Category: Health

काठमाडौं-भनिन्छ, दैनिक रुपमा एउटा स्याउ खाँदा डाक्टरकहाँ गइरहनु पर्दैन । यो भनाईले पनि शरिर स्वस्थ राख्न स्याउको महिमा पुष्टि हुन्छ । स्याउ बोक्रा नफाली खाने फल भएपनि कतिपयले फालेको पाइन्छ । स्याउको बोक्रा र बियाँमा शरिरलाई चाहिने निकै आवश्यक तत्व रहेको हुन्छ । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ । स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा स्याउभित्र हुने बिया जस्तै लाभादायक हुन्छ । । किनकी यसमा क्यान्सरबिरोधी तत्व हुन्छ ।

स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ ।  न्युट्रियसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउछ ।
स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।

Source : Swasthya Khabar Patrika

काठमाडौं- 

काँच्चै खाएपनि, पकाएर खाएपनि, अचार बनाएर खाएपनि गाँजर नेपालीमाझ लोकप्रिय छ । यो जति लोकप्रिय छ, स्वास्थ्यका लागि उति नै लाभदायी पनि छ । गाँजर ५ हजार वर्षअघि फेला परेको विश्वास गरिएको छ । एउटा अचम्मको तथ्य के छ भने पहिले गाँजर अहिलेको जस्तो सुन्तला रंगको हुँदैनथ्यो । पहिला रातो, कालो, पहेंलो, सेता र बैजनी रंगको हुन्थ्यो । गाँजर पहिला अफगानिस्तानमा खेती गर्ने गरिन्थ्यो, जुन बैजनी रंगको हुन्थ्यो । चम्किलो सुन्तला रंगको गाँजर भने मध्यकालमा डचहरुले विकसित गरेको ऐतिहासिक तथ्य छ ।

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।

रतन्धो हुनबाट बचाउछ  गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ ।यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।

मुटुको रक्षा गर्छ गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

क्यान्सर लाग्नबाट बचाउछ गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ  गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ ।

दाँतका लागि लाभदायी  यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।

शरीर शुद्द पार्छ  गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ ।

बुढोपन रोक्छ  यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।

महिलाको महिनावारीमा लाभदायी  गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।

गर्भधारणको बेला सहयोगी  गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घट्छ । गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुग्छ र दुधको गुणस्तरलाई पनि बढाउछ ।

हड्डी मजबूत पार्छ गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
पाचन प्रणालीमा सुधार ल्याउछ  गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ ।

ब्लड सुगर नियमित गर्छ  गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ । शरीरमा सोडियमकोमात्रा धेरैभयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमकोमात्रा नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ ।
छाला चम्किलो पार्छ  भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । यसले सूर्यको किरणबाट प्राप्त हुने खतरनाक तत्वबाट छालालाई बचाउछ ।

कपालका लागि लाभदायी  गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ । भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ । दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ ।

Source : Swasthya Khabar patrika

काठमाडौं- 

करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । स्वास्थ्यमा यसले गर्ने फाइदा निम्न छन् :

१) श्वासप्रश्वास समस्यामा : ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ।

२) लिभर टनिक :  दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ ।

३) रोग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ।

४) डण्डीफोरमा : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।

५) मधुमेह : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन्।

६) कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ।

७) मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ।

८) मुटुको रोग : यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ। यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।

९) क्यान्सरमा : करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ।

१०) तौल घटाउन  यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

११) छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

१२) कपाल चम्काउछ : करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस्, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

Source : Swasthya Khabar patrika

काठमाडौं- 

१. हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

२. दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ  । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।

३. रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम  र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ ।

४. मुटु : दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउँने एक अध्ययनले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा कम भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभकारी रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउँने र असल कोलेस्टेरोलको मात्रा बढाउँने अध्ययनहरुले देखाएका छन् ।

५. मोटोपना : कतिपय मानिसहरु मोटो होइन्छ भनेर दुध पिउने गर्दैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा मानिन्छ ।

६. टाइप टु डायबेटिज : अध्ययनहरुका अनुसार नियमित रुपमा कम चिल्लो भएको दुग्धजन्य पदार्थ सेवन गर्नाले टाइप टु डायबेटिजको खतरा कम गर्छ । हालै ३७ हजार वयस्क महिलामा गरिएको अध्ययनले बढी मात्रामा दुध सेवन गर्नेहरुमा डायबेटिजको खतरा कम भएको पाइएको थियो । सन् २००५ मा पुरुषमा गरिएको अध्ययनले पनि यस्तै खालको नतिजा पाइएको थियो ।

७. क्यान्सर : नियमित दुधको सेवनले कोलोरेक्टल र स्तन क्यान्सरको खतराबाट बचाउँछ । ४५ हजार स्वीडिसमा पुरुषमा गरिएको अध्ययनले १.५ ग्लास वा त्योभन्दा बढी दुध दैनिक सेवन गर्नेमा हप्तामा दुई गिलासभन्दा कम पिउनेभन्दा क्यान्सरको खतरा ३५ प्रतिशतले कम भएको पाइएको थियो । नर्वेमा ४० हजार महिलमा गरिएको अध्ययनमा पनि स्तन क्यान्सरको खतरा कम भएको पाइएको थियो ।

८. हाइड्रेसन :  शरीरमा पानीको मात्रा पु¥याउँन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । पानीको मात्रा नपुगे स्मरणशक्तिमा ह्रास आउँने र चिडचिडाहट हुने हुन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत बन्न सक्छ । यो शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।

Source : swasthya khabar patrika

Show More Posts