नेपालमै बसेर थोरै लगानिमा लाखौँ कमाउनको लागी यि बिरुवा हरु धेरै उपयुक्त !

1. अलमण्ड (Almond)
2. अगरवूड (Agarwood)
3. बोधिचित्त (Bodichitta)
4. रक्त चन्दन (Red sandle wood)
5. जैतुन (ओलिभ/Olive)
6. रुद्राक्ष (Rudraksha)
7. पाउलोनिया (Paulonia)

1.कसरी गर्ने अलमण्ड (Almond)को खेती ? जसको बजारमा राम्रो माग छ !
• परिचय
नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइन्छ ।


• मधेसी बदामको गुण
मधेसी बदाममा फाइबरको मात्रा हुन्छ र भिटामिन इ, म्याग्नेसियम,सिलिनियम, क्यालसियमजस्ता मिनरलको मात्रा प्रचुर हुन्छ। बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । आर्युवेदमा दिनहु २ ओटा मधेसी बदाम खानेलाई कुनै पनि आखाको समस्या नहुने जनाइएको छ तथा आखाको क्षमतालाई महत्वपूर्ण सहयोग पुर्याउछ। बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ । बदामलाई सिधै खानुको साथै चकलेट, केक, तेल, औषधि बनाएर पनि उपभोग गरिन्छ।


• मधेसी बदामको प्रयोग
गर्भवती अवस्थामा पोषणका रूपमाः– मधेसी बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । अझ प्रभावकारी नतिजाको लागि बदामलाई दूधमा भिजाएर एकचिम्टी केसर मिलाई प्रत्येक दिन खाँदा आमा तथा बच्चा दुवैलाई भरपूर पोषण मिल्छ ।
कोलस्ट्रोल घटाउन:- तेलजन्य फल भए पनि यसले शरिरको कोलस्ट्रोल घटाउन मद्दत पुर्याउछ साथै मुटुका लागि यो अत्यन्त उपयोगी मानिन्छ।
दिमागका लागि:-दिमागलाई पोषण दिने स्रोतको रूपमा बदाम प्रख्यात छ । भिटामिन इ, विभिन्न पोषक तत्वहरू तथा अत्यावश्यक चिल्लो पदार्थहरूले युक्त यस फलमा स्मरणशक्ति र बुद्धि बढाई दिमाग तेजिलो राख्ने गुण निहित हुन्छ । दिनदिनै ४ देखि ६ दाना बदामलाई पानीमा भिजाएर यी दानाहरूको सेवन गर्दा शरीर र दिमागका लागि अत्यन्त फाइदा हुन्छ ।
शरीरको शीतलताको लागि:-पिसेको बदामलाई दूधमा पकाएर बनाएको खीरलाई शरीरमा शीतलता प्रदान गर्ने, थकान मेटाउने तथा दिमागलाई सुचारु राख्ने प्रभावकारी पदार्थ मानिन्छ ।
हेमोग्लोबिनको स्रोत:-बदाममा हुने उच्च मात्राको ताम्र तथा लौहपदार्थले रगतमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ ।
• नेपालमा मधेसी बदाम खेतीको संभावना
नेपालको भौगोलिक परिवेश मधेसी बदाम खेतीलाई अत्याधिक उपयुक्त मानिन्छ। यहा ६०० मिटर भन्दा माथि करिब ३५०० मिटरसम्मका पाखाबारीमा समेत मधेसी बदाम खेती गर्न सकिन्छ। यी उचाई अन्तर्गतका क्षेत्रमा परम्परागत खेती अन्तर्गत नेपालमा हालसम्म खासै आम्दानी लिन सकिएको छैन। तराइको बाजो जमिन तथा पहाडि क्षेत्रका यस्ता प्रयोगहिन पाखाबारीहरुमा मधेसी बदाम लगाएर नेपाललाई मधेसी बदामको उधोगको रुपमा बिकास गर्न सकिन्छ। यो खेतीलाई सामुदायिक वनमा जंगली प्रविधिबाट खेती गरेर पनि आम्दानी लिन सकिन्छ।
आरु प्रजातिको यो बनस्पति सम्पूर्ण रुपमा आरुजस्तै देखिन्छ। बिश्वभरी आरु पाइने क्षेत्रमा यसको खेती गरिदै आएको छ। मधेसी बदामलाई आरुको र दभततभच मधेसी बदामको बोटमा कलमी पनि गरिन्छ। तर कलमी बाट बनाइएको कलमी गरीएको युनियनमा बिभिन्न समस्या आउने गरेकोले यसलाई सिधै बिरुवाबाट खेती गरीन्छ। बीउ बाट बनाइएको बिरुवाबाट मधेसी बदाम खेती गरिदैन टिस्युकल्चर गरेर बनाइएको बिरुवाबाट खेती गरिन्छ। आरु जस्तै हलक्क बढ्ने मधेसी बदामको भारतिय कागजी र अमेरिकन एच डि वान अन्तर्गतको शालिमार भेराइटी विश्वप्रसिद्ध मानिन्छ।
मधेसी बदाम फल्न शुरु भएपछि १५-३० बर्षसम्म निरन्तर यसले उत्पादन ( ५ – ३० के जि) दिन्छ। यसको बोट १० देखि २० फुटसम्म अग्लो हुन्छ तर यसलाई कटिङ गरेर सानो बनाउन पनि सकिन्छ। अमेरिकाजस्ता देशहरुमा सामान्यतया यसलाइ फागुन चैतमा खेती गरिने भए पनि नेपालजस्ता देशहरुमा पतझड जातको बनस्पति भएको कारण जाडो महिना (पौष, माघ,फागुन ) सबैभन्दा उपयुक्त मानिए पनि पानिको संभावना भएको ठाउमा सबै महिनामा यसको खेती गर्न सकिन्छ भने पानीको कम संभावना भएको ठाउमा बर्षायाम उपयुक्त हुन्छ। यसको उत्पादन अगस्त सेप्टेम्बरमा लिने गरिन्छ र बजारमा लैजाने काम अक्टोबर नोबेम्बरपछि गरिन्छ। फलजन्य बालीभए पनि मधेसी बदाम ड्राइ फल भएकोले बिग्रने डर हुदैन आफूलाई अनुकुल समयमा बजारमा लैजान सकिन्छ।
• खेती प्रविधि
आरु फल्ने ठाउँमा प्राय यसको खेती गर्न सकिन्छ
मधेसी बदाम खेती गर्मी महिनामा ३५ डिग्रीसम्म तातो हुने ठाउमा गर्न सकिन्छ। त्यस्तै बिशेष गरि यो बालीको लागि खुकुलो माटो राम्रो मानिएता पनि पहाडि क्षेत्रका प्राय सबै माटोमा यो खेती गर्न सकिन्छ। पानीको लागि सिचाई सुविधा नभएपनि सरदर ८०० मिलि पानी पर्ने स्थानमा यसको खेती गर्न सकिन्छ। यसलाइ जैविक तथा गाईवस्तुको मलका साथै रासायनिक मलको प्रविधिवाट पनि खेती गर्न सकिन्छ। यो पहाडि इलाकाको घाम लाग्ने पारिलो पाखामा राम्रो खेती भएता पनि ६ घण्टा सम्म घाम लाग्ने सबै पहाडि इलाकामा यसको खेती गर्न सकिन्छ। पानी नलाग्ने पाखाहरु वा बर्षे पानीको भर पर्नु पर्ने टारहरुमा पनि मधेसी बदामको खेती गर्न सकिन्छ।
• बजार क्षेत्र
बिश्वमै अत्यन्त महगो मानिने मधेसी बदामको बजार विश्व भरिनै निकै नै राम्रो मानिनुका साथै यसको खेती बाट अत्यन्त ठूलो आम्दानी लिन सकिन्छ। नेपालले प्रत्येक बर्ष रु. ५० करोडभन्दा बढिको मधेसी बदाम खरिद गर्ने गर्दछ। यस आधारमा स्वदेशमा पनि मधेसी बदामको बजार अधिराज्यभरि नै राम्रो भरपर्दो देखिन्छ। साथै अन्तराष्ट्रिय अर्गानिक प्रमाणित गर्ने संस्थाबाट अर्गानिक प्रमाणित गराएपछि अन्तराष्ट्रिय बजारमा पनि राम्रो पकड रहनेछ। बिशेषगरेर पहाडि क्षेत्र नभएका धेरै देशहरुमा मधेसी बदामको ब्याबसायिक निकासीको संभावना ब्यापक छ।
• लगाउने विधि
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
————————–————————–————————–——
अलमण्ड (Almond) बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9860309157,9845421906,9808511981

 

2.  के हाे अगरवूड ?  यसबाट कति कमाउन सकिन्छ ?

परिचय :
अगरवूड संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि जापान,मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ ।
यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको खेति गर्न सकिन्छ ।
अगरवूड उच्च महत्व भएको विरुवा हो । भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । अगर को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ ।
स्थानीय नाम : अगरवूड , अलोजवूड , इगलवूड ,अल्गरहोल्ज,उड,उथ..आदि ।
उचाइ: करिब ४० मिटर अग्लो
मोटाइ: १.५ देखि २.५ मिटर मोटाइ
खेती गर्न कठिनताःसामान्य

अगरवूडको विश्वव्यापी बजार :
विश्वव्यापी रुपमा अगरवूड खपत हुनै विशेष २ क्षेत्र छन् ।
१.उत्तर पूर्वी एसीया तथा ताइवान , कोरीया, जापान आदिका बजारहरु
२.अरेवीयन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरु
३ .अगरवूडको मुख्य फाइदाहरु औषधिको लागि, धार्मिक प्रयोगको लागि र सांस्कृतिक प्रयोगको लागि विशेष मानिन्छ । भारतको पश्चिमी क्षेत्र तथा दक्षिण पूर्वी एसियाको क्षेत्रमा अगरवूड उत्पादनको कुनै क्षेत्र नपाईएकोले अरबको एक अर्थबजारले यसको बजार करिब २००० वर्ष सम्म सकृय रहने जनाएको छ ।
४.हाल विश्वव्यापी रुपमा अगरवूडको व्यापार करिब ६ विलियन अमेरिकी डलर(करिब रु.६ खरब) देखि करिब १२ विलियन अमेरिकी डलर(करिब रु.१२ खरब) रहेको छ ।
५. ५देखी१० बर्षमा अगरवुडको उत्पादन लिन सकिन्छ । एउटा राम्रो चोप भएको अगरवुड रुखले रु. १० लाख देखी २ करोड सम्म दिन्छ !
६ . यदि तपाईले चोप ननिकालीकन होलसेलमा बिक्रि गर्नु भयो भने पनि , ५ वर्ष पछिको विरुवाबाट करिब रु.३ लाख नाफा हुन्छ ।

खेति प्रविधिः
अगरवूड नेपालको तराई भूभाग देखि पहाडि भूभाग ( समून्द्रि सतहबाट देखि १८०० मिटर ) सम्ममा औशत वर्षा हुने ठाउको लागि अति राम्रो मानिन्छ । यसको लागि घाम लाग्ने ठाउँ सौर्यप्रकाशको आवश्यकता पर्छ । हल्का अम्लियपन(पि.एच.४ देखि ६) भएको नरम तथा हल्का माटो यसको लागि उपयूक्त मानिन्छ ।
अगरवूड धेरै मात्रामा विरुवा उत्पादनको लागि यसको विरुवा उमार्ने काम नर्सरीमा गरीन्छ ।अगरवूड अक्वालेरिया मालास्सेन्सिजको दाना फल हो जुन ३.५ देखि ५ सेन्टीमिटर लामो , अन्डाकार , खैरो रड.को हुन्छ ।एक फमा एक वा दुइटा सम्म विउ हुन्छ ।
अगरवूड सदा हरीयाली हुने विरुवा हो ।यो पानी जम्ने र दलदल भएको जमिन बाहेक सबै खाले माटोमा ,तराईको समथर भुमी देखी भिरालो पहाडमा लगाउन सकिन्छ ।यसको अलवा तेल पाम खेती हुने ठाउ तथा कफि खेति हुने ठाउमा पनि यसको खेति गर्न सकिन्छ ।यसको खेतिको लागी परस्पर पंति खेतिप्रविधि जस्ता विभिन्न प्रविधिहरु अपनाउन सकिन्छ ।
यसको खेति गर्नको लागि सर्व प्रथम १०/ १५ फिटको फरकमा खाडल खन्नुपर्दछ ।खाडल विचको दुरता (६ मिटर) खेति प्रविधिमा भर पर्दछ ।
त्यसपछि पोलिथिनबाट विरुवा निकालेर ०.५ वर्ग मिटरको खाडलमा राखिन्छ । माटोले खाडल पुर्दा सतहमा पानी नजम्ने गरी व्यवस्था मिलाउनु पर्छ । प्रति
विरुवालाई वरपर(करिब ५० से.मी) भएका अन्य विरुवाबाट जोगाउनु पर्छ । वरपरका विरुवाले उसलाई हुर्कन बाधा पुर्याउने हुदा ५ वर्ष नपुगुन्जेल वार्षिक २ देखि ३ पटक गोडमेल गर्नु पर्छ । यसबाट विरुवालाई जमिनबाट अक्सिजन तथा खाध पदार्थ लिनमा सहजता आउछ ।
सामान्य अवश्थामा विरुवा विचको दुरी ३ देखी ६ मिटरको रहन्छ (करिब १७०० विरुवा प्रति हेक्टर) । विरुवा पुर्ण रुपमा हुर्किनको लागि करिब ८ बर्ष लाग्छ ।
विरुवालाई १ फीटको खाडलमा उपयूक्त रुपमा साझ वा वादल लागेको बेलामा लगाइन्छ । विरुवा लगाइसकेपछि उचित मात्रामा पानी हाल्नु पर्दछ । यदि सार्वजनिक स्थलमा विरुवा लगाइएको भए विरुवा राम्ररी लगाएर राख्नु पर्छ ।विरुवालाई सिधा बनाउनको लागि केहि आड दिन पनि सकिन्छ । विरुवाको तिव्र बृद्धिको लागि वरपरका विरुवाहरु हटाउनु पर्दछ गोडमेल गरि माटो खुकुलो बनाउनु पर्दछ ।
सौर्य प्रकाश : यस विरुवाको लागि प्रयाप्त मात्रामा सूर्यको प्रकाशको आवश्यकता पर्दछ ।
माटो: यो लगभग सबै खाले माटोमा हुने विरुवा भएता पनि जंगलीय माटो मा प्रांगारिकता बढि हुने हुदा त्यस्तो माटोमा यो छिटो हुर्कन्छ । यदि सिंचाईको राम्रो व्यवस्था भएमा सुख्खा माटोमा पनि यसको खेति गर्न सकिन्छ । यधपि यसको लागि हल्का अम्लीय र मलिलो माटो उपयुक्त मानिन्छ । यसबाट प्राप्त हुने बास्नादार चोप बनाउनमा सहयोग गर्ने फन्जाइ आद्र हावामा हुने हुदा त्यस्तो हावापानी भएको ठाउ यसको लागि राम्रो मानिन्छ ।
पानी : यसको लागि पानी धेरै मात्रामा चाहिदैन । यदि जमीन कम मलिलोे छ भने मासिक तिन पटक सिचाइ गर्दा राम्रो हुन्छ ।
मल : यदि विरुवा जंगलीय क्षेत्र तथा मलयूक्त क्षेत्रमा लगाइएको छ भने खासै मल हाल्नु पर्दैन । तर यदि जमीन त्यति मलिलो छैन भने करिब २ वर्ष पछि केहि रासायनिक मल प्रयोग गर्नुपर्छ ।
विरुवा करिब ५ वर्षको हुदा मलमा नाइट्रोजन को मात्रा बढाउनु पर्दछ । यसले चोपको उत्पादनमा बृद्धि गर्नुको साथै फन्जाइलाई आकर्षित गर्न गद्दत गर्छ ।

हेरचाह :
जब अगरवूडमा प्राकृतिक तथा कृत्रिम आघात पर्छ , फन्गसहरु विरुवामा प्रवेश गर्छन् ।फन्गसको आक्रमण हुन थालेपछि विरुवाले कालो बास्नादार चोप निकाल्छ जसले फन्गसको प्रतिरोधको रुपमा काम गर्छ ।
विरुवा लगाउने समयमा विरुवालाइ हेरचाहको आवश्यकता पर्दछ ।
त्यसपछि विरुवाको लागि खासै ख्याल र श्रम गर्नु पर्दन । पछि पनि १०० एकर जमीनको लागि २ जनाले मात्रै काम गर्दा प्रयाप्त हुन्छ ।

विशिष्ट विशेषताहरु :
यसलाई भगवानको वृक्षको नामले पनि चिनिन्छ । यसको प्रयोग विभिन्न धार्मिक कार्यहरु देखि लिएर औषधिय पिय पदार्थ बनाउन तथा चिनमा सजावटको रुपमा पनि प्रयोग गरिन्छ ।बुद्ध ,मुस्लिम, हिन्दू सबै धर्मलम्बीको लागि यो रुख अत्ती नै उपायोगी छ ।

प्रयोग :
औषधिको रुपमा : यसको तेल विभिन्न रोगहरु जस्तै डिप्रेसन ,क्यान्सर ,दम,उच्च रक्तचाप ,हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ ।
सजावटको रुपमा : यसको काठबाट निकालिने तेल विभिन्न बास्तादार चिजहरु जस्तै अत्तर बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरु , बास्नादार बस्तुहरु बनाउनमा यसको प्रयोग गरिन्छ ।
स्वास्थ्य क्षेत्रमा फाइदाहरु :
१.यरोमाथेरापीको रुपमा प्रयोग गर्दा अगरवूडको तेलले मानसिक तनाव , रक्तचाप , डिप्रेसन लगाएत विभिन्न मानसिक रोगबाट मुक्ति दिलाउन मद्धत गर्दछ ।
२.अगरवूडको तेल कलेजो र मृगौलाको समस्या तथा फोक्सो , पेटमा हुने ट्युमरको उपचारको लागि प्रयोग गरिन्छ ।
३.यसको तेल दम, बाथ , यौन रोग आदिको उपचारको लागि प्रयोग गरिन्छ ।
अगरवूडका केहि रोचक तथ्यहरु
१.एउटा ८० वर्ष पुगेको रुखबाट ६ देखि ९ के.जी. अगरवूड तेल निकाल्न सकिन्छ ।
२.एउटा ५० वर्ष पुगेको रुखबाट २.७ देखि २.६ के.जी. अगरवूड तेल निकाल्न सकिन्छ ।
३. १.२ देखि ३.६ के.जी.को काठबाट १ तोला(१२ मि.लि) तेल निकाल्न सकिन्छ ।
४.अगरवूड रुखबाट केहि समय अन्तर गर्दै निरन्तर रुपमा तेल निकालिरहन मिल्छ । रुखबाट तेल सकिने भन्ने हुदैछ ।
५.यसबाट हुने उत्पादन रुखलाई फड.गसले गर्ने आक्रमण दरमा भर पर्छ । यसलाई चोप बन्ने प्रक्रिया पनि भनिन्छ ।

तेलको गुणस्तर र ग्रेड
१.ग्रेड बि. : यस ग्रेडको तेलको सुद्धता ग्रेड ए को भन्दा कम हुन्छ । एक तोला(१२ मिलि) को मुल्य करिब २०० अमेरिकन डलर(करिब रु.२०,०००) पर्छ ।
२.ग्रेड ए : यो थाइल्याण्डमा उत्पादन हुने सबभन्दा सुद्ध तेल मानिन्छ । यसको सुद्धदा करिब ९५ देखि ९९ प्रतिशत हुन्छ । एक तोला(१२ मिलि) को मुल्य करिब २६० अमेरिकन डलर(करिब रु.२६,०००) पर्छ ।
३. यसको सुद्धदा १०० प्रतिशत हुन्छ । यो भारतको आसाममा मात्र पाउन सकिन्छ । एक तोला(१२ मिलि) को मुल्य करिब ३५० अमेरिकन डलर(करिब रु.३५,०००) पर्छ ।

१.विश्वमा सबभन्दा महत्वपूर्ण वृक्ष ,
२.अगरवूड तेल उत्पादनको लागि सबभन्दा राम्रो जात अक्वालेरिया क्रास्ना,
३.एसीयाका ११ देशमा पाइने ,
४. ६ देखि २० मिटर अग्लो हुने ,
५.अगरवूड तेल विश्वकै उच्च श्रेणीको तत्व ,
६.यसको पात मधुमेह , दम आदिको उपचारको लागि प्रयोग हुने ,
७.यसको तेल विभिन्न छाला सम्बन्धि रोग उपचारमा प्रयोग हुने ,
८.यसको काठको धुलो धुप जस्ता बास्नादार बस्तु बनाउन प्रयोग हुने ।

अगरवूड बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

 

3. लाखौं करोडौं आम्दानी दिने बोधिचित्त बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ!

व्यापारः

एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ ।काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरबभन्दा बढीको कारोबार हुन्छ ।यसको व्यापार र आम्दानी बढेको कारण देशै भरि यसको खेती गर्ने अहर चलेको छ । माग अनुसार बिरुवा उत्पादन हुन नसकेको र उत्पादन लागत नै महड्गो पर्ने भएकोले एउटै बिरुवा उमेर र साइज हेरेर सातसय देखि दशहजारसम्ममा बिक्रीहुने गरेका छन् ।यसका दाना र मालाहरु खरिद गर्न चिन,ताइवान,मकाउ लगायतका धेरै व्यापारीहरु घर घरमा आउने गरेको किसानहरु बताउछन् ।नेपालको हालको उत्पादनले बजारको माग धान्न नसकेकाले बजार मुल्य दिन प्रतिदिन बढ्दो छ । यसका दानाको सतहमा प्रष्ट देखिने कुशल कलाकारले कुंदेकाजस्ता आकषर्क विभिन्न कोणका चिन्हहरु हुन्छन् ।त्यस्ता कोणलाई यसको मुख वा सुर भनिन्छ ।मुख बढ्दै गएअनुसार यसको मुल्य पनि पढ्दै जान्छ ।हालसम्म एकदेखि नौ मुख सम्मका दानाहरु पाइएका छन् ।नौ मुखे राम्रो आकार र गोलाइ भएको एउटै दाना रु.४ लाख र नौ मि.मि गोलाइबाट बनेको दुइ मुखे दानाको एउदै मालाको १ लाख भन्दा बढीमा बिक्री हुने गरेको छ ।


२०७२ सालमा बिक्रि भएअनुसार बोधिचित्तको दाना तथा मालाहरुको सालाखाला होलसेल मुल्यः
८ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ लाख ,
९ मिमिको १०८ दानाबाट बनेको १ मालाको १ लाख ,
१० मिमिको १०८ दानाबाट बनेको १ मालाको ४० हजार ,
११ मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
१२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ६ हजार ,
१३ देखि १६ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ हजार ,
१७ देखि १८ मिमिको १०८ दानाबाट बनेको १ मालाको १२ हजार ,
१९ देखि २० मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
२१ देखि २२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ३० हजार
दुइमुखे दाना सालाखाला प्रति माला १० हजार,
तिनमुखे दाना सालाखाला प्रतिगोटा रु.१२५ ,
४ मुखे दाना सालाखाला प्रतिगोटा रु.१२०० ,
५ मुखे दाना सालाखाला प्रतिगोटा रु.१०,००० ,
६ मुखे दाना सालाखाला प्रतिगोटा रु.४०,००० ,
७ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,००,००० ,
८ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,५०,०००
र ९ मुखे दाना सालाखाला प्रतिगोटा रु.४,००,००० मा बिक्रि हुने गरेको छ ।
================================================
परिचयः
नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको , झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने ,स्थानीय वनस्पति हो वोधिचित्त ।
यो वनस्पति नृपालमा बाहेक संसारका कुनै ठाउंमा पनि पाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल भनिन्छ । बुद्ध धर्मावलम्बिहरुका अनुसार बोधिचित्त विरुवा आठौं सताब्दी तिर गुरु पद्म सम्भम(गुरु रेम्पो छे) लुम्बिनीबाट तिब्बत फर्किने बेलामा तिमालमा तपस्या गरि जान लाग्दा तिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको छ ।सम्भवतः यसको बीउ र माला गुरु पद्म शम्भवले लुम्बिनी बाट ल्याएको हुनु पर्छ ।परम्परागत रुपमा यसको खेती तिमाल क्षेत्रमा मात्र गरिन्थ्यो ।नातागोता , इष्टमित्र र आफन्तहरुलाई उपहारको रुपमा यस्को बिउ र बिरुवाहरु दिने गरिएकाले तिमाल आसपासका गाउंहरु जस्तै महाभारत श्र्रीड.खला,काभ्रेकै कोशी पारीका गाउहरु , रामेछाप, सिन्धुली,दोलखा आदि ठाउहरुमा पनि केही दशक अघिदेखि अलि अलि फैलिएको थियो ।यसको धार्मिक तथा आर्थिक महत्व दिन प्रतिदिन बढ्दो छ । र विश्व बजारमा यसको माग धेरै बढेकाले अहिले नेपालका लगभग सबैजसो जिल्लाहरुमा यसको खेती गरिन थालिएको छ ।काठमाण्डौका विभिन्न स्थानहरुमा बोधिचित्त फलिसकेकाले काठमाण्डौ उपत्यका र यस्तै हावापानि हुने अन्य सनमा पनि यसको खेतित हुनसक्ने देखिन्छ ।
===============================================
नामाकरणःनेपाली भाषामा बोधिचित्त वा बुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरुले बुद्धमाला,माला र फ्रड्वामाला पनि भन्दछन् ।तिब्बती भाषामा ठेड्वा माला र तिनीया भाषामा फड. याड. फू थी भनिन्छ । बयर जातको वनस्पतिको वैज्ञानिक वा जेनेरिक नाम जिजिपस र सोहि जात भित्र पर्ने प्रजाती बोधिचित्त भएकाले नेपाली वैज्ञानिकहरुले यसको प्रजातिय नाम बुद्धेन्सिस नामाकरण गरेका छन् ।तसर्थ यसलाई जिजिपस बुद्धेन्सिसको नामले विश्वमा चिनिन्छ ।


=========================================
धार्मिक महत्वःबुद्धमार्गीहरुले जप गर्दा प्रयोग गरिने पवित्र माला यही बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ ।यसको जोड्निमा एउटा अनि ठुलो अतिरिक्त दाना राखिएको हुन्छ ,त्यसलाई गरुदाना भनिन्छ ।जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु,न्यासि,ध्यानी र उपासकहरुले यसको प्रयोग गर्दछन् ।यस्लाई भगवान बद्धसग साक्षात्पकार गराउने पवित्र साधन मानिन्छ ।बोधिचित्तको मालाबाट जप, ध्यान,मन्त्रोच्चारण र धारण गर्दा चिताएको पुग्ने ,सिद्धि प्राप्त हुने,अन्जानमा गरेको पाप काटिनने र मृत्यु पछि पनि शान्ति र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ ।यसको माला सबै खाले पुजा र जपमा प्रयोग गरिन्छ ।यस मालाबाट जप गर्दा परिवार र समाजलाई नै लाभ प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।बोधिचित्तको माला बुद्ध भिक्षुहरुलाई दान दिएमा ती भिक्षुहरुले जपगर्दा प्राप्त हुने पुण्य वा लाभको केहि अंश माला दान गर्ने ब्यक्तिलाई समेत प्राप्त हुने विश्वास पनि रहेको छ ।घरमा राखिएका बुद्धका मूर्ति,फोटो तथा आफ्ना स्वर्गीय जनहरुको फोटोहरुमा समेट यसको माला अगाइदिने गरिएको छ ।विवाह,स्वागत,बिदाइ जस्ता शुभकार्यहरुमा समेत गहना र उपहारका रुपमा यसको माला,ब्रास्लेट,लकेट आदि दिने प्रचलन बढेको छ ।यस्को माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !
===============================================
खेती प्रविधिः यसको दाना फुटाएर निकालिएको बीउ लाई माटो भरिएको सोलीमा राखेर बिरुवा उमारिन्छ । सोलीमा भर्ने माटोलाई भरसक जंगलबाट संकलन गरी मसिनो जालिमा राम्ररी चाल्नु पर्छ ।जंगलको कालो र फुको माटो विरुवा राम्ररी उमार्न उपयोगी हुन्छ ।बीउलाई पालिब्यागमा राखेर त्यसलाई ग्रीन हाउस,विशेष किसिमको प्लास्टिकछाना,चित्रा वा खरको छानाले बनाएको सेडमा राखी विरुवा उमार्न सकिन्छ ।बिरुवामा ढुसी लागेमा राम्रो र सग्लो बिरुवा पनि हेर्दा हेर्दै ओइलिन्छ ।त्यसैले बिरुवा उम्रनासाथ ५ देखि ७ दिन बिराएर वा बिरुवाको अवस्था हेरेर फडि.्गसाइट नामको विषादि पानीमा घोलेर स्प्रे गर्नुपर्छ ।साना बिरुवामा १ लिटर पानीमा १ ग्राम र ठूला बिरुवामा २ ग्रामसम्म यसको धुलो मिसाउनु पर्दछ ।यो औषधि प्राय प्याकेटमा धुलोरुपमा पाइन्छ ।कम्पनि अनुसार आफ्नै नाम राखिएको हुन्छ ।बिरुवा २ फिट अग्लो भएको बेला कहिले काहि किरा लागेर डांठ प्वाल पर्ने गरेको पाइन्छ ।तसर्थ फल दिन नथालुन्जेल बिरुवाको राम्ररी हेरचाह गर्न जरुरी छ ।यदी किरा लागेको पाईयमा साले सुइले डिजेल वा मटीतेल तोनेर सो प्वालमा हालीदिनु पर्छ र लेसीलो माटोले प्वाल टालिदिनु पर्छ । विरुवा सोलीमा उम्रिएको ३ महिना देखी १ वर्ष सम्ममा यसको खेति गरिने जमीनमा सार्नु उपयूक्त मानिन्छ ।माघको पहिलो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म र जेठको अन्तिमदेखि असोजसम्म रोप्न उपयुक्त मानिन्छ ।अन्य समयमा रोप्न चाहाने हरुले पहिले गमलामा राम्ररी हेरचाह गरी सार्ने र अर्को वर्ष उपयूक्त समयमा जमीनमा सार्नु पर्दछ ।
————————————————————————
नेपालको तराइ देखि २५०० मिटरको उचाइसम्म पारीलो ,सेप नलाग्ने,पानी नजम्ने कोठेबारी,बगैचा,बारी ,पाखो,पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्नसकिन्छ ।यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ ।कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ ।यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ ।२० देखि २५ फिट अग्लो झ्याडि.्गएको हुने र एक पटक रोपेपछि सय वर्ष भन्दा बढी समय सम्म फल फलिरहन्छ ।
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।
==============================================
लगाउने विधि :
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
==========================================
बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9813275400,9808511981,9845421906,9808511981)

 

4. समयएमै रक्त चन्दन लगाएर ,आर्थीक लाभ लिउ!!!

परिचय:
अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।
हरेक दिन ट्रकका ट्रक रक्त चन्दन नेपालका विभिन्न ठाउंबाट पक्राउ परेको समाचार आउन थालेपछि नेपाली जनमानसमा पनि रक्त चन्दनको विरुवा प्रति ठूलो जिज्ञासा र मोह जागेर आएको छ। विश्वका १० महगां काठ हरुमध्ये रक्त चन्दन पनि एक हो । रक्त चन्दन धार्मिक दृष्टिकोणले जति महत्वपूण छ ब्यवसायिक हिसावले पनि त्यो भन्दा कुनै मानेमा कम छैन । रक्तचन्दन हिन्दु धर्मका पवित्र ग्रन्थहरुमा उच्च महत्वका साथ ब्याख्या गरिएको छ । साथै हिन्दु धर्म संस्कृति अनुसार प्रत्येक पुजा आजामा पवित्र वस्तुको रुपमा यसको प्रयोग गरिन्छ । ।गोलो आकारको पात हुने रक्त चन्दनको रुख खासै ठूलो हुदैन
रक्त चन्दन ६ देखि ३८ ड्रि्री सेल्सियसको तापक्रम भएको स्थानमा हर्कने गर्दछ ।यसको ब्यावसायिक खेती तराई देखि मध्य पहाडसम्म सजिलै गर्न सकिन्छ । साथै मध्य पहाड भन्दा माथिल्लो भेगमा समेत यसको खेती गर्न सकिन्छ । अलि जाडो हुने स्थानमा यसको खेती गर्दा उत्पादन भने अलि ढिलो दिने हुन सक्छ । नेपालमा तराई साथै पहाड प्रसस्त भएको हुदाँ यसको खेती दुवै ठाउँमा राम्ररी फस्टाउन सक्छ ।

बिषेशता:
————
रक्तचन्दनको काठ कडा, चाम्रो र नचर्किने भएकोले यसबाट आकर्षक खेलाउना, झयाल, सन्दुक बनाउन प्रयोग गरिन्छ । यसको काठलाई पेलेर वाष्पिकरण गरि तेल निकाल्ने गरिन्छ । जुन तेलबाट मुटु, किडनी, क्यान्सर र रगत सफाईको लागि अचुक औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । चन्दनको मुढालाई पकाएर, मेशिनले पेलेर निकालिने तेलको मुल्य चीनमा ५ हजार डलर प्रति लिटर सम्म पर्छ । एक क्वीन्टल काठबाट अर्ढाई देखि ३ लिटर. सम्म तेल निकाल्न सकिन्छ । राम्रो काठ भएमा ५ लिटर सम्म तेल निकाल्न सकिन्छ ।। एउटा रुखबाट ३ क्वीन्टल सम्मको काठ निकाल्न सकिन्छ । यस हिसावले एक क्वीन्टल काठवाट झण्डै १०लाख वरावरको तेल निकालिने भएकोले चीनका व्यापारीहरुले यसलाई राम्रो मूल्य चुकाउने गर्दछन । र यसको भाउ वढनुको कारण यो पनि एक हो।
यसको सुगन्धित धुलो लगाएर नुहाउदा छालाको सवै रोग हरण हुने विश्वासमा सौर्न्दर्य पारखीहरुले किनेर प्रयोग गर्ने गर्दछन्। यसको तेलबाट महंगो ‘सेन्ट’ बनाईन्छ । चन्दनको काठको फर्निचर घरका कोठामा प्रयोग गरेमा मच्छेड किराहरु नआउने बताईन्छ । चीनको वेइजिंग शहरमा त रक्तचन्दनको काठबाट बनाईएको विभिन्न किसिमका फर्निचर काष्ठकला, बास्तुकलाको नमुनाहरु संकलन गरि एउटा भव्य संग्राहलय नै बनाइएको छ।

नेपालमा रक्तचन्दनको सम्भावना:
—————————————-
नेपालको जंगलमा छिटपुटरुपमा चन्दनको रुख पाईने भएता पनि व्यवसायिकरुपमा यसको खेती गरेको पाईदैन । विगत एक वर्षयता भारतीय चन्दन नेपालमा पक्राउ पर्न थालेपछि यहाँ पनि चन्दनको खेती प्रति आकर्षण बढ्न थालेको छ । नेपालको परिपेक्षमा हेर्ने हो भने नेपालमा बढेको बढ्दो सहरीकरणको कारणले पहाडका खेत बारीहरु दिनानुदिन बाझिदै गएका छन । यो अवस्था कायमै रहने हो भने पहाडका खेत बारीहरु २० वर्ष पछि अहिलेको ९० प्रतिसत बाझो वनको रुपमा परिणत हुन पुग्छ । यस्तो अवस्थामा ती पहाडका खेत वारीमा यदि अव हामीले खेती नगरी जंगलै बढाउने हो भने रक्त चन्दन जस्ता बहुमूल्य प्रजातीका रुख रोप्नु सबभन्दा उत्तम हुन्छ । यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले रक्त चन्दन खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।यदि हामी सबैले इमान्दारिताका साथ आफ्ना बाझा खेत बारी तथा निजी वनमा रक्त चन्दनको खेती गर्यो भने आफ्नो आर्थिक उन्नती त स्वतह हुन्छ साथै राष्ट पनि सम्वृध वन्ने कुरामा कुनै दुविधा छैन । अवका दिन मा यस्ता बहुमूल्य खेती तर्फ वन मन्त्रालय, साथै वनसंग सम्बन्धित सम्पूर्ण निकायहरु यस्ता खेतीको प्रवद्धनमा लाग्नेहो भने अवको २० वर्षमा नेपाल पुरानो उखान हरियो वन नेपालको धन को अर्थ भेट्टाउन अवस्य पनि सफल हुन्छ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
रक्त चन्दन को बजार:
————————-
चन्दन मुल्यवान मात्र नभएर यो विश्वबाट लोप हुदै गएको बनस्पती पनि भएकोले विश्व वातावरण महासन्धीले सेतो चन्दन (श्री खण्ड) लाई विलुप्त हुन लागेको वनस्पतीको पहिलो श्रेणी र रक्तचन्दन लाई दोश्रो श्रेणीमा राखेको छ । भारतमा सरकारले प्रति किलो ७७० रुपैयाको दरले खरिद गर्दछ भने नीजी कम्पनीहरुले ११ सय सम्ममा खरिद गर्दछ । चीनका व्यापारीहरुले ४४ सय प्रति किलोमा खरिद गर्ने भएकोले नेपालका तस्करहरुले भारतबाट किनेर चीन पूर्याउने गर्दछ । नेपालको बाटो बाट लैजादा झण्डै १४ सय रुपैया त विभिन्न राजनीतिक पार्टी, गुण्डा,पुलिस प्रशासनलाई खुवाउदै लैजानु पर्ने भएकोले पनि यसको मुल्य वढन गएको कुरा व्यापारीहरु बताउछन्।

खेती प्रविधि र लगाउने विधि :
———————————-
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
—————————————————
—————————————————

रक्तचन्दन बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9860309157,9808511981,9845421906

 

5. जैतुन (ओलिभ/Olive) को खेती गर्ने तरिका

परिचयः
जैतुन एक सदबहार रुख हो । यसको पात प्रत्यक २-३ बर्षमा फेरिन्छ । यसको हाँगा फकृने खालको हुन्छ तर राम्रो काँटछाँट गरेमा राम्रो रुख बन्छ यसको जरा बलियो हुन्छ र सतहको माटोमा मज्जाले फैलिन्छ ।जैतुनको रुखको उचाई ३० फिटदेखी ५० फिटसम्म हुन्छ । यो धेरै समयसम्म बाँच्ने रुख हो । यसको आयु सरदरमा ५००-१००० बर्षसम्म हुन्छ । यसको फलको तेल स्वास्थ्यको लागी निकै फाईदा जनक मानिन्छ ।

खेती प्रविधि:
नेपाल मा जैतुनको खेती समुन्द्र सतहबाट १०५० मिटरदेखी २३०० मिटरसम्म गर्न सकिन्छ । हिँउ धेरै पर्ने ठाउँमा यसको खेती राम्रो हुँदैन । घाम लाग्ने, मलिलो माटो, चिस्यान बढी भएको र सिंचाई प्रसस्त भएको ठाउँमा जैतुनको खेती राम्रो हुन्छ ।
जैतुन लगाउँदा   मिटरको दुरिमा विरुवा रोप्नुपर्छ । १ रोपनी मा १०-१५ बिरुवा लगाउन सकिन्छ , जैतुन खेतिको लागी माटोको PH लेभल 5 – 8.5 राम्रो हुन्छ । जैतुनले रोपेको ३ देखी १२ बर्षमा जात हेरी फल दिन्छ । Arbequina, Koroneliki जात ले ३ बर्षमा फल दिन थाल्छ । बिभिन्न जातका जैतुन लगाएमा परागसेचन (Pollination) मा मद्दत पुगी धेरै फल्छ ।एउटा बयस्क जैतुनको रुखमा २०० देखी ५०० किलो जैतुन फल्छ ।३ देखी ५ केजी जैतुनबाट १ लिटर ओलिभको तेल निकाल्न सकिन्छ । ( राम्रो ब्रान्ड हरुले १५ केजिबाट १ लिटर तेल पनि निकाल्छ्न )

नेपालमा जंगली जैतुनहरु पाइन्छ । (Olea Cuspridate डोल्पा, रुकुम, हुम्ला, बाजुरा Olea Glandulifera बजाङं) जर्मनिका ब्यबसायी हार्ट मुर्ड बौडरले मकवनपुरको चित्लाङमा जैतुन खेती ब्यबसायिक रुपमा गरेर उत्पादन लिईसकेका छन । अन्य ठाउमा पनि यसको खेती हुँदै छ (कालिकोट , भोजपुर , बाजुरा)

बजार :
बिश्व बजारमा जैतुनको माग अत्याधिक छ । नेपाली बजारमा जैतुनको तेल २५०० देखी ३०० सम्ममा बिक्री हुन्छ । साथै यसको हरियोमै अचार बनाएर पनि बेच्न सकिन्छ । एउटा बोट ५०० देखी १००० बर्ष बाच्ने हुँदा पुस्तौं पुस्तासम्म जैतुनको खेती राम्रो आम्दानिको श्रोत बन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

 

6. के हाे रुद्राक्ष ? यसबाट कति कमाउन सकिन्छ ?

परिचयः
यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ ।नेपालको पूर्वी भाग खासगरी अरुण उपत्यका क्षेत्रमा दाना पनि भनिन्छ ।रुद्राक्षको बोदानिकल नाम इलाइयोकार्पस् जेनिटर्स रोक्स्ब हो भने अंग्रजी नाम अट्राजुम विड ट्रि हो ।जीनमा यसलाइ चिड. काड.्क फु थी भनिन्छ । रुद्राक्ष एकै बोटमा एकपटक फल दाग्दा विभिन्न मुख ,आकार र विभिन्न नापका दानाहरु पल्दछन् । यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन् ।त्यही रेखालाई मुख भनिन्छ ।जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ ।विभिन्न पौराणिक पुस्तकहरुमा एक देखी १४ मुखे सम्मका रुद्राक्ष पाइन्छ भनिएको भएपनि नेपालमा हालसम्म ३८ मुख सम्मको रुद्राक्ष पाइएको छ ।यसको मुखको आधारमा धार्मिक, आध्यात्मीक तथा औषधिय र आर्थिक महत्व फरक फरक पर्न जान्छ ।यसरी विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला(दुइ वटा जोडिएको),त्रिपाठ वा त्रिजुटी(तिन वटा जोडिएको) गर्भगौर,सवार जस्ता दानाहरु पाइन्छन् ।यस्ता दानाहरु दुर्लभ र महंगा पनि हुन्छन् ।एक मुखे दानालाई शिवको अवतार मानिन्छ र यसलाई रुद्राक्षको शिरोमणी पनि मानिन्छ ।विभिन्न रुखमा फलेका दानाहरुबाट एकै रड. र साइजका छानेर माला बनाइन्छ ।रुद्राक्षका १०८ वटा दानाहरुबाट बनाएको मालालाई पूर्णमाला,५४ वटाबाट बनाइएकोलाइ अर्धमाला र २७ वटाबाट बनाईएकोलाई नक्षत्रमाला भनिन्छ ।यस्ता मालाको केन्द्रमा एउटा अलि ठूलो दाना राखिएको हुन्छ ।यसलाई सुमेरुदाना भनिन्छ ।२१ मुखे दानालाई सुमेरु बनाइ तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ ।जप गर्दा गणना गरिने मन्त्रका लागि यी मालाहरुको प्रयोग गरिन्छ । रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्नने र मानिस र देवता जोड्ने पवित्र साधनका रुपमा लिइन्छ ।


=========================================
एकमुखे रुद्राक्ष :यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
द्विमुखी रुद्राक्ष :सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।
त्रिमुखी रुद्राक्ष :ऐश्वर्य प्रदान गर्ने ।
चतुर्थमुखी रुद्राक्ष :धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
पंचमुखी रुद्राक्ष :सुख प्रदान गर्ने ,सन्तान सुख।
षष्ठमुखी रुद्राक्ष :पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
सप्तमुखी रुद्राक्ष :दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
अष्टमुखी रुद्राक्ष :श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
नवममुखी रुद्राक्ष :भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
दसमुखी रुद्राक्ष :विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
एघार मुखी रुद्राक्ष:भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
बाह्र् मुखी रुद्राक्ष :भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
तेह्र् मुखी रुद्राक्ष :इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
चौध मुखी रुद्राक्ष :हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
==============================================
औषधीय गुणः रुद्राक्षको दाना र यसका वोक्रामा विभिन्न रोग निको पार्न सक्ने दिव्य औषधीय तत्वहरु रहेको हुन्छन् ।आयुर्वेद अनुसार दानाकोबोक्रा मधुमेह,उच्च तथा निम्न रत्तचाप,अल्सर अगायतका रोगका लागि राम्रो औषधि मानिन्छ ।रुद्राक्ष डुबाएर बनाएको रुद्राक्ष पानी पनि बिभिन्न रोगका लागि उपयोगि मानिन्छ ।खासगरी पेटको रोग,पुरानो घाउहरु,रत्तचाप,मधुमेहका लागि रुद्राक्ष पानी को प्रयोग गरिन्छ ।मानिसको पुराना र निको हुन नसकेको घाउ खटिरामा राम्ररी पाकेको ,नकुहिएको र नमक्काएको सफा र गहकिलो दाना घोटेर यसको लेप बनाएर लगाएमा यस्ता घाउहरु चाडै निको हुन्छन् । त्यसैगरि कुकुर विराला तथा गाइ बस्तुहरुको खुर कुहिने , जोड्नी तथा खुट्टाहरुमा घाउ खटिरा आएमा यसको लेपलगाएर कपडाले बाधिदिए चाडै निको हुन्छ । थेरापी तथा अक्युपञ्चरजन्य प्रयोगका लागि सोफासेट , सवारी साधानका सिटकभर,सिरानी ,तन्या,मेडिटेसन म्याट जस्ता सामानहरु बनाएर समेत प्रयोग गर्न थालीएको छ ।रुद्राक्षको धारण र प्रयोगले मानिसमा आत्मशक्ति बढाउने र दुस्प्रभावहरु हटाउने विश्वास समेत गरिन्छ ।अन्य धेरै खाले रोगको उपचारमा रुद्राक्षको प्रयोग गरिन्छ ।धार्मिक ग्रन्थ,पुराण,विभिन्न पुस्तक,पत्र पत्रिका एवं वेभसाइटहरुमा रुद्राक्षको औषधिको प्रयोग बारे प्रशस्त उल्लेख गरिएको छ ।
===============================================
खेती >>>> रुद्राक्ष नेपालको तराइदेखि झण्डै १८०० मिटरको उचाईमा पूर्व देखि पश्चिम सम्ममा खेती गर्न सकिन्छ । यसका लागि मट्याइलो , पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ ।यसको बिरुवा वर्षाद याम अर्थात असार देखि असोजसम्म १० मिटरको फरक पारेर रोप्न उपयूक्त मानिन्छ ।नेपालको पूर्वदेखि पश्चिमसम्मको तराइदेखि मध्य पहाडि क्षेत्रमा खेती गर्न सकिने यो नगदेवृक्ष फल दिन थालेपछि पचासौं वर्ष सम्म फल फलिरहन्छ ।यसको रुख २० मिटरसम्म अग्लो हुन्छ ।रुख ४ र ७ मिटर अग्लो भएपछि मुल हांगा वा टुप्पो दुइ पटक काट्न् पर्छ ।जसले गर्दा रुख दह्रो र धेरै फल लाग्ने हुन्छ ।यसको बयस्क रुखबाट ३०० केजी सम्म दाना फल्छ। बैसाक जेठमा क्रिम कलरको बास्नादार फूल फुलि उचाइ र तापक्रम अनुसार असोज देखि माघ सम्ममा फल पाक्दछ ।
===============================================
व्यापार:
२१ वा सो भन्दा बढि मुख भएका दाना फलेमा एउटै दाना २० लाख भन्दा बढि मुल्यमा बिक्रि हुने गरेको छ ।गोलो,थेप्चो,चिल्लो र खंदिलो जातको दाना फलेमा प्रति केजी ४००० भन्दा बढिमा बिक्रि हुन्छ ।२४ ,२५ मिमि भन्दा बढि गोलाईका दानाहरु प्रति गोटा रु १०० भन्दा बढीमा बिक्रि हुन्छन् ।यसबाट पूर्वी नेपालका केहि किसानहरु र खासगरी युवा वर्गले धेरै आम्दानि गरि जीवनस्तर उकासेका छन् ।नेपालका बिभिन्न क्षत्रमा उत्पादन भएका दानाहरु काठमाण्डौमा प्रशोदन हुने गरेको छ ।विगतमा नेपाल भारत विच मात्रै यसको कारोबार हुने गरेकोमा अहिले चीन लगाएत अन्य देशहरुमा पनि यसको ब्यापार हुने गरेको छ ।चिनमा यसको ब्यापार बढेकाले रुद्राक्ष टिप्ने र संकलन गर्ने समयमा चिनीया ब्यापारीहरु नेपालको गाउ गाउ तथा प्रशोदन केन्द्रमा गएर खरिद गर्ने गरेका छन् ।नेपाली ब्यापारीले पनि चिनमा लगेर बेच्ने गरेका छन् । बोधिचित्त र रुद्राक्ष जस्ता महत्वपूर्ण नगदेवृक्षको खेति विस्तार गरेर धेरै आम्दानी लिन देशका किसान मात्र होइन डाक्टर,वकिल,इन्जिनियर,पाइलट,विधार्थी लगाएत सबै क्षेत्रका व्यक्ति र संघसस्थाहरुले आ आफ्नो जग्गा,करेसाबारी,वगैचा ,घरका छत देखि ठूला ठूला बारी पखेरामा खेती गर्न थालेका छन् ।
====================================
रुद्राक्ष बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9860309157,9808511981,9845421906

 

6. पाउलोनिया खेती गर्ने तरिका ,के हाे पाउलोनिया ?यसबाट कति कमाउन सकिन्छ ?

परिचय :
के तपाईंको जग्गा जमिन बाँझो बसेको छ ? पहिरो गएको छ वा बाढीले जग्गा कटान गर्छ ? खेती गर्ने मान्छे पाउनु भएको छैन ? यस्तो छ भने तुरुन्तै पाउलोनिया बिरुवा लगाउँनु होस् र राम्रो आम्दानी गर्नु होस् ! आजै भबिस्य बनाउनु होस् !!
पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु :
# संसारको चाँडै हुर्कने रुख (२०-२६ मी. )
# जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने
# पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
# प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
# गाइ बाख्रा लाई घाँस हुने
# फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने
# काठ बेच्न सकिने (Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
# प्रत्यक ७-९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा )
# एक चोटी रोपे पछी ८-१० चोटी सम्म काठ बेच्न मिल्ने (रुख काटे पछी तेसबाट नै ८-१० चोटी सम्म अर्को पालुवा पलाउँछ )आदी !

पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो ।
पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।
>जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।
>समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
>४/५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०/३० फीट अग्लो हुन्छ ।
>वातावरण मैत्री यस बिरुवा रोपेपछी ८/९ पटक सम्म कटन सकिने ।
>अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउ मा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर० , जडिबुटी ,अन्न्न बाली लगाउन सकिने ।
>यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
>बएस्क रुख बाट ३०/४५ क्यु फीट काठ निकाल्न सकिने यो रुख मा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
> औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
> यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
> काठ बेच्न सकिने (windows,doors,house,Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
>प्रत्यक ७/९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने >यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
>पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ

=========================
बाताबरण शुद्धिकरण / कार्बन बैंक :
>पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टनOxygen उत्सर्जन गर्छ र सोही मात्रमाCarbon खपत गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ
>अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी एस्ले निकल्दैन
> पाउलोनियाको दाउरा बाल्दाcarbon mono oxide (0%), Methane (0%),SulphurOxide (0%)Nitruous Oxide (0%)Methane (0%) According to research done by Winrock financial limited in 2004.
>पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
=========================================

नेपालमा पाउलोनियाको सम्भावना:
> यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।
> नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
> साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने ।
> बड्दो बिकास सँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु ।
>यो बिरुवाको नमुना बाली सफल भएको ।
>पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने ।
> दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।
>वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन ।
>छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन
=====================================
पाउलोनिया खेती प्रविधी :
> पाउलोनियाको वा समशितोष्ण भुभाग ९समुन्द्र सतहबाट २१०० मि० मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
>बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ(फाल्गुन अनुकुल रहेको छ ्रतर पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ
>रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
> लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
>भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
>१ रोपनी मा ४०-५०बिरुवा लगाउन मिल्ने
>हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
>स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
> गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
>वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।
=============================================

पाउलोनियाको उपयोगिता :
>पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका ९४० प्रतिशत०, नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
>यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन ।
> यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै :
>र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
>खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।
>यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
> प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ ।
>ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
>पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । >यसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ ।
>यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।
================================
पाउलोनिया बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127,9808511981