Almond Plant(अलमण्ड )

500.00

Add to compare
Sold By:  Agromart
Categories: , Tag:

Product Description

विरूवाकाे अाकार प्रकार

उचाइः२.५ फिट

उमेरःकरिब १ वर्ष

विरूवाकाे प्रकारःग्राफ्टिड. गरेकाे / नगरेकाे

परिचय
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।

• मधेसी बदामको गुण
मधेसी बदाम २ प्रकारका हुन्छन्, कधभभत र दभततभच। क्धभभत मधेसी बदाम खानको लागि उपयोग हुन्छ भने दभततभच मधेसी बदाम बिभिन्न बिष तथा रसायन बनाउन उपयोग गरिन्छ। क्धभभत मधेसी बदाममा फाइबरको मात्रा कम हुन्छ र भिटामिन इ, म्याग्नेसियम,सिलिनियम, क्यालसियमजस्ता मिनरलको मात्रा प्रचुर हुन्छ। बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । आर्युवेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आखाको समस्या नहुने जनाइएको छ तथा आखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ। बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ।

• मधेसी बदामको प्रयोग
गर्भवती अवस्थामा पोषणका रूपमाः– मधेसी बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
कोलस्ट्रोल घटाउन:- तेलजन्य फल भए पनि यसले शरिरको कोलस्ट्रोल घटाउन मद्दत पुर्याउछ साथै मुटुका लागि यो अत्यन्त उपयोगी मानिन्छ।
दिमागका लागि:-दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । भिटामिन इ, विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागि:-पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोत:-बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Almond Plant(अलमण्ड )”

Your email address will not be published. Required fields are marked *