले काटी एण्टिसेप्टिक सोलुसन लगाई दिनु पर्छ ।
Q 32. साना पाठा / पाठीलाई विगौती दूध कति दिने ?

पाठा/पाठीलाई विगौती दूध आएसम्म दिनु पर्छ ।
पछाडी जन्मेका साना पाठा/पाठी (Runt) लाई हेरचाह गर्ने मानिसले खाए सम्म विगौती दूध खुवाउन मद्दत गर्नु पर्छ ।

Q 33. ब्याउने बंगुरको माउलाई कसरी व्यवस्थपन गर्ने ?

साना बच्चालाई तातो / न्यानोको व्यवस्था मिलाई एक छेउमा पाठा/पाठी राख्ने ठाउं बनाउनु  पर्छ ।व्याउंदाको दिन पाठा/पाठीको तौल लिएर रेकर्ड राख्नु पर्छ ।


Q 34. बंगुरपालनमा फोस्टरिङ्ग (Fostering) भनेको के हो ?

एउटा माउको बच्चा अर्को माउले हुर्काउने व्यवस्थालाई फोस्टिरिङ्ग भनिन्छ ।एकै समयमा कुनै माउले १४ देखि १६ पाठा/पाठी जन्माएर अर्कोले ५ देखि ६ मात्र पाउंदा धेरै बच्चा पाउने माउको केही बच्चा अर्को माउमा ३-४ दिन भित्र दिई हुर्काउने व्यवस्था गर्न सकिन्छ, त्यो फोस्टरिङ्ग हो ।
Q 35. बंगुरपालनमा जैविक सुरक्षको व्यवस्था कसरी गर्ने ?

फार्म क्षेत्र भित्र प्रवेश गर्ने ठाउंमा चुना/फिनेल सधै छरेर राख्ने ।
फार्म भित्र अन्य पशुंपछि नआउने गरी बारबेर गर्ने ।
उमेर समूह अनुसार छुट्टाछुट्टै कोठामा राख्ने ।
एकै लट व्याच बनाएर पाल्ने हुर्काउने र बेच्ने व्यवस्था गर्ने ।
फार्मको सरसफाई कडाईका साथ लागु गर्ने ।

Q 36. कस्तो प्रकारको तालीमहरु पाईन्छ बंगुरपालन सम्बन्धमा ?

१ दिने बंगुरपालन/कृषक तालीम ।
ग्रीडर बंगुरपालक कृषक तालीम ।
बजार तथा मासु व्यवसाय सम्बन्धी तालीम ।

Q 37. बंगुरपालन कार्यको लागि तालीम एवं अन्य सहयोग लिन कहां सम्पर्क गर्ने ?

सम्बन्धित जिल्ला पशु सेवा कार्यालय ।
नजिकको पशु सेवा केन्द्र ।
केन्द्रीय बंगुर, कुखुरा प्रवद्र्धन कार्यालय हरिहरभवन, ललितपुर ।

Q 38. व्याउने वेला भएको माउको हेर विचार कसरी गर्ने ?

व्याउने समय भन्दा दुई हप्ता अगाडी बाट व्याउने माउलाई छुट्टै कोठामा राख्नु पर्छ।एउटा खोरमा एउटा मात्र व्याउने माउ राख्नु पर्छ ।
Q 39. वंगुरको गोठ/ खोरको दुर्गन्ध नियन्त्रण कसरी गर्ने ?

वंगुरको खोर निर्माण गर्दा मलमूत्र एवं सफा गरेको पानी सलक्क बग्ने गरी बनाउनु पर्छ ।
नियमित रुपले खोर सफा गरेर फिनाइलझोल वा चून छर्ने गर्नु पर्छ ।

Q 40. वंगुर पालन गर्ने खोरमा दाना खुवाउने/दिने भाडा वा ठाउँ कस्तो हुनु पर्छ ?

दाना / आहार वंगुरले खाने वेला खेर फाल्न नसक्ने गरी सफा गर्न सजिलो हुने पक्का ढलान गरी निर्माण गर्नु पर्छ।डुडको चौडाई साढे एक देखि दुई फिट र लम्वाई आवश्यकता अनुसार वनाउनु पर्छ ।
Q 41. वंगुरको लागि नमुना गोठ निर्माण गर्न के गर्नु पर्ला ?

वंगुरपालनको लागी गोठ/खोरमा लगानी स्थायी र खर्चिलो हुने हुदाँ राम्रो ध्यान दिनु पर्छ ।
वंगुर पालनको योजना अनुसार गोठ/खोर को नमुना जिल्ला पशु सेवा कार्यालय बाट (प्राविधिक ज्ञान र नक्सा) पाईन्छ ।

Q 42. व्याउने माउ र वच्चासंगै राख्नु हुन्छ ?

व्याउने माउलाई छुट्टै र मासुका लागि पालिएका छतौराहरुलाई छुटै कोठामा राख्नु पर्छ ।
Q 43. वंगुरको खोर/गोठ निर्माण गर्दा ध्यान दिनु पर्ने विषयहरु के के हुन ?

वंगुरको खोर/गोठ पक्का ढलान भुई भएको घमाइलो र ओभानो ठाउँ हुनु पर्छ ।
खोर/गोठको पर्खाल वलियो हुनु पर्छ ।

Q 44. वंगुरको मलमुत्रबाट गोवर ग्याँस निकाल्न सकिन्छ ?

वंगुरको मलमुत्रबाट गोवर ग्याँस उत्पादन हुन्छ साथै खेतीपातीको लागि वंगुरको मलले उर्वरा शक्ति बढाउछ ।
Q 45. वंगुर पालनमा लागेका किसानले सरकारी सहयोग कसरी पाउछ ?

युवा कृषक, कृषक समूह, कृषक समितिहरुलाई जिल्ला पशु सेवा कार्यालय मार्फत प्राविधिक ज्ञान गोठ, आहार व्यवस्थापन एवं आर्थिक सहयोग उपलब्ध हुन्छ ।
व्यावसायिक कृषकहरुले जिल्ला पशु सेवा कार्यालयमा समय समयमा सम्पर्क राख्नु पर्छ ।

Q 46. वंगुरको गर्भ अवधि कति दिनको हुन्छ ?

औषतमा वंगुरको गर्भ अवधि ११४ दिन वा (३ महिना ३ हप्ता र ३ दिन) हो ।
Q 47. मासुको लागि पालिने वंगुर पनि त्यस्तै छिटो वढ्छ त ?

राम्रो आहाराको व्यवस्था भएको वंगुर गोठमा मासुको लागि राखिएको वंगुर ९०–१०० के.जी. सम्मको हुन्छ ।
Q 48. एक वर्षमा एउटा माउ वंगुरले कति पल्ट व्याउछ ?

एक वर्षमा एउटा राम्रो स्वस्थ्य माउले कम्तीमा २ पल्ट वच्चा दिन्छ ।
Q 49. एउटा माउ वंगुरले कति वटा सम्म पाठा / पाठी पाउछ ?

एक वर्षमा एउटा राम्रो स्वस्थ्य माउले कम्तीमा २ पल्ट वच्चा दिन्छ ।
Q 50. अहारालाई मासुमा परिवर्तन गर्ने क्षमता अन्य पशु भन्दा वंगुरमा राम्रो हुन्छ भन्छन के हो ?

हो, अन्य मासु उत्पादनका लागि पालिने पशु भन्दा वंगुरले २.५–३ के.जी. अहाराबाट १ के.जी. मासुमा परिवर्तन गर्ने क्षमता राख्दछ ।यो अन्य पशुको भन्दा राम्रो हो ।
Q 51. नेपालमा फस्टाएका वंगुरको उन्नत जातहरु के के हुन ?

किसानले मन पराएका वंगुरको राम्रो जातहरु निम्न छन्ः
i. ल्याण्डरेस
ii. योर्कशायर
iii. ह्याम्पसायर
iv. पाख्रीवास कालो एवं स्थानीयमा
v. च्वाचे (पहाड)
vi. हुर्रा (तराई)