Tag: nepal sunflower farming

Q 1. यो बालीको नामकै बारेमा प्रांरभिक जानकारी पाईन्छ कि ?

परापूर्वकाल फुलको रुपमा लगाईएको आलंकारिक विरुवा हो । सूर्यतिर फर्केर फुल्ने हुनाले सुर्य मुखी भनिएको हो । फलमा भएको वीउबाट तेल निकाली प्रयोग हुने भएकाले महत्वपूर्ण नगदे बालीका रुपमा  लोकप्रिय छ ।
Q 2. नगदे बालीका रुपमा यसको कस्तो महत्व छ ?

यो वालीको वीउमा ४५५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । तेल निकाले पछि बन्ने पिना पनि प्रोटिनको राम्रो स्रोत भएकाले पशु आहाराका लागि प्रयोग हुन्छ । यसरी यो बाली नगदे बालीको रुपमा प्रचलित छ । यसको तेल हल्का पहेंलो,वासना आउने र सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ । विदेशबाट ल्याइएको सुर्यमुखी तेल बजारमा प्रशस्तनै विक्री भईरहेछ । कुनै कुनै जातको वीउ खानमा पनि प्रयोग गरिन्छ ।
Q 3. सुर्य मुखी कस्तो हावापानी भएको ठाउंमा लाग्ने बाली हो ?

यो बालकिो उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै चाहिन्छ । फुल खेल्ने बेलामा बर्षा भएमा वीउ रतेल दुबैको उत्पादनमा ह्रास आउंदछ । राम्रो खेतीका लागि तापक्रम २०३५डिग्री सेन्टिग्रड हुनु पर्दछ ।
Q 4. यो बालीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

दोमट माटो यसका लागि उत्तम हुन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म भए उपयुक्र मानिन्छ । यो बालीमा पानी जम्नु हुंदैन ।
Q 5. सुर्यमुखी लगाउने उपयुक्त समय कुन हो ?

सुर्यमुखी हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिन्छ,तर वीउ रोप्ने उपयुक्त समयको भने छनौट गर्नु पर्दछ । बर्षे खेतीका लागि जेठको तेस्रो(चौथो हप्तातथा बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो(चौथो हप्तामा लगाउनु पर्दछ । वीउ राख्नु अघि पछि गर्दा प्रतिकूल मौसमले असर गर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता बढ्दै गएको छ । बर्षे मौसममा लगाउदा रोग कीराको आक्रमण बढी हुने गर्दछ ।
Q 6. यो बालीलगाउन कुन कुन जातका वीउहरु उपलब्ध छन् ?

हालसम्म हाम्रै देशमा अनुसन्धान भई कुनै पनि जातहरु सिफारिस गरि सकिएको छैन । तथापि कृषकहरुले बाहिरबाट आएकै वीउ स्रोतबाट लगाइएको प्रचलित जातहरु हुनः पेरे डोभिक मोडर्न । अनय केहि हाइब्रिड जातहरु पनि लगाइन्छन् जसको उत्पादन अनय उन्नत जात भन्दा बढि छ । तर हाईब्रिड लगाउदा आफ्नै बालीबाट वीउ राख्न सक्तैनन् ।
Q 7. पेरेडोमिक जातको छोटो जानकारी पाउन सकिन्छ ?

यसको बोट अग्लो (१६०१८५ से.मी) हुन्छ र बोटमा हांगा हुंदैन । सरदर उत्पादन १५२० क्विन्टल प्रति हेक्टर छ । बसन्त ऋतुमा यो ९०९५ दिनमा पाक्दछ । वीउ कालो रंगको हुन्छ ।
Q 8. मोडर्न जातको छोटो जानकारी दिनु हुन्छ कि ?

यसको बोट होचो (८०६० से.मी) हुन्छ । थुंगा आकर्षक रवीउ पुष्ट कालो रंगको हुन्छ । बसन्त ऋतुमा ८०८५ दिनमा पाक्दछ र सरदर उत्पादन १ टन प्रति हेक्टर हुन्छ ।
Q 9. वीउको छनौट र उपचार कसरी गरिन्छ ?

वीउबाट सर्ने रोगहरु नलागोस भनेर रोगनाशक औषधी थीरम वा वेभिस्टिन ३ ग्राम प्रति के.जी. वीउका दरले उपचार गरेको हुनु पर्दछ । यस पछि वीउ छर्ने बेलामा वीउलाई १२ घण्टा पानीमा भिजाउने र छायांमा ३४ घण्टा सुकाउने गर्यो भने वीउ चांडै उम्रन्छ । बाली भरखरै भित्र्याएको नयां वीउ प्रयोग गर्नु हुंदैन ।

Q 10. सुर्यमुखी खेतीका लागी वीउदर तथा रोपांईको दुरी कति राख्नु पर्दछ ?

वीउको मात्रा ६ ७ के.जी. प्रति विघा,३ ४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २० २५ से.मी. हुनु पर्दछ ।
Q 11. सुर्यमुखी बालीमा मलखादको मात्रा कति हुनु पर्दछ ?

यो बालीलाई मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । साधारणतया प्रति कटृा डि.एपी. ४.५ के.जी.,यूरिया ५ ६ के.जी. र पोटास २ ५ के.जी. चाहिन्छ । गोबरमल वा कम्पोष्ट मल प्रयोग गरेमा यूरियाको मात्रा घटाउन सकिन्छ । तर हाईब्रिड जात लगाएमा माथि भनेको परिमाणमा केहि थप गर्नु पर्दछ ।


Q 12. यो बाली कुन बाली प्रणालीमा उपयुक्त तरीकाले लगाउन सकिन्छ ?

मौसम अनुसार निम्न बमोजिमको बाली प्रणाली उपयुक्त हुन्छ ।

बसन्ते मौसमका लागिः

धानतोरीरायोसुर्यमुखी

धानमुसुरोमुसुरो+रायोसुर्यमुखी

धानआलुसुर्यमुखी

बर्षे मौसमका लागिः

सुर्यमुखीमुसुरोतोरी

मकै+सुर्यमुखीमुसुरो+तोरी

यस बाहेक उखु लगाएको जमिनमा पनि अन्तरबालीको रुपमा सुर्यमुखी लगाउन सकिन्छ ।
Q 13. सुर्यमुखीमा सिंचाई कहिले दिनु पर्दछ ?

बसन्ते मौसममा लगाएको सुर्यमुखीमा आवश्यकता अनुसार सिंचाई दिनु पर्दछ । चिस्यान कम भएमा वीउ छर्नु भन्दा अगाडी सिंचाई गरी वीउ एक रुपले उम्रने बाताबरण मिलाउनु पर्दछ । यस बाहेक विरुवा ४५ पात भएको बेलाफुल फुल्नु भन्दा अगाडी र दाना लाग्ने बेलामा सिंचाई दिन आवश्यक हुन्छ । साधारण तया बर्षे मौसममा लगाएको बालीमा भने सिंचाई चाईदैन तर पनि पानी नपरेमा फुल फुल्ने बेलामा एक पटक सिंचाई दिन आवश्यक हुन्छ ।
Q 14. झारपात नियन्त्रण र उप्केरा कहिले लगाउनु पर्दछ ?

वीउ छरको ६० दिन सम्म बाली झारमुक्त हुनु पर्दछ । बोट घुंडा घुंडा अग्लो भएको बेला गोडमेल अवश्य पनि गर्नु पर्दछ र उप्केरा लाउनु पर्दछजसले गर्दा पछि बोट फुल फुल्ने समयमा नढलोस । झार नियन्त्रणको लागि विषादी छर्नु पर्दा वीउ छरेको ३ दिन भित्र झारनाशक विषादी पेन्डिमिथालिन १००१३० एम.एल,१३१६ लिटर पानीमा मिसाई प्रति कटृाका दरले छर्नु पर्दछ । यस पश्चात पछि पुनः झारको प्रकोप बढी भएमा हातले उखेल्ने वा मेसिन प्रयोग गर्ने सल्लाह दिइन्छ ।
Q 15. सुर्यमुखी बालीमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग ढुसीबाट लाग्दछ । रोग लाग्दा पातमा गाढा खैरो देखि काला थोप्लाहरु देखिन्छन् र पछि गोला थोप्लाको चारैतिर सांघुरो मरेको भाग देखिन्छ । पछि गएर पातहरु सुक्तछन् र मुल स्तम्भमा नुहेर रहन्छन् ।

ब्यवस्थापनका उपायहरुः

·         उपचार गरिएको शुद्ध वीउ लगाउने ।

·         रोग देखिनासाथ वेभिस्टिन २ ग्राम वा डाईथेन एम.४५३ ग्राम प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा २(३ पटक स्प्रे गर्ने ।

·         फुलको थुंगामा वीउ भरिने समयमा ब्लाइटेक्स २ ग्राम प्रति लिटर पानीमा घोली २ पटक स्प्रे गर्ने ।
Q 16. यो बालीमा लाग्ने ओईलाउने रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो पनि ढुसि जन्य रोग हो । यो रोग जुनसुकै बेला लाग्न सक्तछ । सेतो ढुसीको बृद्धि माटोको सतहमा बोटमा देखिन्छ र रायोको दाना जस्ता गिर्खा रोग ग्रस्त भागमा देखिन्छन् । रोगी बोटलाई टाढाबाट ओईलाएको देखिन्छ ।

ब्यवस्थापनः

·         रोगी बोटलाई वरिपरिको माटो सहित जम्मा गरी जलाउनु पर्दछ ।

 

·         झारपात हटाई जमिन सफा राख्ने ।

·         घुम्ती बाली अपनाउने (२३ सिजन पछि मात्र यो बाली पुनः लगाउने) ।
Q 17. यो बालीमा लागने बेर्ना काट्ने कीराको क्षतिको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

बेर्ना काट्ने कीरा खुम्रे पनि हो । यसले साना विरुवालाई जमिनको सतहमा काटी क्षति पुर्याउदछ ।

ब्यवस्थापन

·         माटोमा बस्ने कीराको प्रकोपबाट बचाउन वीउ छर्नु भन्दा अगाबै माटोको उपचार गर्न सकिन्छ । यसका लागि क्लोरोपायरिफस ६ लिटर ६०० ७०० लिटर पानीमा घोली प्रति हेक्टरका दरले माटोमा स्प्रे गर्नु पर्दछ ।
Q 18. यो बालीमा पात खाने कीराहरु कुन कुन हुन रु र यिनीहरुको रोकथाम कसरी गर्नु पर्दछ ?

यो बालीमा धेरै प्रकारका लार्भेहरुले पात खाई नोक्सान पुर्याउंदछन् । यस बाहेक लाही र फड्के कीराले पनि रस चुसेर डढेको जस्तो बनाउदछन् ।

रोकथामका उपायहरु

·         यी कीराहरुको रोकथामका लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली १० १५ दिनको फरकमा दुइपटक बोट भिज्ने गरी छर्नु पर्दछ ।
Q 19. फुलमा वीउ खन्ने कीराको प्रकोप कस्तो हुन्छ र यसको रोकथाम कसरी गर्न सकिन्छ ?

पतेरो कीरा र सुर्ति तथा चना बालीमा लाग्ने लाभ्रे कीराले फुल तथा दाना खाएर क्षति पु्याउदछ । पतेरोले वीउमा भरिन लागेको दूध चुसी दाना फोस्रो बनाउदछ भने लाभ्र्रेहरुले सिंगै दानानै खाएर फुलको थुंगा खाली बनाउंदछ ।

रोकथामका उपायः

·         यि कीराहरुको रोकथामको लागि मोनोक्रोटोफस १ मि.लि. प्रति लिटर पानीमा घोली फुलको वरिपरि भिज्ने गरी छर्नु पर्दछ ।
Q 20. बाली टिप्ने बेला भयो भनेर कसरी थाहा पाउने ?

सुर्यमुखीको टाउको (फुलको चाक्लो भाग) को तल भाग जब खैरो पहेंलो हुन्छयसको टिप्ने बेला भयो भनेर बुभ्नु पर्दछ । यसबेला टाउको चिस्यान २० हुन्छ । सबै टाउको एकै पटक पाक्दैन र २३ पटक गरी टिप्नु पर्दछ ।
Q 21. सुर्यमुखीमा सुगाबाट पनि धेरै नै क्षति हुन्छ । यसको नियन्त्रणको पनि केहि उपाय छ कि ?

नियन्त्रण गर्न सकिने केहि उपायहरु यस प्रकार छनः

·         एकातिर सेतो र अर्कोतिर रातो पोलिएको अल्मुनियम रिबन पाईन्छयसलाई बटारीखेत बारीमा राख्दा यो घाममा चम्कने र हावाको प्रवाहले आवाज समेत आउने हुदा सुगा तथा अन्य चराहरु नियन्त्रण भएको पाईएको छ ।

·         खेतवारीका छेउ तथा बीचका ठूला फुलहरुलाई पत्रिका तथा पुराना कपडाको थैलाले छोपी दिनाले पनि केहि कम गराउन सकिन्छ ।

·         फुलको वरिपरि मालाथियन झोल छर्नाले यसको गन्धले सुगाको प्रकोप केहि कम हुन्छ ।

·         मानिस राखेर धपाउने पनि गर्न सकिन्छ ।
Q 22. बाली कतिवेला भित्र्याउनु पर्दछ ?

टिपेका फुलका टाउकाहरु घाममा राम्ररी सुकाउनु पर्दछ र टाउकोको बीच भागमा लठ्ठीले विस्तारै चुट्दै दाना निकाल्नु पदृछ । ब्यावसायिक खेती गर्दा दाना चुट्न थ्रेसर मेशिन पनि प्रयोग गर्न   सकिन्छ । तेल निकाल्नु पर्दा वा वीउ भण्डारण गर्नु पर्दा चिस्यान १०% भन्दा बढी हुनु हुंदैन । यसका लागि दानालाई घाममा राम्ररी सुकाउनु पर्दछ ।
Q 23. सुर्यमुखी खेती गर्दा बदलिदो जलवायु परिवर्तनको सामना कसरी गर्न सकिन्छ ?

यो खेती गर्दा मिश्रित वाली प्रणाली अपनाउदा जलवायु परिवर्तनको सामना भएको हुन्छ । उखु खेतीमा सुर्यमुखी,मकैसंग मिश्रित खेती आदि गर्दा तापक्रममा सन्तुलन,चिस्यानको संरक्षण आदि भएको हुन्छ ।