Category: Organic Products

नुवाकोट : कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको बिक्रीसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटमा पछिल्लो १० वर्षदेखि किसानमा आलुखेतीप्रति आकर्षण बढिरहेको छ । यस वर्ष नुवाकोटमा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँ बराबरको आलु बिक्री भएको छ । चालू आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ९९ प्रतिशत आलु राजधानी काठमाडौंमा बिक्री भएकाले नुवाकोटले आलु बिक्रीबाट जिल्लामा राम्रो रकम भित्र्याउन सफल भएको हो ।

यो वर्ष जिल्लामा विभिन्न स्थानमा गरी चार हजार तीन सय ६५ हेक्टर जमिनमा लगाइएकामा ७५ हजार नौ सय २० मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसबाट एक अर्ब पाँच करोड रुपैयाँको आलु उत्पादन भई गत वर्षको तुलनामा ३.२ प्रतिशत बढी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले बताउनुभयो । उहाँका अनुसार बर्खे र हिउँदे कृषिमा आत्मनिर्भर मात्र होइन, उत्पादित कृषिजन्य वस्तुको निर्यातसमेत गर्दै आएको नुवाकोट आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

डा. गैरेले गत वर्ष ८७ करोड रुपैयाँ बराबरको र अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको जानकारी दिनुभयो । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा सिँचाइ सुविधा रहेका सबै स्थानमा आलुखेती हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएसँगै आलुबाट आम्दानीसमेत बढेको छ । किसानले व्यावसायिक रूपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रूपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलोग्राम १५ देखि २० रुपैयाँसम्म छ । नुवाकोट जिल्लामा दुई याममा गरी चार हजार तीन सय हेक्टर क्षेत्रफल जमिनमा आलु लगाइएको थियो । प्रतिहेक्टर १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा.गैरेले बताउनुभयो । नुवाकोट जिल्लाका प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी छ । जिल्लाको माथिल्लो भेगका आठ सय हेक्टरमा लगाइएको बर्खे आलु नौ हजार चार सय उत्पादन भएको थियो ।

फागुन र चैतमा उत्पादन हुने गरी तीन हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ । यस वर्ष आलुको उत्पादन पनि बढेको र मूल्य पनि राम्रो भएका कारण आलुबाट ४५ करोड रुपैयाँ खुद नाफा हुने किसानले दाबी गरेका छन् । यस वर्ष प्रतिहेक्टर ४४ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयको दाबी छ ।

श्राेत ः अन्नपुर्ण पाेष्ट

रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उहाँले व्यवसाय पनि बढाउनुभएको हो ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गर्नुभएका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लानुभएको हो । अहिले उहाँले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै रु सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भन्नुभयो ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थाल्नुभएको छ । अहिले प्रतिकिलो रु २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा रु एक लाख बराबरको लगानी परेको उहाँको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताउनुभयो । दिनमा उहाँले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गर्नुहुन्छ । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताउनुभयो ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ ।

साभार ः ताजा खबर

chyau

च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । यसले तपाईंको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुने हानीको जोखिम पनि घट्छ । च्याउखेतीको तालिम त्यति लामो अवधिको पनि हुँदैन ।

विभिन्न संघ-संस्था र सरकारी निकायले नै यसको लागि तालिमहरु चलाइरहेका हुन्छन् । तपाईंले आफ्नो नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा गएर बुझ्नुभयो भने तालिमबारे जानकारी पाउनुहुनेछ ।

गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाउनुभयो भने पनि यि निकायले तपाईंलाई सहयोग गर्नेछन् । विभिन्न संघ-संस्थाले गाउँ-गाउँमै पुगेर यस्ता तालिम चलाइरहेका छन् ।

खेती गर्ने सकिने ठाउँ
च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ ।

त्यस्तै, गाउँमा आˆनै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन ।

च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । गाउँ घरमा यस्तो ठाउँको अभाव पक्कै पनि हुँदैन ।

रोग र कीरा
च्याउखेतीमा हुने खतरा भनेको रोग किराकै हो । यसलाई नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ ।

यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरु कीराले भने यसमा त्यति नोक्सान गर्दैनन् ।

रोग किराबाट बचाएको च्याउलाई बेलैमा टिपेर बजार पुर्‍याउन सक्नुभयो भने तपाईंले यो कामबाट हात झिकेर हिँड्नुपर्ने छैन ।

ripecoffeebeans

नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, पयूठान, रोल्पा दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायीक कफी खेतीको शुरुवात भएको छ । यि वाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लाहरुमा फाटफुट रुपमा कफी खेती भैरहेको छ ।

नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफि खेती गरिबी निवारण, रोजगारी सृजना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रुपमास्थापित हुँदै आएको छ । हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाईएको कफि गुणस्तरीय कफिको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली कफिको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफि उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।

नेपालमा अहिले करिव गरी ३ हजार कृषकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कफी खेतीमा लागेका छन् । सन् २०१४ को उतपादन रेकर्ड अनुसार कुल १ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा करिव ४५० मे. टन ग्रीन वीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्र्तराष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाव नै गर्ने हो भने बार्षिक १० हजार मेट्रीकटन भन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको ५ प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन । नेपाली कफी निर्यातवाट बार्षिक करिव साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकहरुबाट ९ करोड बरावरको विभिन्न ब्राण्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्र्तराष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढीरहेको छ ।

yello coffee
कफी विकासका र चरण तथा सरकारका प्रयास
नेपालका केही जिल्लामा कफी खेतीको सम्भावना देखिएपछि २०३३ सालमा नेपाल सरकारले कृषि विकास बैक मार्फत भारतवाट अरेबिका जातको कफीको बिउ मगाई गुल्मी र बागलुङ जिल्लामा व्यवसायीक कफी खेतीको शुरुवात गराएको थियो । नेपालमा कफी खेतीको विस्तार एवं विकास गर्नको लागि सरकारले २०४१ सालमा गुल्मीको आँपचौरमा कफी बिकास केन्द्रको स्थापना गर्नुको साथै २०५० सालमा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको साथै कफी तथा चिया बिकास शाखा स्थापना भएपछि मात्र नेपालमा कफी खेतीले प्राथमिकता पाएको थियो । सरकारी क्षेत्रवाटै कफी खेतीलाई प्राथमिकतामा राखि कफीको विस्तार एवं बिकास हुने क्रम बढ्दै गयो ।

सम्भावनाको हिसावले नेपाल अरेविका जातको कफी खेतीको लागि अत्यन्तै महत्वपुर्ण मानिन्छ । किनकी कुनै पनि कृषि उत्पादनको लागि मुख्य तथा ५ महत्वपुर्ण कुराहरु आवाश्यक पर्दछ र ति सबै कुराहरु नेपालका मध्य पहाडि सबै जिल्लाहरुमा सजिलै उपलव्ध छन् । तर यसको वारेमा जानकारी नहुँदा कस्तुरी हराएको मृग जस्तै बनिरहनु परेको अवस्था छ । हेरौ यि पाँच महत्वपुर्ण कुराहरु के के हुन् ।

१. भौगोलिकता
नेपालमा बिविध किसिमको भौगोलीक बनावट तथा हावापनी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ । साथै भौगोलिक हिसावले हेर्ने हो भने नेपालको मध्य पहाडि जिल्लाको ८ देखी १७ सय मिटरसम्मको उचाई सम्म अराविका जातको कफी खेती गर्न सकिन्छ । अराविका जातको कफी खेतीको लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटर सम्म बर्षा र कम्तीमा १० देखी १२ घण्टा घाम लाग्ने र १५ देखी २५ डिग्रि सेन्टीग्रेड तापक्रम, अधिकासं उत्तर–पुर्बी र दक्षिण–पुर्बी मोहडा यहि भौगोलिक क्षेत्र भित्र पाईन्छ । नेपालका सबै पहाडी जिल्लाहरुमा कृषि लगायत ग्रामिण सडकका साथै यातायात संजालको बिकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।

२. प्रबिधि
प्रबिधिको हिसावले पनि अहिले नेपालमा नेपाल कफी व्यवसायी महासंघको प्रयासमा विभिन्न सरोकारवाला संघ संस्था, सहयोगी निकाय, दातृसंस्था तथा नेपाल सरकारका सरोकारवाला कार्यालयहरु सँगको समन्वयमा कफी पकेट क्षेत्र मानिएका बिभिन्न जिल्लाका करिव ३ सय भन्दा धेरै कफी प्राबिधिकहरु उत्पादन गरि सकेको अवस्था छ । नेपालमा कफी खेतकिो राम्रो सम्भावना देखेपछि धेरैले कफीमा बिद्यावारिधि समेत गर्दैछन् । यो नेपालको लागि र नेपालमा कफी खेतीको बिकासको लागि एउटा राम्रो पक्ष हो । प्रबिधिकै सन्दर्भमा कुरा गर्ने हो भने सुचना तथा संचार प्रविधिको विकासको कारण अहिले जो कोहिलाई पनि जुनसुकै ज्ञान हासिल गर्न समस्या देखिदैन ।

३. लगानी
जुनसुकै व्यवसाय संचालन गर्नका लागि पूँजी महत्वपुर्ण कुरा हो । पँुजी बिना व्यवसायीकताको कल्पना समेत पनि गर्न सकिदैन । नेपाल राष्ट्र बैकले नेपाल सम्पुर्ण बैक तथा बित्तिय संस्थाहरुलाई कुल लगानीको १५ प्रतिशत रकम कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने निति बनाएको छ । तर बैक तथा बित्तिय संस्थाहरुले कृषिमा लगानी गर्ने भरपर्दो माध्याम फेला पार्न सकिरहेका छैनन् । अर्को राजधानी शहर देखी गाउँ गाउँ सम्म सरकारी संस्थाहरु छ्यापछ्याप्ती खोलीएका छन् । ति सहकारीहरुले पनि लगानीको भरपर्दो क्षेत्र भेटाउन सकिरहेको अवस्था छैन । त्यतिमात्र होईन बेला बेलामा बिभिन्न बैकहरुले शेयर खुल्ला गर्दा शेयर किन्नेको लाम नै लाग्दछ । यसले के देखाउँछ भने नेपालको कृषि क्षेत्र अथवा तोकेरै भन्नु पर्दा कफी खेतीको लागि ऋण दिने वा लगानी गर्ने निकायहरु जति पनि पाईन्छन् । तर यस तर्फ कसैले पनि ध्यान दिएको पाईदैन ।
४. बजार
कुनै पनि उत्पादीत बस्तुको बजार सबैभन्दा महत्वपुर्ण कुरा हो । उत्पादीत बस्तुको बजार भएन भने सबै कुरा निरर्थक हुन्छ । नेपालमा उत्पादन गरिने अरेविका जातको कफी सबैभन्दा महंगो र गुणस्तरीय कफी हो । उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ । पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं स्तरिय होटलमा नेपाली अर्गानीक कफीको प्रयोगको कारण नेपालको कफीले नेपाली बजारलाई पनि धान्न नसकेको अवस्था छ । यसको साथै नेपालमा खुल्दै गएका कफी कम्पनीको कारण पनि उत्पादीत कफी बिदेशमा नै पठाउनु पर्छ भन्ने छैन । हुन त नेपालमा उत्पादीत कफी मध्ये करिव ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ । नेपालमा उत्पादीत कफी बिदेश निर्यात भए पछि नेपाली बजारको लागि भारतवाट वा इटालियन कफीको आयात भैरहेको अवस्था छ । पछिल्लो रेकर्ड अनुसार नेपालमा बार्षिक ४५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टन भन्दा बढीको बार्षिक माग भैरहेको पाईन्छ । यसवाट के बुझ्न सकिन्छ भने उत्पादीत कफीको लागि आहिले मात्र होईन वर्षो वर्ष सम्म पनि बजारको अभाव देखिदैन ।

५. श्रम
कुनै पनि बस्तु तथा सेवाको व्यवसायीक उत्पादनको लागि श्रम एक महत्वपुर्ण पक्ष हो । श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन । रोजगारको नाउँमा नेपालवाट बर्षेनी लाखौ युवा शक्तिहरु बिदेश पलायन भैरहेका छन् । यसरी बिदेश पलायनको कारण नेपाली उत्पादनमा निकै ठुलो ह््रास आएको छ भने घरको मुली अथवा छोराहरु नै विदेशिएपनि घर परिवारमा बिबिध समस्याहरु समेत देखिएका छन् । यहि व्यवसायीक कफी खेतीको शुरुवात गर्ने हो भने बाध्यतावस बिदेश पलायन हुनेहरुको लागि एउटा महत्वपुर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठुलो टेवा मिल्ने देखिन्छ । धृेरै देशहरुले अन्य मुलुकवाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउँछन् भने हाम्रो देशमा आफ्नै नागरिक सँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन ।

coffee_flowers
माथीका ५ तथ्यवाट के कुराको प्रष्ट हुन्छ भने हामिले एक पटक गम्भीर भएर सोच्यौ भने कफी खेतीवाट आफु व्यवसायीक हुने मात्र होईन देशका बेरोजार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ । स्वेदशमै बसेर पनि बिदेशी धन आर्जन गरि देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई सम्बृद्ध बनाउनको लागि कफी खतीले ठुलो सहयोग गर्दछ ।

साभार ः धाैलागीरी अनलाइन्

Show More Posts