भिण्डी खेती गर्ने तरिका

Q 1. भिण्डी फल सकेसम्म ताजामै प्रयोग गर्नु उपयुक्त हो तर भण्डारण गर्नुपर्ने वखतमा कस्तो तापक्रम र आर्दतामा भण्डारण गर्न सकिन्छ ?

भिण्डी सकेसम्म ताजामा नै खाइेन विक्री गर्ने चलन छ तर विक्रीको समस्या भएको खण्डमा ७–८ डि.से. तापक्रम तथा ८५–९०% सापेक्षित आर्दतामा १२–१५ दिनसम्म भण्डारण गर्न सकिन्छ।
Q 2. कहिले काँही भिण्डी खेतीमा पुरै सेतो धुलोले ढाक्नु र बिरुवा क्रमशः सुक्दै जान्छन् किन ? यसको रोकथाम कसरी हुन्छ ?

यो ढुसीबाट हुने रोग हो । पातको तल्लो सतहमा सेतो वा कैलो रंगका थोप्लाहरु देखिन्छन् पछि गएर डाँठमा समेत सेतो खरानी जस्तो ढाक्दछ । यसको व्यवस्थापन क्याराथेन २–३ मि.लि.प्रति लिटर पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरी छर्नुपर्दछ ।
Q 3. भिण्डी बालीमा अन्तरवाली लगाउन उपयुक्त होला/नहोला ? अन्तरवाली लगाउदा कस्ता वालीहरु छनौट गर्नुपर्दछ ?

भिण्डी वालीमा अन्तरवाली लगाउने चलन त्यति छैन तर लगाउन भने सकिन्छ।खासगरी वर्णशंकर काउली, बन्दा, मूला साथै प्याज, लसुन, मेथी, सुप, धनियाँ जस्ता वाली लगाउदा गोडमेलको काम पनि साथ साथै हुने र रोग कीराको आक्रमणलाई पनि न्यून गर्ने काम गर्दछ।
Q 4. अर्का अनामीका जातमा विशेष के गुण मौजुद छ ?

यस जातमा पहेँलो मोज्याक रोग सहन सक्ने क्षमता हुन्छ र यसमा फल मध्यम हरियो रंग तथा ५ वटा डील भएको हुन्छ । ५–६ आख्ला भएपछि फल लाग्न शुरु गर्दछ । नेपालको तराई, मध्यपहाड र उच्च पहाड सम्म लगाउन सकिने भनी सिफारीस गरिएको छ ।
Q 5. पहेँलो मोज्याक रोग सहन सक्ने जात कुन कुन हुन् ?

भिण्डीको पार्वती जातले पहेँलो मोज्याक रोग सहन सक्तछ । यसको उत्पादन सरदर वढी हुने र यो अगौटे जात पनि हो ।
Q 6. पुयस जातका वोटहरु टाढा १.५. देखि २ मीटरसम्म अग्ला, झुस नभएका र हाँगा कम लाग्ने खालका हुन्छन् । पात र हाँगा आउने जोर्नीमा रातो देखिन्छ । फल गाढा हरियो रंगको हुन्छ।सा सावनी जातको विशेषता के हो ?

यस जातका वोटहरु टाढा १.५. देखि २ मीटरसम्म अग्ला, झुस नभएका र हाँगा कम लाग्ने खालका हुन्छन् । पात र हाँगा आउने जोर्नीमा रातो देखिन्छ । फल गाढा हरियो रंगको हुन्छ।
Q 7. नेपालमा खेती गरिएका उन्नत जातहरु कुन कुन हुन् ?

नेपालमा खेती गरिएका प्रमुख जातहरुमा पुसा सावनी, पार्वती र अर्का अनामिक हुन् ।
Q 8. प्रति रोपनी जमीनबाट कति उत्पादन लिन सकिएला ?

भिण्डी वालीको उत्पादन यसको जात र व्यवस्थापकीय पक्षमा निर्भर गर्दछ तै पनि प्रति रोपनी १०००–१२०० के.जी. उत्पादन भएको पाईन्छ ।
Q 9. टाढाको बजारमा पठाउने भिण्डी फल के मा प्याकिङ्ग गर्दा राम्रो हुन्छ ?

टाढा वजारमा विक्रीको लागि पठाइने भिण्डीफल प्लाष्टिक क्रेट वा कागजको कार्टुनमा प्याकिङ्ग गरेर ढुवानी गर्नु उपयुक्त हुन्छ ।
Q 10. फल कुन समयमा टिप्न उपयुक्त हुन्छ र टिपी सकेपछि कस्तो ठाउँमा राख्नुपर्दछ ?

भिण्डी फल सकेसम्म वेलुकीपख टिप्नु उपयुक्त हुन्छ । फल टिप्दा सकेसम्म सिकेचरले टिप्नु राम्रो हुन्छ । यदि सिकेचर नपाएमा लाग्ने हसियाले टिप्न सकिन्छ । फल टिपी सकेपछि छायादार स्थानमा राख्नु पर्दछ  ।
Q 11. भिण्डीको ग्रेडिङ्ग कसरी गरिन्छ ?

फलको लम्बाईको आधारमा भिण्डी फललाई ग्रेडिङ्ग गरिन्छ । ६–८ से.मी. लामा कोसा टाढाको वजारका लागि छनौट गरिन्छ भने सो भन्दा लामो वा छोटा कोसाहरु स्थानीय वजारको लागि छुट्याउन सकिन्छ ।
Q 12. भिण्डी फल कस्तो अवस्थामा टिप्नु पर्दछ ?

भिण्डीफल कोसा नछिप्पिएको कलिलो अवस्थामा नै ताजा उपभोगको लागि टिप्नु पर्दछ । ढिला गरी टिपेमा भिण्डीको गुणस्तर घट्दै जान्छ अतः वालीको टिप्ने अवस्था पहिचान गरी वेलैमा टिप्नु पर्दछ ।


Q 13. फड्के कीरा लागेको कसरी थाहा हुन्छ ? यसबाट वच्न के उपाय छ ?

भिण्डी वगैँचा जाँदा फड्के कीराहरु यताउता उफ्री रहेका हुन्छन् । वयस्क तथा लाभे्र दुवैले पातको सतहमा बसेर रस चुस्दछन् । यसको बढी आक्रमणले पातको किनाराबाट पँहेलिन्छ र खुम्चियर पातमा कालो ढुसी वस्दछ । यस वाट वच्नको लागि थायोडान वा मालाथायन १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई १० दिनको फरकमा हुनुपर्दछ ।
Q 14. छिर्के गवारोले भिण्डीमा कसरी नोक्सानी पू¥याउँछ ? यसको रोकथाम कसरी गर्नुपर्दछ ?

छिर्के गवारको वयस्क तथा लाभ्रे दुवैले नोक्सान पुर्याउँछन् । लाभ्रेले विरुवाको मूना, कोपिला, फूल, चिचिला र फलमा प्वाल पारी नोक्सानी गर्दछ तर प्रकोप वढी भएमा साईपरमेथ्रिन विषादी १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई २–३ पटक छर्नु पर्दछ ।
Q 15. भिण्डीको पात पहेलिने रोग के कारणले लाग्दछ ? यसबाट वच्न कस्ता उपायहरु अवलम्बन गर्न जरुरी हुन्छ ?

यो भाइरसवाट उत्पन्न हुन खतरनाक रोग हो । पहिले पातका नसाहरु पहेँला देखिन्छ र पछि गएर पुरै पात पहेँलिन्छ । फलहरु साना र विकृत हुन्छन् । यसका रोकथामको लागि रोगी वोट उखेलेर गाडी दिने वा जलाई दिने, रोग अवरोधक जात पार्वती, अर्का अनामीका लगाउने र सेता झिँगा नियन्त्रण गर्न १ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
Q 16. भिण्डी खेतीमा मल्चिङ्ग (छापो) दिँदा कुन कुन सामाग्री प्रयोग गर्न सकिन्छ ?

दोस्रो पटकको टपड्रेसगरी सकेपछि पराल, घाँस पातले मल्चिङ्ग गर्दा त्यसपछि आउने झारपातको नियन्त्रण तथा चिस्यान कायम राख्ने काम गर्दछ ।

Q 17. भिण्डीबालीमा उप्केरा दिन किन जरुरी हुन्छ ?

गर्मी याममा विरुवा वरीपरी माटो चडाउने व उकेरा दिने कार्य गर्नु पर्दछ जसले गर्दा जरालाई सुख्खा हुनवाट वचाउँदछ।त्यस्तै वर्षातको समयमा पानी जम्ने डर भएमा पनि उकेरा लगाउदा पानी निकास भई जात सजिलो पर्दछ ।
Q 18. भिण्डी वालीमा कुन अवस्थामा सिचाईको बढी महत्व हुन्छ ?

गोडमेल पछि सिचाईको आवश्यकता पर्दछ । माघ महिनामा रोपेको भिण्डी वालीमा वढी सिचाईको आवश्यकता हुन्छ । वाली अवधिभरमा ५–७ पटक सम्म सिचाई गर्नु पर्दछ ।
Q 19. बीउ रोपेको कति समय पछि टप ड्रेसिङ्ग गर्न उपयुक्त हुन्छ ?

वीउ रोपेको करीव १ महिनापछि हल्का गोडाई गरी आधा भाग यूरिया तथा पहिलो टप ड्रेसिङ्गको करीव १ महिनापछि दोस्रो गोडाई गरेर बाँकी यूरिया टपड्रेसगरी सिचाई दिनु पर्दछ।
Q 20. बीउ रोप्ने दूरी हिउँद र वर्षामा फरक पर्दछ ?

हिउँदे खेतीको लागि लाईन देखि लाईनको दूरी ५० से.मि. र बोट देखि वोटको दूरी ३० से.मी. सम्म जरुरी हुन्छ ।
Q 21. प्रति रोपनी जमीनमा भिण्डी खेती गर्दा कति बीउ प्रयोग गर्नुपर्दछ ?

भिण्डी खेती गर्दा मौसम हेरी ५००–१००० ग्राम प्रति रोपनी वीउको आवश्यकता पर्दछ । वर्षातको समयमा ५००–६०० ग्राम वीउ भए पुग्छ भने हिउँदमा गरिने खेतीमा १ के.जी. सम्म जरुरी हुन्छ ।

Q 22. भिण्डी खेती गर्दा जग्गाको तयारीमा कत्तिको ध्यान दिनु जरुरी छ ?

यसको खेती गर्दा करीव ३०–३५ से.मी. गहिरो गरी जोत्ने, २–३ हप्ता अगाडी नै जमीन तयारीको वेला, डि.ए.पी. र पोटास तथा यूरियाको आधा भाग जग्गाको अन्तिम तयारीको वेला तथा आधा भाग यूरिया विरुवा उम्रेर हुर्कन लागेको वेला र वाँकी भाग फूल फूल्न थालेपछि वोट वा वरीपरी हाल्नु पर्दछ ।
Q 23. भिण्डी खेतीमा मलखाद कसरी प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ ?

मलखाद प्रयोग गर्दा गोवर/कम्पोष्ट मल वीउ रोप्नु भन्दा २–३ हप्ता अगाडीनै जमीन तयारीको वेला, डि.ए.पी. र पोटास तथा यूरियाको आधा भाग जग्गाको अन्तिम तयारीको वेला तथा आधा भाग यूरिया विरुवा उमे्रर हुर्कन लागेको वेला र वाँकी भाग फूल फूल्न थाले पछि वोट वा वरीपरी हाल्नु पर्दछ ।
Q 24. व्यवसायिक खेतीको लागि मलखादको मात्रा कति दिनुपर्दछ ?

यसको राम्रो उत्पादन लिनको लागि प्रति रोपनि कम्पोष्ट मल १००० के.जी., यूरिया १० के.जी., डि.ए.पी., ७ के.जी. तथा म्यूरेट अफ पोटास ३ के.जी. दिनु पर्दछ । यस मध्ये यूरियाको आधा भाग दुई पटक गरेर टप ड्रेस गरिन्छ ।
Q 25. भौगोलिक क्षेत्र अनुसार वाली लगाउने समय र जातहरु के के छन् ?

भौगोलिक क्षेत्र अनुसार वाली लगाउने समय फरक पर्दछ । तराईमा माघ देखि आषाढ सम्म मध्यपहाडमा फाल्गुण देखि आषाढ सम्म तथा उच्च पहाडमा वैशाख देखि जेष्ठ सम्म लगाईन्छ तर उच्चहाडमा भिण्डी खेती त्यति राम्रो हुँदैन । हाल नेपालमा पुसा सावनी, पार्वती तथा अर्का अनामीका जातहरु प्रसिद्ध छन् ।
Q 26. यसमा रहेको चिल्लो पदार्थ के के मा प्रयोग गर्न सकिन्छ ?

यसमा प्राप्त हुने डाँठ र जराको चिल्लो पदार्थ सख्खर उत्पादन, उखुको रस सफा गर्न र कागज उद्योग पनि प्रयोग गरिन्छ ।
Q 27. भिण्डीको सेवनबाट धेरै रोगहरुबाट बच्न सकिन्छ भनिन्छ ती कुन कुन हुन् ?

यसको सेवनवाट कोलेस्टारको मात्रा घटाउने, रक्तचाप कम गर्ने, आँखाको रेटिनालाई स्वस्थ राख्ने, पाचन प्रणाली सुचारु राख्ने, कब्जीयत हुनवाट वचाउने तथा क्यान्सर हुने खतरावाट समेत वचाउने वताईएको छ ।
Q 28. भिण्डीको प्रयोग कुन कुन रुपमा प्रयोग गर्न सकिन्छ ?

कलिलो फल तारेर वा तरकारी पकाएर खाने गरिन्छ । यसको सूप पनि वनाइन्छ र खुवै स्वादिष्ट हुन्छ । डाँठ र जराको चिल्लो पदार्थ शख्खर वनाउन प्रयोग गरिन्छ ।
Q 29. भिण्डीमा प्राप्त हुने मुख्य मुख्य सक्रिय तत्वहरु कुन कुन हुन् ?

यसमा प्रोटिन, भिटामीन ए, वी, सी, क्याल्सीयम, फस्फोरस, वीटा–क्यारोटीन, ल्युटिन रेशा आदि प्रशस्त मात्रामा उपलब्ध हुन्छन् ।
Q 30. भिण्डी खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

प्राङ्गारिक पदार्थ प्रशस्त भएको, मलिलो, वलौटे दोमट माटो सवै भन्दा राम्रो मानिन्छ । माटोको पि.एच. मान ६–६.८ सम्म भएमा उत्पादन राम्रो हुन्छ ।
Q 31. भिण्डी खेतीको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

भिण्डी उष्ण तथा उपोष्ण क्षेत्रको तरकारी वाली हो । यस समूहका वालीहरुलाई गर्मी आदर्ता हावापानी र घाम लाग्ने मौसमको आवश्यकता पर्दछ । यसले तुषारो विल्कुलै सहन सक्तैन । यसको वोटको वृद्धि, फुल्ने तथा फल्नको लागि २५–३० डि. से. तापक्रम उपयुक्त मानिन्छ ।