Category: Blog

दोलखामा ३ करोडको किवी (kiwi)  उत्पादन :

दोलखामा चालू आर्थिक वर्षमा करीब ३ करोड रुपैयाँबराबरको किवी फल उत्पादन भएको छ । लामो समयदेखि व्यावसायिक किवी खेती गरिरहेकासँग जिल्ला कृषि विकास कार्यालय दोलखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा २ करोड ८२ लाख रुपैयाँबराबरको ९४ मेट्रिकटन किवी फल उत्पादन भएको छ । किवी खेतीतर्फ किसानको आकर्षण बढेकाले आगामी वर्ष उत्पादन दोब्बर हुने जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायणकुमार श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा ७८ मेट्रिक टन उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १६ मेट्रिक टनले बढेर ९४ मेट्रिक टन उत्पादन हुन पुगेको हो । जिल्लामा प्रधानमन्त्री कृषि ब्लक तथा पकेट क्षेत्र कार्यक्रममार्फत, हिमाली आयोजना, बागवानी तथा व्यक्तिगत रूपमा समेत किसानले किवी खेती गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

दोलखा जिल्लाका अगुवा किवी कृषक श्याम खड्काका अनुसार अहिले दोलखामा ५ सयभन्दा बढी फर्म तथा व्यक्ति किवी खेतीमा सक्रिय छन् । उत्पादनमध्ये आधा जिल्लामै खपत हुने र काठमाडौंका होटलमा उच्च माग रहेकाले बजारको समस्या नरहेको किवी फल उत्पादक सङ्घ दोलखाका अध्यक्ष श्याम खड्काको भनाइ रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, विगु गाउँपालिका, मेलुङ गाउँपालिकालगायत स्थानमा व्यावसायिक किवी खेती भइरहेको छ । किवी पोषणयुक्त फल मानिन्छ । कार्यालयका अनुसार हाल दोलखामा हेवार्ड, एलिसन, मण्टी, ब्रुण, रेड, एबोड, गोल्डेन, मिनी किवी गरी ८ प्रकारका किवीफलकोे खेती हुँदै आएको छ ।

अहिले दोलखामा ५ सयभन्दा बढी फर्म तथा व्यक्ति किवी खेतीमा सक्रिय रहेकोले किवीफलको मूल्य प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ ।
उत्पादनमध्ये आधा जिल्लामै खपत हुने र काठमाडौंका होटलमा उच्च माग रहेकाले बजारको समस्या नरहेको किवी फल उत्पादक सङ्घ दोलखाका अध्यक्ष श्याम खड्काको भनाइ रहेको छ ।
किवी बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

परिचय :
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् ।
‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमुलक फल हो । एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो । मलेसियाको डि.एन.एक्स. कम्पनिका अनुसार आधा टुक्रा किवि फलमा प्रशस्त । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ ।
उत्पादन :
बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ ।

वातावरण :
यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, बैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवि राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस विरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।

बजार : 

नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने  यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
खेती प्रविधि र लगाउने विधि :
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।
किवि (Kiwi) बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127,9808511981
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी

Q 1. सलगम बालीलाई कस्तो हावापानी उपयुक्त हुन्छ ?

सलगम बालीलाई चिसो हावापानी चाहिन्छ।अतः यसले ठण्डा मौसम रुचाउँदछ।तापक्रमको हिसाबले ५ डिग्री सेन्टिग्रेड देखि २० डिग्री सेन्टिग्रेड सम्मको तापमान गुणस्तरीय उत्पादनको लागि राम्रो हुन्छ।
Q 2. नेपालमा कुन कुन रंगको सलगमहरु पाइन्छन् ?

नेपालमा सेता र राता दुवै प्रकारका सलगमहरु पाईन्छन्।
Q 3. यो कस्तो मौसममा फस्टाउने बाली हो ?

सलगम चिसो मौसममा फस्टाउने बाली हो।तापक्रम २० डिग्री सेन्टिग्रेड भन्दा बढी भएमा जराको विकास हुँदैन र उत्पादनमा निकै ह्रास आउँछ।
Q 4. सलगम खेती कस्तो किसिमको माटोमा राम्रो हुन्छ ?

प्राङ्गारिक/जैविक पदार्थ प्रशस्त भएको हल्का दोमट माटो सलगम खेतीको लागि उपयुक्त हुन्छ। जरे बाली भएकोले चिम्टयाइलो माटो भने राम्रो हुँदैन।
Q 5. प्रति रोपनी जमीनमा कति मलखाद प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ ?

सलगमको उत्पादन राम्रो लिनको लागि करीव १ मे.टन गोवरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र ४ के.जी. म्यूरेट अफ पोटास आवश्यक पर्दछ ।
Q 6. सलगम खेती गर्दा जमीनको तयरी कसरी गरिन्छ ?

सलगम एक जरे तरकारी बाली भएका कारणले गर्दा माटो तयारीमा विशेष ध्यान पुर्‍याउनु पर्दछ। माटोलाई ३–४ पटक राम्ररी खनजोत गरी डल्ला फुटाई वुरवुरउँदो वनाउनु पर्दछ।जमीन तयारीकै वेला कम्पोष्ट वा गोवरमल, नाइट्रोजनको आधा भाग, फस्फोरस र पोटास मल पुरै हाल्नु पर्दछ।


Q 7. सलगममा अन्य बाली भन्दा छिटो गोडमेल र टपड्रेस गर्न आवश्यक पर्दछ किन ?

सलगम माटो मुनी वढ्ने वाली भएकोले माटो खुकुलो र गहिरो हुन जरुरी छ। सलगम रोपेको २ हप्ता पछि धेरै वेर्ना भएको ठाउँवाट २ वटा मात्र बाँकी राखी अन्य हटाउनु पर्दछ।
Q 8. नेपालमा प्रचलित सलगमका जातहरु के के छन् ?

नेपालमा लगाइएका प्रचलित जातहरुमा पर्पल टप ह्वाईट ग्लोब, भक्तपुर लोकल, काठमाण्डौ रातो आदि छन्।
Q 9. पर्पल टप ह्वाईट ग्लोबजातको विशेषता के हो ?

यसको जराको तल्लो भाग सेतो र माथिल्लो भाग प्याजी रङ्गको हुन्छ। यसको साईज सरदर १२ से.मि. व्यास हुन्छ। बीउ रोपेको ६०-७० दिनमा उखेल्नको लागि तयार हुन्छ।
Q 10. रातो रंग हुने सलगमको जात कुन हो ? यसको उत्पादन कुन भौगोलिक क्षेत्रमा राम्रो हुन्छ ?

रातो रंगको सलगमको जात काठमाण्डौ रातो र भक्तपुर लोकल हो। यसको खेती पहाडी क्षेत्रमा राम्रो हुन्छ।
Q 11. सलगमको गानोफुट्ने पाईएको छ? यसको लक्षण तथा रोकथामको उपाय के होला ?

बोरन तत्व कम भएको माटोमा सलगमको गानोफुट्ने सम्भावना हुन्छ। यसको रोकथामका लागि जग्गा तयारी गर्ने बेलामा नै बोरेक्स आधा के.जी. प्रति रोपनीका दरले माटोमा हाल्नु पर्दछ।
Q 12. सलगममा लाग्ने प्रमुख शत्रु कीराहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

सलगममा लाग्ने प्रमुख कीराहरुमा लाही तथा तोरीका झिँगाहरु हुन्। यी कीरावाट बच्न जैविक विषादीको प्रयोग गर्न राम्रो हुन्छ तर कुनै अवस्थामा रासायनिक विषादी छर्नुपर्ने भएमा मेटासिष्टक्स ५० इ.सी.१ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।\


Q 13. सलगम उखेल्ने उपयुक्त अवस्था कुन हो ?

बीउ छरेको ६०-७० दिनमा सलगम तयार हुन्छ। सलगमको गानोमा काठजस्तो अथवा फोस्रो हुन अगावै साग सहित उखेल्नु पर्दछ।
Q 14. सलगमको उत्पादन प्रति रोपनी कति हुन्छ ?

सलगमलाई नछिप्पिदै कलिलो अवस्थामा उखेल्दा एक रोपनीमा पर्पल टप ह्वाईट ग्लोब जातको सलगम १ देखि १.५मे.टनसम्म फल्दछ भने काठमाण्डौ रातो ८००-१००० किलो प्रति रोपनी उत्पादन हुन्छ।
Q 15. सलगम उखेलिसकेपछि कुन–कुन प्रकृया पूरा गरी प्याकिङ्गगर्नुपर्छ?

सलगम उखेलेपछि त्यसमा भएका पुराना पात र जराहरु हटाउनु पर्दछ। सलगमलाई बजारमा आकर्षक देखाउन पानीमा राम्ररी धोएर छहारीमा राखी ओभानो भएपछि साइज र रंगको आधारमा ग्रेडिङ्ग गरी वोरा, क्रेटमा प्याकिङ्ग गर्नु पर्दछ।
Q 16. सलगमलाई साधारणतया कति दिनसम्म भण्डारण गर्न सकिन्छ ?

सलगमलाई हिउँदको मौसममा घाम नछिर्ने साधारण कोठामा ७–१० दिनसम्म भण्डारण गर्न सकिन्छ भने शक्ति भण्डारणमा ०–२ डिग्री सेन्टिग्रेड तापक्रम र ९०–९५% सापेक्षिक आर्द्रतामा ३–४ हप्तासम्म भण्डारण गर्न सकिन्छ।
Q 17. सलगम उखेल्दा विशेष कुन–कुन कुराहरुमा ध्यान दिनु पर्दछ ?

सलगम बाली तयार भएपछि गानो नफुट्ने र घाउ नलाग्ने गरी उखेल्नु/खनेर निकाल्नु पर्दछ। सलगमलाई राम्ररी पखाली कलिलो पातमात्र राखी बोरामा प्याक गरेर बजार लैजाँदा राम्रो मूल्य पाउन सकिन्छ।

Q 1. चम्सुरको लागि कस्तो हावापानी उपयुक्त हुन्छ ?

चम्सुर चिसो हावापानीमा हुने तरकारी हो। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।
Q 2. यसको खेती कस्तो माटोमा गर्न उपयुक्त हुन्छ ?

यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।
Q 3. यसका जातहरुको बारे पनि जानकारी गराइ दिनुहोस् न ?

चम्सुरका उन्नत जातहरु भन्दा पनि आफ्नै स्थानिय जात यहाँको हावापानी माटोमा राम्रो फल दिई रहेको छ। काठमाण्डौ लोकल जात नै खानमा स्वादिलो र सबैले मन पराउने जात बनेको छ।
Q 4. यसको बीउ प्रति रोपनी जमिनमा कतिसम्म लाग्दछ?

बीउको गुणस्तर राम्रो भएको चम्सुर ४०० देखि ५०० ग्राम प्रति रोपनी लाग्दछ।
Q 5. चम्सुर लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २-३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।
Q 6. प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि ५०० दरेखि ८०० के.जी. गोवरमल, २ के.जी. नाईट्रोजन, २ के.जी. फोस्फोरस तथा २ के.जी. पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।


Q 7. टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी. यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।
Q 8. कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ ?

तयारी गरिएको जमिनमा हार देखि हारको दूरी१० से.मि. र वोट देखि वोटको दूरी ३ से.मि. मा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।
Q 9. कुन समयमा लगायो भने राम्रो उत्पादन लिन सकिन्छ?

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।
Q 10. यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ?

यो छोटो अवधिको बाली भएकोले सिंचाईको निकै कम आवश्यकता पर्दछ। बाली अवधि भरमा १-२ पटकको गोडाई र २-३ पटकसम्म सिंचाईको आवश्यकता पर्दछ।
Q 11. कति अवधिमा उत्पादन लिन सकिन्छ?

बीउ रोपेको ३० देखि ३५ दिनमा उत्पादन लिन शुरु हुन्छ र ४० देखि ४५ दिनमा पूरै बाली लिन सकिन्छ।
Q 12. चम्सुर साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ ?

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ७०० के.जी. हरियो साग प्रति रोपनी उत्पादन गर्न सकिन्छ।
Q 13. यी वालीमा कस्ता कस्ता कीराहरुले आक्रमण गर्दछन्?

हालसम्म कीराको कारणले बाली नोक्सानी भएको कमै देखिन्छ तर कुनै कुनै ठाउँमा हरियोकीराले आक्रमण गरेको पाईन्छ। यस्तो ठाउँमा २ मि.लि. नुभान प्रति लिटर पानीमा घोली छरेमा रोकथाम गर्न सकिन्छ।
Q 14. यी वालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछन्?

कीरा जस्तै रोगको पनि त्यति धेरै प्रकोप भएको पाइन्न तर कतै कतै गाँठे जरे भन्ने रोग देखा परेको छ। यसको नियन्त्रणका लागि माटोमा चून राख्ने र घुम्ति बाली लगाएमा यसको सजिलै रोकथाम गर्न सकिन्छ।

Show More Posts