Tag: blackeye bean farming nepal

Q 1. नेपालमा बोडी बालीको उपयोग कसरी गरिन्छ ?

बोडीलाई दाल तथा तरकाी दुबै रुपमा प्रयोग गर्न सकिन्छ । यस बाहेक पशु आहारा र हरियो मलको रुपमा पनि प्रचलित छ । मटो संरक्षणको लागि पनि यो बाली लगाईन्छ ।
Q 2. बोडी कस्तो हावापानीमा हुने बाली हो ?

यो गर्मी हावापानीमा हुने बाली हो । तराईभित्री मधेश तथा वेशीमा यसको खेती गर्न सकिन्छ ।
Q 3. कस्तो माटोमा बोडी खेती गर्न सकिन्छ ?

सबै किसिमको माटोमा बोडी खेती लगाउने गरिएता पनि दोमट था हल्का चिम्ट्याईलो माटो यसका लागि उत्तम मानिन्छ ।
Q 4. नेपालमा बोडी खेती कुन बाली प्रणालीमा उपयुक्त पाईएको छ ?

मध्य पहाडतराई

धान खेतः     धानगहुबोडी

बारी जमिनः   मकैबोडीमुसुरोगहुं

मकै+बोडीमुसुरोगहुंआलुतरकारी
Q 5. नेपालमा सिफारिस भएका बोडीका जातहरु के के हुन ?

नेपाली कृषकहरुका लागि बोडीका पांच जातहरु जस्तैः आकाशप्रकाशसूर्य र मालेपाटन १ तथा गाजले बोडी सिफारिस भएका छन । यस बाहेक डबल हार्भेष्ट भन्ने अर्को एक जात पंजिकरण मात्र गरिएको छ । यस मध्ये मालेपाटन १ र डबल हार्भेष्ट भन्ने जातहरु तराई तथा मध्य पहाडको बोडी लाग्ने ठांउहरुका लागि उपयुक्त पाईएको छ भने अन्य सबै जातहरु तराई तथा भित्रि मधेश क्षेत्रका लागि मात्र उपयुक्त छन् । सूर्य भन्ने जात मध्य र पश्चिम तराईका लागि सिफारिस भएको छ ।
Q 6. तरकारीका लागि सिफरिस जातहरु कुन कुन हुन?

मालेपाटन १ र गाजले बोडी तरकारीका लागि सिफारिस भएका छन् ।
Q 7. बोडी लगाउने उपयुक्त समय कहिले हो ?

बोडी लगाउने समय बालीचक्र अनुसार केहि फरक पर्दछ । धानखेत बाली प्रणालीमा गहुं काटेपछि बोडी लगाउन सकिन्छ र यो समय चैत्र देखि बैशाख महिना तिर हो । यस बाहेक बारी जमिनमा मकै भांचेपछि वा मकैसंगै घुसुवा बालीको रुपमा बोडी लगाउन सकिन्छ । यो श्रावणको अन्तिम हप्ता देखि भाद्रको दोस्रो हप्तामा भित्र पर्दछ ।
Q 8. बोडी खेतीमा वीउको परिमाण र हारको दुरी कति हुनु पर्दछ ?

वीउको परिमाण ३ के.जी. प्रति रोपनी वा २ के.जी प्रति कटृा हुनु पर्दछ र हार देखि हारको दुरी ४०५० से.मी. हुनु पर्दछ र बोट बीचको दुरी १० से.मी. राख्नु पर्दछ ।


Q 9. बोडीमा मलखाद परिमाण के कति दिुन पर्दछ ?

बोडीमा मलखादको प्रयोग भटमास बालीको जस्तै हो । मकैसंग लगाउंदा यसका लागि छुट्टै मलखाद गर्नु पर्दैन । तर एक्लो बालीका रुपमा लगाउंदा कम्पोष्ट एवं रसायनिक मल दुबै प्रयोग गर्नु पर्दछ । जमिन तयारी गर्दा गोबर । कम्पोष्टमल करीब ८ १० क्विन्टल प्रति रोपनी (डेढ कटृा) का दरले प्रयोग गर्नु पर्दछ । यस बाहेक प्रति रोपनी ४१० ग्राम यूरिया४.५ के.जी. डि.ए.पी. र १.६६ के.जी. पोटास मल पनि जमिन तयारीकै बेला दिनु पर्दछ ।
Q 10. बोडीमा गोडमेल कहिले गर्नु पर्दछ र झार नाशक विषादी कति प्रयोग गर्नु पर्दछ ?

भटमासमा अपनाएकै प्रविधि यो खेतीका लागि पनि अपनाउन सकिन्छ ।
Q 11. बोडीमा लाग्ने मुख्य मुख्य रोगहरु के हुन ?

बोडीमा मुख्यतया पहेंलो छिरविरेब्याक्टेरियल डढुवा र खराने रोग प्रमुख हुन ।
Q 12. बोडीमा लाग्ने पहेंलो छिरविरे रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग एफिडबाट सर्ने भाइरसबाट लाग्दछ । रोगी बोटको पात पहेंलिन्छगुजमुज्ज देखिन्छ र आकार पनि सानो हुन्छ । कोसा पनि बांङ्गीएको र सानो हुन्छ ।

ब्यवस्थापनका उपायहरुः

·         रोग नलागको बोटबाट स्वस्थ्य वीउ छनौट गर्ने ।

·         रोगी विरुवाहरुलाई संकलन गरी जलाउने ।

·         घुम्ती बाली प्रणाली (तीन वर्षसम्म यो बाली नलगाउने) अपनाउने ।

·         एफिड कीरा नियन्त्रणका लागि मेटासिस्टोक्स १ लिटर १००० लिटर पानीमा मिसाई (डेढ विगाहा२० रोपनीका लागि) १० दिनको फरकमा २३ पटक छर्ने ।
Q 13. ब्याक्टेरियल डढुवा रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

शुरुमा पुराना पातको किनारामा मरेको दाग देखिन्छ । साथै सबै नयां पातहरु र मुन्टो मर्दछ । पछि डांठ पनि सुक्दछ र बोट मरेर जान्छ ।

ब्यवस्थापनका उपायहरुः

·         रोग नलागेको स्वास्थ्यकर वीउ प्रयोग गर्ने ।

·         रोग नलाग्ने जात छनौट गरी लगाउने ।

·         धेरै रोग लागेमा फाइटोलन भन्ने दवाई ०.२% को झोल बनाई स्प्रे गर्ने ।
Q 14. बोडीमा लाग्ने खराने रोगको लक्षण कस्तो हुन्छ रु र कसरी व्यवस्थापन गर्ने ?

पातमा सेतो खरानी रंगको धुलो देखिन्छ र पछि डांठ तथा सबै भागमा सर्दछ । पातहरु साना भएर जान्छन् ।

ब्यवस्थापनका उपायहरुः

·         रोगी बोट तथा अन्य भागहरु संकलन गरी जलाउने ।

·         सल्फर युक्त ढुसिनाशक औषधी इलोसल वा हेक्जसल प्रति हेक्टर २.३ के.जी. ८००१००० लिटर पानीमा मिसाई छर्ने ।
Q 15. बोडीमा लाग्ने मुख्य मुख्य कीराहरु कुन कुन हुन ?

बोडीमा पनि भटमासमा जस्तै झुसिल कीरागवारो तथा एफिडसेतो झिङ्गा तथा पात खाने कीराहरु लाग्दछन् । माथि भटमासमा भने जस्तै व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ ।
Q 16. बोडीमा बाली काट्ने र चुट्ने तथा थन्क्याउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन ?

जात अनुसार बोडीको कोसा कलिलो हुंदै तरकारीको रुपमा प्रयोग गर्न ४५९० दिनसम्म टिप्न सकिन्छ । दानाको लागि ९०१२५ दिन सम्म कोसा पाकेपछि टिप्नु पर्दछ र सुकाई चुटेर दाना निकाल्नु पर्दछ । दानालाई फेरी घाममा सुकाई थन्क्याउनु पर्दछ ।

·         हरियो मलको रुपमा प्रयोग गर्नु परेमा आवश्यकता अनुसार हरियो अवस्थामा रोपेको ४० ४५ दिनमा काटेर माटोमुनि पार्नु पर्दछ ।
Q 17. कोशेबाली खेती प्रणालीमा मौसम परिवर्तनलाई सामना गर्ने के प्रविधि विकास भएको छ ?

कोशबाली खेती प्रणालीले मौसम परिवर्तनका प्रभावहरुलाई सामना गर्न निम्न योगदान गर्दछ ।

·         कोशेबाली धेरैजसो खाद्यान्न बालीसंग मिश्रित वा घुसवा बालीको रुपमा लगाउने प्रचलन भएकाले चिस्यान संचितिकरण तापक्रम संतुलन गर्नमा योगदान पुर्याउदछ ।

·         माटोमा जैविक क्रियाकलाप र कार्वन तथा नाईट्रोजन संरक्षण गरी माटो संरक्षणमा योगदान गर्ने ।