Category: Plants

नुवाकोट : कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको बिक्रीसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटमा पछिल्लो १० वर्षदेखि किसानमा आलुखेतीप्रति आकर्षण बढिरहेको छ । यस वर्ष नुवाकोटमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँ बराबरको आलु बिक्री भएको छ । चालू आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ९९ प्रतिशत आलु राजधानी काठमाडौंमा बिक्री भएकाले नुवाकोटले आलु बिक्रीबाट जिल्लामा राम्रो रकम भित्र्याउन सफल भएको हो ।

यो वर्ष जिल्लामा विभिन्न स्थानमा गरी चार हजार तीन सय ६५ हेक्टर जमिनमा लगाइएकामा ७५ हजार नौ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसबाट एक अर्ब पाँच करोड रुपैयाँको आलु उत्पादन भई गत वर्षको तुलनामा ३.२ प्रतिशत बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले बताउनुभयो । उहाँका अनुसार बर्खे र हिउँदे कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको निर्यातसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

डा. गैरेले गत वर्ष ८७ करोड रुपैयाँ बराबरको र अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको जानकारी दिनुभयो । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा सिँचाइ सुविधा रहेका सबै स्थानमा आलुखेती हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएसँगै आलुबाट आम्दानीसमेत बढेको छ । किसानले व्यावसायिक रूपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रूपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलोग्राम १५ देखि २० रुपैयाँसम्म छ । नुवाकोट जिल्लामा दुई याममा गरी चार हजार तीन सय हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएको थियो । प्रतिहेक्टर १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा.गैरेले बताउनुभयो । नुवाकोट जिल्लाका प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी छ । जिल्लाको माथिल्लो भेगका आठ सय हेक्टरमा लगाइएको बर्खे आलु नौ हजार चार सय उत्पादन भएको थियो ।

फागुन र चैतमा उत्पादन हुने गरी तीन हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ । यस वर्ष आलुको उत्पादन पनि बढेको र मूल्य पनि राम्रो भएका कारण आलुबाट ४५ करोड रुपैयाँ खुद नाफा हुने किसानले दाबी गरेका छन् । यस वर्ष प्रतिहेक्टर ४४ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयको दाबी छ ।

श्राेत ः अन्नपुर्ण पाेष्ट

चितवन, चैत । पछिल्लो समयमा चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।
“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो ।
“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले बताए । आम्दानीमात्रै रु २५ करोड भएको उनको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गरेका थिए । उनले वार्षिक रु दुई करोडको कारोबार गर्दैआएका छन् ।
रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरू बताउँछन् ।

श्राेत ः krishionline.com

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात गरिएको थियो। रासस
=====================================
‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।
वनस्पति जगत्‌मा पिप्पली कुल (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो मसालाको रूपमा प्रयुक्त हुन्छ।
बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप(drupe) भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ । यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्:
कालो मरिच – पकाएर सुकाएको फल
हरियो मरिच – सुकाएको काचोँ फल
सेतो मरिच – पाकेको फलको बियाँ
हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सवभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्छ । नेपालमा यसको खेती मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ ।
समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ ,बिरुवाहरुबीच २.५ मि. र लाइनहरुबीच २.५ मि. को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ ।
विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ ।
मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ ।
यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।
साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ। गर्मीमा प्रत्येक बिरुवाहरू बाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ। यसको प्रत्येक गुच्छामा ५०-६० दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ। यिनलाई ५-६ दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9860309157,9845421906,9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उहाँले व्यवसाय पनि बढाउनुभएको हो ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गर्नुभएका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लानुभएको हो । अहिले उहाँले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै रु सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भन्नुभयो ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थाल्नुभएको छ । अहिले प्रतिकिलो रु २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा रु एक लाख बराबरको लगानी परेको उहाँको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताउनुभयो । दिनमा उहाँले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गर्नुहुन्छ । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताउनुभयो ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ ।

साभार ः ताजा खबर

Show More Posts