Tag: chickpeas farming nepal

Q 1. चनाको खेती कस्तो हावापानी भएको क्षेत्रमा गरिन्छनेपालमा कुन क्षेत्रमा उपयुक्त छ ?

चना हिउंदे बाली हो । तर धेरै चिसो र हिंउ खेप्न सक्दैन । फुल खेल्ने वेलामा हिउँ पर्यो भने दाना लाग्न सक्तैन । वार्षिक ६००–९०० एम.एल. वर्षा हुने क्षेत्र यसका लागि अनुकुल मानिन्छ । साधारण तया यो बाली बर्षाकै भरमा गरिन्छ । तर हिउंदमा पानी परेन भने फुल फुल्नु अगाडी एक पटक सिंचाई दिनु अनिवार्य नै हुन्छ । नेपालमा तराई तथा मध्य पहाडका बेशी क्षेत्रमा यो बालीलगाउन सकिन्छ ।
Q 2. चना खेतीका लागि कस्तो माटो लाई सुहाउंदो मानिन्छ?

धेरै किसिमको माटोमा चना खेती गर्न सकिन्छ । तथापि बलौटे दोमट माटो यसका लागि उपयुक्र मानिन्छ । घुलनशिल नुन रहित र न्युट्रल पि.एच. भएको माटो चना खेतीका लागि आवश्यक छ ।
Q 3. चनाबालीका लागि हालसम्म सिफारिस भएका जातहरु के के हुन ?

चना बालीमा हालसम्म सात जातहरु कृषकका लागि सिफारिस गरिएका छन् । ती हुन धनुषराधासीताकोशेलीकालीकातारा र अवरोधी । यी सबै जातहरु तराई तथा मध्य पहाडको बेशी क्षेत्रमा लगाउन सकिन्छ ।
Q 4. चना बालीका नयां जातहरु कुन हुन र यिनका मुख्य विशेषताहरु के छन् ?

यस बालीमा नयां सिफारिस भएका (२०६४ सालमा) जातहरु तारा र अवरोधी हुन । यिनीहरु १३५ दिनमा पाक्दछन् र यिनीहरुले सरदर १.३–१.४ टन प्रति हेक्टर उत्पादन दिन्छन् । पुराना जातहरु भन्दा यिनीहरु चांडै पाक्ने जातहरु हुन ।
Q 5. बाली लगाउने उपयुक्त समय कुन हो ?

तराईमा चना बाली कार्तिकको दोश्रो हप्ता देखि चौंथो हप्तासम्म लगाउन सकिन्छ । ठांउ हेरी लगाउने समय केहि अघि पछि हुन सक्दछ ।
Q 6. चना लगाउने बाली प्रणाली कस्तो हुन्छ ?

धान–चना एकलचना घुसुवा (रिले वाली) । तराईमा धान काटेपछि एकल बाली वा धान काट्ने बेलामा चना छरेर घुसुवा बालीका रुपमा लगाउने गरिन्छ । धान खेतमा वेशी क्षेत्रमा यसरी नै लगाउन सकिन्छ । यस बाहेक मध्य पहाडमा मकै वा भटमास वा मकैंभटमास पछि पनि चना एकल बालीका रुपमा लगाउन सकिन्छ ।
Q 7. चना छर्ने उपयुक्त तरीका के हो ?

एकल बालीको रुपमा लगाउंदा चना छर्नु पर्दा हारको दुरी ३०–४० से.मी. सम्म राख्न सकिन्छ र यसका लागि सिडड्रिलको पनि प्रयोग गनै सकिन्छ । ८–१० से.मी. गहिरो छर्नु पर्दछ । किनकी यो भन्दा माथि हल्का छरेमा पहेंलीने रोग (विल्ट) लाग्ने सम्भावना हुन्छ ।
Q 8. चनाको लागि मलखादको परिमाण कति प्रयोग गर्नु पर्दछ ?

वीउ छर्नु भन्दा करीब दुई हप्ता अगाडीनै ६७ क्वीन्टल प्रति कटृाका दरले कम्पोष्ट मल प्रयोग गर्न वेश हुन्छ । यस बाहेक २७५ ग्राम यूरिया३ के.जी. डि.ए.पी.१ के.जी. १०० ग्राम पोटास प्रति कटृाका दरले जमिन तयारीकै समयमा प्रयोग गर्नु पर्दछ ।
Q 9. चना खेतीका लागि गोडमेल कहिले र कसरी गर्न उपयुक्त हुन्छ ?

वीउ छरेको २५–३० दिन भित्र गोडमेल गरी सक्नु पर्दछ । यसका लागि वीउ छरेको ३ दिन भित्र झार नाशक विषादी पेन्डिमेथालिन १००–१३० एम.एल. १३–१६ लिटर पानीमा मिसाई प्रति १ कटृाका दरले छर्नु पर्दछ । यसले झार उम्रन नियन्त्रण गर्दछ । यस पश्चात २५ ५० दिनमा फाटफुट भएको झारलाई हातले उखेली दिनु पर्दछ ।


Q 10. चना बालीमा सिंचाई गर्नु पर्दछ कि पर्दैन ?

चना साधारणतया आकाशे पानीको भरमा गरिने खेती हो । तर चिस्यानको अवस्था हेरी सिंचाईको निर्णय लिनु पर्दछ । हिउंदमा पानी परेन भने फुल फुल्नु भन्दा अगाडी एक पटक र दाना लागिरहदा अर्को पटक गरी दुई पटक सिंचाई गर्नु आवशयक हुन्छ । चिस्यान नभएको अवस्थामा चना छर्नु भन्दा अगाडी सिंचाई गरी जमिन जोती आवश्यक चिस्यानको ब्यवस्था गरेर मात्र छर्नु पर्दछ ।
Q 11. चनामा देखिने खैरे रोगको लक्षण कस्तो हुन्छ ? र यसको ब्यवस्थापन कसरी गर्नु पर्दछ ?

फुल कुहेर कोसा नलाग्नु नै रोगको प्रमुख लक्षण हो । शुरु अवस्थामा पातका टुप्पाहरु रङ्गविहिन भएर सुकेर जान्छन् । रोग पैmलदै जांदा बोटको सबै भागमा फुस्रो वा काला खैरा थोप्लाहरु देखा पर्दछन् ।

ब्यवस्थापनका उपायहरुः

·         चनाको बोट ठाडो हुने जात पातलो गरी लगाउने ।

·         कार्वेन्डाजिम ५०% डब्लु.पी. (वेभिस्टिन) १ ग्राम प्रतिलिटर पानीमा मिसाई फुल फुल्ने वेलामा छर्ने ।
Q 12. चनामा फेदमा कुहिने रोगको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्ने ?

रोगी बेर्ना वा बोटहरु पहेंला हुन्छन् तर पातहरु ओईलाएका हुंदैनन् । माटोको सतहमा तलतिर बोट कुहिएको हुन्छ र सेतो ढुसीले ढाकेको हुन्छ ।

ब्यवस्थापनका उपायहरुः

·         घुम्ती बाली प्रणाली अपनाउने ।

·         कार्वेन्डाजिम ५०% डब्लु.पी. (वेभिस्टिन) ३ ग्राम प्रति किलो वीउका दरले उपचार गरेर रोप्ने ।
Q 13. चनामा कालो जरा कुहिने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

यो रोग लागेपछि बोट पहेंलो हुन्छ र ओइलाउंदछ । मसिनो जराहरु कुहिएर झर्दछन् र बांकी भएका जराहरु कालो हुन्छन् ।

ब्यवस्थापन विधीः

·         घुम्ती बाली प्रणाली अपनाउने ।
Q 14. चनामा आईलाउने रोग (Wilt) के हो ? यसको लक्षण कस्तो हुन्छ रुर ब्यवस्थापन विधी के हो ?

चनामा ओईलाउने रोग पनि ढुसिजन्य रोग नै हो । यो वेर्ना वा ठुलोबोट दुवै अवस्थामा लाग्नसक्दछ । शुरु अवस्थामा पात पहेंलिन्छ र सुक्न थाल्दछ । वेर्ना बोटनै पहेंलो हुन्छ र सुकेर जान्छ । जरा कालो हुन्छ र सड्दछ ।

ब्यवस्थापन विधीः

·         रोग सहन सक्ने वा नलाग्ने जात लगाउने ।

·         कार्वेन्डाजिम ५०% डब्लु.पी. (वेभिस्टिन) ३ ग्राम प्रति किलो वीउका दरले उपचार गरेर रोप्ने ।

·         वीउ छर्दा गहिरो (८–१० से.मी.) गरी छर्ने ।

·         धेरै अगाडी बाली नलगाउने ।

·         घुम्ती बाली प्रणाली अपनाउने ।
Q 15. चनाको कोसामा लाग्ने गवारो कस्तो हुन्छ ? यसको क्षति कसरी थाहा पाउने ? र यसको रोकथामका उपायहरु के हुन सक्छन् ?

पूर्ण विकसित लार्भाको रङ्गी विरङ्गी धर्साहरु हुन्छ र रंग बदली रहन्छ । वयस्क पुतली भने हल्का पहेंलो रङ्गका हुन्छन् । लार्भाले कलिला पातहरुबाट खान शुरु गरी कोसामा प्वाल पार्दछ । लाभ्रेले आधा शरीर कोसा भित्र पसाएर खान्छ र एक पछि अर्को गर्दै कोसा तथा दाना सखाप पार्दछ ।

ब्यवस्थापनका उपायहरुः

·         तलका कुनै एक प्रभावकारी प्रविधि अनुसरण गर्ने ।

·         कीरा यौन जन्य आकर्षण पदार्र्थ हेलिल्यूर को प्रयोग गरेर भाले पुतलीलाई समात्न सकिन्छ ।

·         मसिनो लाभ्रे देखिनासाथ ल्यासीलस थरिन्जेन्सिस भेराइटी कर्सटाकी को पानीमा मिसिने धुलो एक ग्राम प्रति लिटर पानीका दरले मिसाएर बेलुकी पख छर्ने ।

·         न्यूक्लियर पोलि हेड्रोसिस भाइरस हेली (एन.पि.भी) को १०० एल.इ.को १ मि.लि. वा २०० एल. ई को ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर बनाएको झोल बेलुकी पख छर्ने । छर्दा २ ३ थोपा निर मिसाई दिएमा प्रभावकारी हुन्छ ।

·         निममा आधिरित कीटनाशक विषादीहरु जस्तैः मार्गोसोम ०.१ इ.सी. वा मल्टिनिम ०.०३ इ.सी. ५ मि.लि. प्रति लिटर पानीका दरले बनाएको झोल छर्ने ।

·         इमामेक्टिन वेनजोएट ५% एस.जी. (Emamectin benzoate 5% SG King star, N star)०.५ मि.लि. प्रति लिटर पानीमा वा क्ष्लमयहअबचद १५.८% इ.सी. ०.७५ मि.लि. पानीका दरले बनएको झोल छर्ने ।
Q 16. चना पाक्ने बेला भएको कसरी थाहा पाउने र काट्ने, चुटने र थन्क्याउंदा अपाउनु पर्ने सावधानी के हो ?

चनाका पातहरु जब राता खैरा रंगको हुन्छन् र झर्न शुरु गर्दछन अनि काट्ने बेला भएको संकते  हुन्छ । काटी सकेपछि एक दुई घाम सुकाएर मात्र चुट्ने वा दांई गरेर गेडा दाना सफा गरी भित्र्याउनु पर्दछ । भण्डारण गर्नु भन्दा अगाडी ३४ घाम राम्ररी सुकाएर मात्र राख्नु पर्दछ । वीउका लागि चिस्यान ९% भन्दा बढी हुनु हुंदैन ।